ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

फोहरबाट उर्जा उत्पादनको तयारी

३ आश्विन २०७५, बुधबार
३ आश्विन २०७५, बुधबार

घोराही उप महानगरपालिकाले गल्ने फोहोरबाट उर्जा उत्पादन गर्ने क्षेत्रको अध्ययन थालेको छ । अहिले संरचना निर्माणहुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तीम अवस्थामा पुगेको उप महानगरपालिकाले जनाएको छ ।
घोराही नगरपालीकाले बजार क्षेत्रवाट उठाएको फोहर साविकको वार्ड नं ९ करौती डाँडामा फाल्दै आएको थियो । उप महानगरपालीका बने संगै करौती डाँडाको ल्याण्डफिल साईड धेरै वर्ष नटिक्ने भएकोले घोराही उप महानगरपालीकाले विकल्पको रूपमा गल्ने फोहरवाट ग्याँस उत्पादन गर्नुपर्ने ठहर गरेको थियो । अहिले फोहोरबाट उर्जा उत्पादन गर्नका लागि आवश्यक पुर्वाधार निर्माण स्थलको अध्ययन गरी प्रतिवेदन बनाउने काम समेत अन्तीम चरणमा पुगेको घोराही उप महानगरपालिकाका इन्जीनियर रामधन श्रेष्ठले जानकारी दिए । “हामी फोहोरबाट उर्जा उत्पादन गर्न आवश्यक पर्ने संरचना निर्माण क्षेत्रको अध्ययन प्रतिवेदन निर्माणको अन्तिम तयारीमा छौ” इन्जीनियर श्रेष्ठले भने । उप महानगरपालिकाले फोहोरबाट उर्जा उत्पादनमा लगानीगर्न इच्छुक कम्पनीहरूलाई छनोट गर्नेका लागि गएको आर्थिक वर्षमा वोलपत्र माग गरेर कम्पनी समेत छनोट गरीसकेको छ । उप महानगरपालिकाले माग गरेको वोलपत्रमा नेपाल इनर्जी डेभलमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहोरवाट उर्जा उत्पादन गर्न दिने सम्झौता समेत घोराही उप महानगरपालिकाले गरीसकेको छ । “एउटा मात्र कम्पनीले निवेदन दिए पछि त्यसैलाई नै काम गर्न दिने सम्भौता भएको छ” ईन्जीनियर श्रेष्ठले भने । कम्पनीसंग उप महानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको उनले जानकारी दिए ।
घोराही उप महानगरपालीकाका नगरप्रमुख नरुलाल चौधरीका अुनसार कम्पनीसंग संम्भौता भैसकेको र उर्जा उत्पादन गर्नका लागि अव संरचना निर्माण कार्य अघि बढने छ । सम्झौतामा कम्तीमा १० करोडको लगानीमा फोहोरबाट उर्जा उत्पादन हुने प्रमुख चौधरीले बताए । त्यसको लागि ४० प्रतिशत राज्यले लगानी गर्ने छ भने ६० प्रतिशत रकम आफै कम्पनीले लगानी गर्नु पर्ने छ । “उप महानगरपालीकाले जग्गा र भौतिक निर्माणका लागि ४० प्रतिशत रकम उपलव्ध गराउने छौ भने अन्य सवै कम्पनीले गर्नु पर्ने हुन्छ” नगरप्रमुख चौधरीले भने । सम्झौता अनुसार कम्पनीले ग्याँस प्लान्ट निर्माण र अन्य आवश्यक पुर्वाधार निर्माण समेत आफै गर्नु पर्ने छ । उक्त कम्पनी र उप महानगरपालिका विच भएको सम्झौता अनुसार २० वर्ष सम्म फोहोर वाट उर्जा उत्पादन गर्ने छ । सम्भौता सकिए पछि कम्पनीले त्यो सवै संरचना उप महानगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने प्रमुख चौधरीले बताए । छनोट भएको कम्पनीले गल्ने फोहोरबाट सिलीण्डर ग्याँस उत्पादन गरी वजार व्यवस्थापन गर्ने छ । स्थानीय तहको निर्वाचन पश्चात आएका जनप्रतिनिधिहरूले वजारवाट उत्पादन हुने फोहर भने छुुट्ट्याउन लगाएका थिए । गल्ने किसिमका फोहर र नगल्ने किसिमका फोहर अलगगरी सोही अनुसारको गाडिमा राख्न उप महानगरपालीकाले वानी लगाई सकेको छ । विगत एक वर्ष देखी गल्ने फोहरवाट उप महानगरपालीकाले कम्पोष्ट मल वानई राखेको छ ।
त्यसैगरी कम्पोष्ट मल समेत उत्पादन गरी विक्रि गर्न सक्ने छ । जिल्लामा नै ग्याँस उत्पादन भए पछि मुल्यमा कमी हुने अपेक्षा उप महानगरपालिको गरेको छ । फोहोरवाट उर्जा उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो काम हो । तर गाँउघरमा भने गाई भैसीको गोवरवाट भने वायो ग्यास उत्पादन गरी घरघरमा प्रयोग भने भैरहेको छ । फोहोर वाट उर्जा उत्पादन भए पछि उप महानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?