ट्रेंडिंग:

>> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’

देवीनगर– रंगशाला सडक अलपत्र हुंदा स्थानीयलाई सास्ती, छिटो बनाउन माग गर्दै हारगुहार

९ माघ २०७९, सोमबार
९ माघ २०७९, सोमबार

बुटवल,९ माघ । बुटवलको वडा नं ११ देविनगर चोकदेखि रंगशाला जाने सडक निर्माणमा ढिलाई हुंदा स्थानीयले सास्ती खेपेका छन् । करिब साढे ३ किलोमिटर लामो सडक भत्काएर अलपत्र पार्दा धुलो र पानी पर्दा हिलोका कारण सो खण्डमा बस्ने झण्डै २० हजार वडावासीले दुई वर्षदेखि सास्ती खेपेका छन् ।      साढे ३ किलोमिटरमध्ये साढे १ किलोमिटरमा नाली निर्माण भएको छ ।
सडकमा खाल्डा पर्दा दिनहुं दुर्घटनाको जोखिम बढेको, सडकमा पानी जमेर सवारी साधन चलाउन समस्या हुने र फोहोर पानी जम्मा भएर वस्ती नै दुर्घन्धित भएको स्थानीय तेजु रानाले बताए । शुरुमा २०७४ सालमा काम शुरु भएपनि केही स्थानीयले अदालतमा मुद्दा हालेपछि काम रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको स्थानीयको भनाई छ ।

उक्त सडक ६ करोड ४९ लाख २४ हजार रुपैयांमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा भारी मुल्यबृद्धि भएको भन्दै काम रोकेको थियो । काम रोकिएर जनताले सास्ती पाएपछि स्थानीयहरु कहिले वडामा, कहिले नगरपालिकामा धाएर समस्या राख्दै आएको तर काम नभएको स्थानीय रामप्रसाद भट्टराईले बताए । ‘सडक अलपत्र पर्दा दिनहुं मोटरसाइकल स्कुटर पल्टिन्छन्, वर्षा हुंदा र रातको समयमा हिड्नै सकिन्न’–उनले भने–‘धुलो र हिलोले सडक छेउछाउका दर्जनौं पसल बन्द भइसके ।’
सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले संघीय सरकारले उक्त सडक निर्माण आयोजनालाई प्रदेश सरकारलाई हस्तान्तरण गरेकाले आफूहरुले काम अघि बढाउन नसकेको बताउंछन् । संघीय सरकारको चालु आर्थिक वर्षको वजेट वक्तव्यमा उक्त आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अब संघीय सरकारले शिर्षक प्रदेशमा गएपनि वजेटको दायित्व सडक विभागलाई दिए मात्र काम अघि बढ्ने अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था रहेको लम्सालले बताए ।
बुटवल उपमहानगरपालिकामा डेलिगेसन जांदा उपमहानगरले उक्त आयोजना उपमहानगर मातहत आएमा आफूहरुले बनाउने आश्वासन दिएको स्थानीय विष्णु पाण्डेले बताए ।   निर्माण कम्पनीसंग यसबारे बुझ्न पटक पटक फोन सम्पर्कको प्रयास गरेपनि फोन रिसिभ भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np