ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

बढीघाटमा ताल

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

वाग्लुङ्गको ढोरपाटन नगरपालीका र बढीघाट गाउँपालीकाको सिमाना स्थीत तुरतुरेमा शुक्रबार रातिदेखि थुनिएको बढीघाट खोलामा पानी बग्दै जान थालेपछि त्यस क्षेत्रका स्थानीयहरूमा बढेको त्रास अहिले हटेको छ । पहिरोका कारण थुनिएको तालवाट विस्तारै विस्तारै पानीको वहाव कम हुँदै गएको र थुनिएको तालवाट दुई फिट भन्दा बढी पानी घटिसकेको बताइएको छ ।
अत्यन्तै जोखिम अवस्थामा रहेको उक्त तालवाट पानी बग्न थालेपछि शनिबार बिहानै वाग्लुङ्ग सदरमुकामवाट घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरू सहितको टोली सदरमुकाम फर्किएको छ । उक्त टोलीले पहिरो ग्रस्त क्षेत्र र बढीघाट खोलामा थुनिएको तालको अवलोकन गरि जोखिम कम भएपछि सदरमुकाम फर्किएको हो । पहिरोका कारण ढोरपाटन नगरपालीका २ अन्तर्गत सिमलचौरका चार घरपरिवार विस्थापित बनेका छन् ।
मध्य पहाडी लोकमार्ग अवरुद्ध
बढीघाट खोला माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेसँगै रातीदेखिनै मध्य पहाडि लोकमार्ग अन्र्तगत भिमगिठे–बुर्तिवाङ्ग सडक खण्ड अवरुद्ध बनेको छ । उक्त सडकको एक किलोमिटर भन्दा बढी लामो सडक खण्डमा ठुलाठुला चट्टान सहित पहिरो थुप्रियका कारण सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक संचालन गर्नका लागि दुई साताभन्दा बढी समय लाग्ने वाग्लुङ्गका प्रमुखजिल्लाअधिकारी वेदप्रसाद खरेलले बताए । उनले तत्कालका लागि तीनवटा काम गर्ने बताए । जस अन्र्तगतपहिलो काम पीडितहरूलाई राहत उपलब्ध गराउने, दोश्रो पैदल बाटो खुलाउने र तेश्रो छिटो छरितो रूपमा दुई तिरवाट विभिन्न उपकरण र साधनको प्रयोग गरि पहिरो पन्छाउने काम गर्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । सडक अवरुद्ध बनेपछि वाग्लुङ्गको बुर्तिवाङ्गबाट सदरमुकाम र अन्य क्षेत्रमा आवतजावतगर्ने हजारौं मानिसहरू थप समस्यामा परेका छन् ।
ठूलो मानवीयक्षति हुनबाट जोगियो
वाग्लुङ्गको ढोरपाटन नगरपालीका र बढीघाट गाउँपालीकाको सिमानामा शुक्रबार राती ठूलो पहिरो गएर बढीघाट खोला थुनेर वस्ती डुवाय पनि मानवीय क्षति हुनवाट भने जोगिन सफल बन्यो । रातको समयमा बढीघाट खोलालाई थुन्ने गरि त्यति ठूलो पहिरो गएको खबरसँग रातभर वाग्लुङ्ग र गुल्मीमा खोला तटीय क्षेत्रका बासिन्दाहरू जाग्राम बसेका थिए । उक्त घटनाबाट ठूलो मानवीय क्षतिसँगै अन्य क्षति हुन सक्ने आशंका धेरैले गरेका थिए ।
खोला छेउछाउका बासिन्दाहरू घरवाट आफ्ना महत्वपूर्ण सामानहरू निकालेर सुरक्षीत स्थानतर्फ लागि सकेका थिए । उनीहरू थुनिएको खोला कतिवेला फुट्छ भन्ने त्रासमा रातभर खोलातिर हेरेर उनीहरूले रात गुजारेका थिए । उनीहरूको मनमा उत्पन्न डर र त्रास त्यतिवेला मात्र कमभयो जतिवेला सनिवार विहान थुनिएको खोलाको तालवाट विस्तारै पानीबग्न शुरु ग¥यो । एकातिर ग्रामिण क्षेत्र अर्कोतिर मध्यरातको समय ठूलो घटना भएपनि संयोगले मानवीय क्षती हुनवाट जोगिन सफल भयो । वाग्लुङ्ग सदरमुकामबाट रातारात हिँडेर बिहानै पहिरो ग्रस्त क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी खरेलले पनि घटनाको प्रकृति हेर्दा अचम्मै माने । ‘त्यति ठूलो र लामो क्षेत्रमा पहिरो जानु र खोला समेत थुनिनु कुनै सामान्य घटना हैन, तर संयोगले मानवीय क्षति हुनवाट जोगिन सफल बन्यो, एउटा ठूलै खतरा ट¥योे,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?