ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

पन्तको हत्याराको गम्भिरतापूर्र्वक खोजी हुँदै : उपप्रधानमन्त्री

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

उप-प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याईने बताएका छन् ।
आईतबार काठमाडौंमा सञ्चारिका समूहको सातौ महाधिवेशन तथा २२ औं साधारण सभाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निर्मला पन्तको क्रुरता र बर्बरतापुर्ण तरिकाले बलत्कारपछि भएको हत्याको गम्भीरता पुर्बक खोजी भएको बताएका हुन् ।
उनले केही दिन ढिला भएपनि निर्मलाको बलात्कार र हत्यामा संलग्न गिरोह उम्कन नपाउने प्रतिवद्धता जनाउँदै दुई चार दिन ढिला हुँदैमा अपराधी उम्किन्छन् कि भन्ने त्रासमा नरहन पनि आग्रह गरे ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सञ्चारिका समूहले महिलामाथि हिंसा गर्ने कुरीति कुसंस्कार हटाउन सचेतना अभियान चाल्न पनि अनुरोध गरिन् । मन्त्री थापाले भनिन् समाजका कुसंस्कार, कुरीति र अन्धबिश्वास अन्त्यको लागि महिलाहरूलाई पत्रकारितामा ल्याउन र महिला पत्रकारलाई टिकाईरहन आवश्यक रहेको बताइन् । सोही अवसरमा सञ्चारिका समूहबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि १५ हजार रूपैयाँ रहेको छ । त्यसैगरी २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ ।
पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन् । उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि ७ हजार एक सय ११ रूपैयाँ रहेको छ ।
यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरेको छ ।
छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा सञ्चारिका प्रोत्साहन पुरस्कार स्थापना गरिएको सञ्चारिकाले जनाएको छ ।
सञ्चारिकाको अध्यक्षमा नितु पण्डित सर्बसम्मत निर्बाचित सञ्चारिका समुहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छिन् । समूहको आईतबार काठमाडौंमा सम्पन्न सातौं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् ।
यस्तै सदस्यहरूमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे पनिसर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?