ट्रेंडिंग:

>> चैते धानमा किसानको आर्कषण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय

आबुधाबीमा जमेका नेपाली खेलाडी : सेक्युरिटी गार्डबाट तेक्वान्दो कोच बने नेत्रबहादुर

११ माघ २०७९, बुधबार
११ माघ २०७९, बुधबार

बुटवल,११ माघ । रुपन्देहीको देवदह शितलनगरका नेत्रबहादुर घर्तीमगर तेक्वान्दो खेलाडी हुन् । उनी तेक्वान्दोको फोर डन ब्ल्याकबेल्ट हुन् ।

प्युठानको ऐरावती गाउंपालिकामा जन्मेका उनको परिवार सहज जीवन यापनको लागि रुपन्देही आयो । तर खेलबाट स्वदेशमा राम्रो आयआर्जन हुने अवस्था नभएपछि उनी वैदेशिक रोजगारीको सिलसिलामा युएईको आबुधाबी पुगे । त्यहां उनले ५ वर्ष सेक्युरिटी गार्डको जागिर गरे । तर उनी अरु जस्तो सेक्युरिटी गार्ड मात्रै थिएनन्, उनीभित्र राम्रो खेल प्रतिभा पनि थियो ।
त्यही प्रतिभाका कारण सन् २०१६ मा नेत्रबहादुर आबुधाबीको बारुदी स्पोर्ट्स क्लबमा तेक्वान्दो कोचको रुपमा काम गर्ने अवसर पाए ।

लेबनानीहरुको स्वामित्वको बारुदी क्लबमा आवद्ध भएपछि उनले त्यहां युएईसंगै ब्रिटिस,रसिया,कतार,साउदी,लेबनान लगायतका देशका विदेशीलाई तेक्वान्दो सिकाउन थाले । उनको राम्रो प्रशिक्षणका कारण उनलाई आबुधाबीका विभिन्न विद्यालयहरुले पनि आफ्ना विद्यार्थीलाई तेक्वान्दो सिकाउन बोलाउन थाले । उनले फिटनेसको कक्षा पनि दिन थाले । विदेशमा रहेकै बेला सन् २०१८ मा युएई तेक्वान्दो फेडरेसनको आयोजनामा भएको तालिममा नेसनल कोच ट्रेनिङ र २०१९ मा कोरियामा जुलाई ९ देखि १३ सम्म तेक्वान्दोको मास्टर्स कोर्स पनि पूरा गरे ।

‘सेक्युरिटी गार्डको जागिर गर्दा गेटमा उभिएर अरुलाई ढोका खोलेर भित्र बाहिर गराउने र स्यालुट हान्नुपथ्र्यो, तर अहिले मेरो परिचय फेरिएको छ मैले आबुधाबीमा राम्रो तेक्वान्दो कोचको सम्मान पाएको छु’–नेत्रबहादुरले भने–‘कोचको कामबाट पारिश्रमिक पनि राम्रो छ, सम्मान पनि छ ।’
बुटवल वहुमुखी क्याम्पसमा आईए उत्तिर्ण गरेर बीए पढ्दापढ्दै माओवादी द्वन्द्वको कारण बीचमै पढाई छाडेको उनले जितगढी डोजाङ बुटवलमा तेक्वान्दो सिकेको बताए । नेत्रबहादुर पोखरामा भएको नवौं साफ क्षेत्रीय छनोट प्रतियोगितामा दोस्रो भएका थिए ।

यस्तै काठमाडौंमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो, सन् २०२२ मे १४–१५ मा अमेरिकामा भएको अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसीप (आईओएफटीसी) मा दोस्रो स्थान हासिल गरेको नेत्रबहादुरले बताए । उनले सन् २००३ र २००५ मा कोरियन दुतावासको सहयोगमा काठमाडौंमा भएको नेशनल च्याम्पियनसीपमा पनि भाग लिएका थिए ।

विदामा नेपाल आउंदा पनि नेत्रबहादुर तेक्वान्दो खेलसंग सम्बन्धित गतिविधिमै समय बिताउने गरेको बताउंछन् । सन् २०२१ डिसेम्बरमा उनले बुटवलमा मेयर कप जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरे । जसमा करिब २ सय खेलाडी सहभागी भएको नेत्रबहादुरले बताए । अब प्रदेशस्तरीय प्रतियोगिता गर्ने उनको योजना छ । अझै केही वर्ष आबुधाबीमै कोच भएर काम गर्ने र नेपाल फर्केपछि क्लब स्थापना गरेर तेक्वान्दोमै समर्पित हुने लक्ष्य रहेको नेत्रबहादुर बताउंछन् ।

खेलकुदले व्यक्तिगत स्वास्थ्यसंगै अनुशासन, विकास र राष्ट्रिय एकता कायम गर्न योगदान गर्ने भएकाले नेपाल सरकारले खेलकुद र खेलाडीलाई सम्मानपुर्वक बांच्ने वातावरण बनाउनुपर्ने नेत्रबहादुरको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?