ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

योजना माग्ने गाउँमै रोकिए

६ आश्विन २०७५, शनिबार
६ आश्विन २०७५, शनिबार

संघीय संरचना लागू भएपछि सबैतिर विकास र व्यावसाय फस्टाउ“छ भन्नेमा सदरमुकामवासी ढुक्क थिए । स्थानीय तहको चुनाव भएर जनप्रतिनिधि चुनिए । त्यसपछि चहलपहलमा कमी आयो । सरकारी अड्डाको कामकाज लिएर आउनेहरू अहिले पालिकामै जान्छन । जिल्लामा तीन नगर र तीन गाउ“पालिका छन । पालिका कार्यालय नजिक पनि खासै नयाँ व्यावसाय खुलेका छैनन । संघीयताको प्रत्यक्ष असर खुद्रा व्यापारीलाई परेको छ । सन्धिखर्क र चुत्रावेशीमा होटल, नास्ता पसल, फेन्सी व्यावसायी, किराना पसल सहित खुद्रा व्यापारीको कारोबार ओरालो झरेको छ ।
एक दसक देखि सन्धिखर्कमा होटल गर्दै आएका पाली पाण्डे होटलका सञ्चालक देवीप्रसाद पाण्डेले पछिल्लो समय व्यापार घटेको बताए । स्थानीय तहको चुनाव अघि कारोबार धेरै हुन्थ्यो । सरकारी कार्यालयमा विकास योजना मागको निवेदन दिन, सम्झौता गर्न, भुक्तानी लगायतका काममा गाउ“बाट उपभोक्ता समिति, दलका नेता सहित सर्वसाधारण आउथे । बास बस्ने र खाजा खाने गर्थे । असार मसान्तमा भीडभाड नै हुन्थ्यो । कोठा पहिल्यै बुकिङ हुन्थे । अहिलेको असार मसान्तमा कोठा बुकिङ नै भएनन । कारोबार घटेपछि उनी निरास छन । ‘अब यहा“ बस्दैन, तराई गएर होटल गर्छु,’ उनले भने, ‘कारोबार घटेपछि पैसा कमी हुन्छ । घर भाडा, खाना खर्च, छोराछोरीलाई पढाउन नपुग्ला जस्तो छ ।’
नागरिकताको सिफारिस पनि पालिकाबाटै हुन्छ । पहिलेको जिविसमा सधै भीडभाड हुन्थ्यो । अहिलेको जिसस सुनसान जस्तै छ । अन्य सरकारी कार्यालय पनि पालिकामै विकास शाखाको रूपमा गएपछि कारोबारमा कमी आएको होटल व्यावसायीको भनाई छ । संघीयताले सदरमुकामको अधिकार गाउ“मा पु¥यायो । त्यसमा हामी विरोधी छैनौं । ‘सदरमुकामको व्यापार घटयो,’ होटल व्यावसायी संघका अध्यक्ष नोलराज भण्डारीले भने, ‘पालिकाको चुनावपछि व्यापार घटयो ।’ सरकारी काममा आउने जति पालिकामै धाउन थालेपछि बजार झर्नेको कमी आएपछि बजारमा चहलपहल ह्वात्तै घटेको उनले बताए । होटलमा बस्न, भात र खाजा खान कोही नआएपछि घर भाडा तिर्न धेरै होटल तथा रेष्टुरेण्ट व्यावसायीलाई मर्का परेको उनले बताए । सहर आएपछि छोराछोरीलाई कपडा, खानेकुरा, मिठाई, खोलौना र परिवारलाई अन्य सामान किनेर लैजाने गर्दा कारोबार भएको थियो । सरकारी काम बाहेक बजारमा आउने सर्वसाधारण आउने गरेपनि सरकारी कामले आउनेहरू शुन्य भएपछि व्यावसाय सञ्चालनमा कमी आएको भण्डारीले बताए । नागरिकता, पासपोर्ट, अदाताल र प्रहरी कार्यालयमा काम भएका आउने गर्छन । सबैले सामान किन्ने र खाना खाने गर्दैनन । सन्धिखर्क नगरपालिकामा आउनेले मात्रै व्यावसाय फस्टाउदैन, भण्डारी होटलका सञ्चालक समेत रहेका उनले भने ।
कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष एवं गोविन्द गिफ्ट एण्ड फेन्सी हाउसका सञ्चालक गोविन्द आचार्यले संघीयताले सदरमुकामको व्यावसायलाई खुम्चाएको बताए । गल्लीमा मान्छे हिडनेको भीडभाड हुन्थ्यो । अहिले छिटफुट मात्रै हि“डछन । सदरमुकाममा घडेरी किनबेच ठप्प जस्तै छ । उच्च भाउमा बिक्री भएका घडेरी आजकाल आधा मुल्यमा पनि बिक्री हु“दैनन । पालिका कार्यालय रहेका बिक्री नहुने गाउ“का जग्गाले मुल्य पाएको छ । घडेरी किनबेच भएको छ । सटर भाडा, बस्ने घरभाडा, छोरोछोरीको पढाई खर्च, खाना र लत्ताकपडा सहितको खर्चले धान्न नसकेपछि धेरै व्यावसायी विस्थापित हुनु परेको आचार्यले बताए । सटर भाडा बाहेक सानो एक परिवारलाई महिनामा १५ देखि ३० हजार रूपैया“ खर्च हुने अनुमान छ । सानो व्यापार गरेर विहान बेलुका छाक टार्ने, भाडा तिर्ने र छोराछोरी पढाउनेलाई अब सदरमुकाम बस्न गाह्रो छ, उनले भने ।
होलसेललाई छैन असर
चुत्रावेशीका पुर्जा स्टोर्सका सञ्चालक होलसेल व्यापारी हुन्छ । पसल अगाडीको गल्लीमा पैदल हिँडने यात्रु स्थानीय चुनाव अघि धेरै हुन्थे । अहिले छिटफुट छन । किराना तथा गल्ला पसलका सामान गाडीमा लोड गरेर उनले गाउ“ पठाउ“छन । ‘होलसेलमा कमी आएको छैन,’ उनले भने, ‘पुरानो जस्तो व्यापार थियो, अहिले पनि त्यस्तै छ । गल्लीमा आवतजावत भने धेरै कमी छ ।’उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालले होलसेल ठुला व्यावसायीलाई असर नगरेपनि साना व्यापारीको कारोबारमा कमी आएको बताए । कानून व्यावसायी केबी भुसालले ंघीयतापछि एउटा सानो विकास योजना माग्न जनतालाई सदरमुकाम धाउन नपरेको उनले बताए । सदरमुकाममा चहलपहल घटेपनि अधिकार स्थानीय तहमा पुगेपछि सर्वसाधारणलाई धेरै राहत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?