ट्रेंडिंग:

>> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड

सामाजिक कार्यमा सधै अगाडि रोटरी बुटवल

ग्लोबल ग्राण्डमार्फत १० करोड बढीको सामाजिक योगदान गरेका छौःअध्यक्ष पिया
१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

बुटवल, १४ मंसिर ।

रोटरी क्लब अफ बुटवलले स्थापनाको ३० वर्षको अवधिमा रुपन्देहीको शिक्षा, स्वस्थ्य तथा सरसफाईको क्षेत्रमा नमुना कामहरु गरेको छ । विश्वभरका रोटरी सदस्यबाट स्थापना भएको अक्षयकोष (ग्लोबल ग्राण्ड) मार्फत रुपन्देहीमा करिब १० करोड रुपैयाँ बराबरको सहयोग ल्याउन सफल भएको रोटरी क्लब अफ बुटवल वर्ष २०२२÷२०२३ का अध्यक्ष अध्यक्ष बोनिन पियाले बताए ।

सदस्यहरुबाट पठाउने ड्युजबाट नै फेरि आ–आफनो क्षेत्रको विकासमा उपयोगी हुने गरी ग्राण्ड ल्याउने प्रावधान रहेको उनले बताए । बुधबार क्लबको सचिवालय परिसरमा भएको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय रोटरी सञ्जालबाट रुपन्देहीको शिक्षा, स्वस्थ्य क्षेत्रमा ठूलो सहयोग गर्न सफल भएको दाबी गरे । सदस्यहरुबाट उठ्ने थोरै थोरै सहयोग रकमबाट सामाजिक विकासको जग हाल्न सफल भएको उनले बताए ।

यस क्षेत्रमा मुटु रोगीहरुको उपचारमा सहजता ल्याउने गरी रोटरी ग्लोबल ग्राण्डबाट गौतमबुद्घ मुटु अस्पतालमा ६ करोड रुपैयाँ बराबरको क्याथ ल्याब जडान भएको उनले बताए । यो ठूलो लगानी भएको उनले बताए । यसैगरी एम्बुलेन्स, बारुणयन्त्र जस्ता सवारी साधनहरु गरी ४८ लाख रुपैयाँ बराबरको सहयोगका साथै लुम्बिनी प्रादेशिक अस्पताल र आम्दा अस्पताल बुटवललाई ४० लाख बराबरको उपकरण लगायत धेरै सहयोग ल्याएको उनले बताए ।

‘कोभिड १९ संक्रमणको समयमा हाम्रो अक्सिजन उत्पादन मेशिन निक्कै उपयोगी भएको थियो’– उनले भने । प्रत्येक वर्ष ३–४ वटा नया योजनाहरु ग्राण्डमा प्रक्रियामा जाने गरेको उनले बताए । ग्राण्डबाट स्वीकृत भएर योजना पूरा हुन केही समय लाग्ने गरेको उनले बताए । विश्वमा हेर्दा एसिया देशहरुले सर्वाधिक ग्राण्ड ल्याउन सफल भएको उनले बताए । यसैगरी क्लबबाट सिद्धार्थ बालबहिरा विद्यालयलाई सवारी साधन, कम्प्युटर उपकरण, किताब गरी ७ लाख बढी मूल्यको आर्थिक सहयोग भएको छ ।

यसैगरी बुटवल उपमहानगरपालिकालाई आधुनिक बारुणयन्त्र प्रदान, रोटरी एम्बुलेन्स सेवा, पोलियो प्लस कार्यक्रम, ब्यावसायिक तालिमहरु आयोजना, बृहत् स्वस्थ्य शिविर, रोटरी पार्क फुलबारी मणिमुकुन्द सेन उद्यान, रोटरी सेड शंकरनगर वनबाटिका, सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई खेलकुद सामग्री र सवारी गरी १५ लाख रुपैयाँ बराबरको सहयोग, वार्षिक रुपमा असहाय अशक्त अपाङ्गता भएकालाई ह्विल चेयर वितरण वार्षिक कार्यक्रम अन्तर्गत चल्दै आएको उनले बताए ।

‘रुपन्देहीमा हुने सामाजिक कार्यमा सधै अगाडि रहेको छ’– उनले भने । सामाजिक क्षेत्रमा काम गर्ने अगुवालाई नगद २ लाखसहित रोटरी पदक प्रदान गरेर प्रोत्साहन गर्ने अभियानसमेत थालेको उनले बताए । रोटरी क्लब अफ काठमाडौ पछि रोटरी क्लब अफ चितवनको स्पोन्सरमा १९९३ मा स्थापना भएको हो । संस्थापक ६५ जना सदस्यबाट सुरु भएको क्लबमा अहिले १ सय ७ जना सदस्य छन् ।

रोटरीको विश्वमा नमुना काम पोलियो उन्मुलन पहिलो भएको उनले बताए । रोटरी ईन्टरनेशनलको फण्डमा १ सय २० मिलियन डलरबाट अक्षयकोष खडा गरी पोलियो सुरु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा द रोटरी क्यान्सर स्क्रिनिङ एण्ड डाईग्नोष्टिक सेन्टर स्थापना, रोटरी ब्लड कलेक्सन मोबाइल भेन, जेष्ठ नागरिक मिलन केन्द्रमा छोरी शिक्षा कार्यक्रम, देवदह मेडिकल कलेजमा ब्लड बैक स्थापना, ट्राफिक लाईट, अस्पतालमा बर्निङ युनिट, फोहोर ब्यवस्थापन, शंकरनगर वनबाटिकामा तारा मण्डल जस्ता परियोजनाहरु प्रकियामा रहेको उनले बताए ।

कार्यक्रममा क्लबका सचिव लालहरि पाण्डेले क्लबको सिद्धार्थ कटेजमा चार्टर नाईट सेरेमोनी, मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरी मनाउन लागेको बताए ।
विश्वभरमा रोटरीको १३ लाख बढी सदस्य छन । नेपालमा १ सय ५७ क्लबहरु तथा ५ हजार १ सदस्यहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np