ट्रेंडिंग:

>> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन
सन्दर्भः विश्व एड्स दिवस

दाङमा एचआईभी संक्रमितको संख्यामा कमी

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

दाङ, १५ मङ्सिर ।

दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्यामा कमी आएको छ । संक्रमित हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको पाइएको छ । पछिल्लो समय एचआइभी संक्रमित पहिचान भएकाहरु सिमेन्ट उद्योग क्षेत्रका तथा केही भारतमा काम गरी फर्किएकाहरु रहेको तथ्याङ्कले देखाउँछ ।

विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइएको छ । रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किनुका साथै अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको तथ्यांकले पनि देखाउने गरेको छ । समुदाय स्तरमा समेत पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको पाईएको हो ।

दाङ जिल्लाको घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना मध्ये ६५ जना महिला, ६४ जना पुरुष रहेका छन् । ती मध्ये घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष रहेका छन् भने तेश्रो लिङ्गी ४ जना रहेका छन् । जम्मा ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन् ।

पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम भईरहेको सरोकार संस्थाहरुको भनाई छ । जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले एचआईभीको क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक वसन्त खनालले एचआईभी संक्रमित पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्नेको संख्या बढ्दै बताए । शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको उनको भनाइ छ । पछिल्लो समय एचआईभीका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जोखिमपूर्ण अवस्थामा रहेका संक्रमितहरुको रेखदेखदेखि उनीहरुको स्याहार सुसारमा ध्यान दिन थालेपछि समुदायमा यसको जोखिम कम हुने अवस्था सिर्जना भएको छ । तर, बाहिरबाट आउनेहरुमा यो समस्या बढीमात्रामा देखा पर्ने गरेको परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक खनालले बताए ।

मानव स्वास्थ्य समाज दाङका कार्यक्रम संयोजक शिल्पा चौधरीले वार्षिक रुपमा औषत २२–२४ जना नयाँ संक्रमित थपिने गरेको बताइन् । एनसीएसीले संक्रमितका लागि निशुल्क औषधी दिने गरेको छ भने सरकारी तवरबाट शुन्यमा झार्न सुरक्षित यौन सम्पर्क, कण्डम वितरण, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएको उनले बताइन् ।

दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपालीले जटिल खालका बिरामी आएमा आवासीय रुपमा राख्ने गरेको बताए । अहिले संघ संस्थाको पहलले गर्दा नयाँ बिरामी फेला पर्ने गरेको र उपचारमा सहज भईरहेको उनले बताए ।

पछिल्लो समय सरोकार संघसंस्थाले आफ्नै क्लिनिकमार्फत पनि सेवा प्रदान गर्दै आएका छन् । एचआईभी चेकजाँच गर्नेदेखि सेवा सुविधा दिने गरेको उनीहरु बताउँछन् । अहिले पनि समाजमा संक्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको तथा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ ।

एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा कमी हुँदै गएको पाइएको छ । औषधि उपचारको पहुँच तथा बढ्दो जनचेतनाका कारण संक्रमित तथा मृतकको संख्यामा कमी हुँदै गएको चिकित्सक बताउँछन् ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेशिएकाहरु रहेका छन् ।

सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने लक्ष्य राखिएको छ । समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरु सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता कायम गर्ने, नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी परिणामहरुका सुधार ल्याउने काम गरिने भएको छ ।

हाल विश्वमा ३ करोड ३९ लाख मानिस एचआईभी संक्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको तथ्यांक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले नेपाललगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण दर घट्दै गएको जानकारी दिइन् । सन् २०१० देखि सन् २०१९ सम्ममा विश्वव्यापी २३ प्रतिशतले नयाँ संक्रमण घटेको छ । त्यसैगरी बच्चाहरुमा ५२ प्रतिशतले नयाँ संक्रमण कम भएको छ ।

केन्द्रका अनुसार सन् २०१० देखि २०१९ सम्ममा एड्सको कारणले हुने मृत्यु ३९ प्रतिशतले घटेको छ । नेपालमा पनि संक्रमण घटेको यौन रोग केन्द्रले जनाएको छ । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ । त्यसैगरी एड्सको कारणले मृत्यु हुनेको संख्या पनि ८५ प्रतिशतले घटेको पाइएको छ ।

बिहीबार विश्व एड्स दिवस पनि हो । सन् ३०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रकी निर्देशक डा. देवकोटाले बताए । नेपालमा एचआइभी तथा एड्स सम्बन्धी क्रियाकलापहरु राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६ देखि २०२१ ले निर्देशन गरे अनुरुप सञ्चालित छन् । नेपालमा ३० हजार जनामा एचआइभी संक्रमण भएको अनुमान छ । जसमध्ये पुरुषको संख्या १७ हजार र महिलाको संख्या १३ हजार रहेको छ । एड्सलाई अन्त्य गर्नका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीब्र बनाउनुपर्नेमा सरोकारवाला जोड दिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np