ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

‘मन्त्रीज्यू खै प्रदेशले १५ प्रतिशत रकम पठाएको ?’

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

ठूलाठूला नेताहरूले स्थानीय तहलाई अधिकार बढी दिइएछ वा थेग्न नसक्ने अधिकार दिइएछ, दिन नहुने कुरा दिइएछ, झुक्किएर दिइएछ भन्ने कुराहरू गरेको बेलाबेलामा सुन्ने गरिन्छ । यहि बीचमा स्थानीय तहहरूले पनि आफुले प्राप्त गरेका अधिकारहरू कटौती हुन थालेको महसुस गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनीधीहरूले प्रदेश तथा केन्द्र सरकारले अधिकार कटौतीतर्फ अग्रसर देखिएको महसुस भएको बताउँछन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संग ‘खै तपाइहरूले हामीलाई १५ प्रतिशत बजेट पठाएको ?’ भनेर प्रश्न गरे ।
आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री ज्वालालाइ एक विद्यालयको कार्यक्रममा गाउँपालिका अध्यक्ष सेनले सिंहदरबारको अधिकार गाउँमा आएको अनुभुती नागरिकले गर्न नपाएको बताएका हुन् । ‘जनताको आशाभरोसा भनेको स्थानीय तहमाथी छ । तर प्रदेशले संविधानमै व्यवस्था भएपनि १५ प्रतिशत बजेट पनि पठाएन,’ उनले भने, ‘हामीले प्राथमिकतामा राखेका योजनामा पनि प्रदेश सरकारले रकम विनियोजन गरेको छैन ।’ जवाफमा अर्थमन्त्री ज्वालाले घुमाउरो तरिकाले प्रदेश सरकारले पनि संघिय सरकारबाट पाउनुपर्ने अधिकार नपाएकाले स्थानीय तहलाई पर्याप्त बजेट पठाउन नसकिएको बताएका थिए । उनले भने, ‘संघबाट प्रदेशले पाउनुपर्ने अधिकारका विषयमा पनि कुरा उठेको छ ।’
कति रकम सम्मको योजना कुन तहको सरकारले सञ्चालन गर्ने भन्ने प्रष्टता नहुँदा पनि अहिले समस्या आइरहेको ज्वालाले बताए । ‘हामीले यस विषयमा प्रधानमन्त्री तथा भौतीक योजना मन्त्रीलाइ प्रष्ट हुन आग्रह गरेका छौँ,’ मन्त्री ज्वालाले भने । कार्यक्रममा गाउँपालिका अध्यक्ष सेनले आफुहरूले प्राथमिकतामा राखेर तथा जिल्ला समन्वय समितीबाट पनि निर्णय गरेर प्रदेशमा पठाएका योजनाहरू नपरेको बरु स्थानीय तहमा आवश्यकता एउटा तर फरक योजनामा रकम विनियोजन भएको भन्दै दुखेसो पोखेका थिए । सेनले भने, ‘मावि किमुचौरमा भवन निर्माणमा बजेट आवश्यक हो तर फिल्ड निर्माणमा रकम विनियोजन भएको सुन्छु । यस्तो किन भयो ? सकिन्छ भने तुरुन्तै सच्याउनुपर्याे ।’
गाउँपालिकाका अध्यक्ष सेनले यसअघि कर्णाली प्रदेशका विभिन्न विषयगत मन्त्रालयमा पुगी मन्त्रीहरूलाई भेटेर कपुरकोटको खारा पहिरो, विद्यालय भवन, पर्यटन प्रवद्र्धन, कपुरकोट स्वास्थ्य चौकीको भवन निर्माणका लागी बजेट माग गरेका थिए । आर्थीक मामीलामन्त्री ज्वालाले कुनै विद्यालयमा खेल मैदान, कुनैमा भवन बनाउने नीती अनुरूप यसो भएको भन्दै अहिले विभिन्न समस्या र अस्पष्टताका कारण तालमेल हुन नसकिरहेको बताएका थिए । ‘अवको एक वर्षभित्र यी सबै असमझदारि र अस्पष्टता अत्य हुन्छ,’ उनले भने ।
यद्यपि कपुरकोट क्षेत्रको विकासका लागी केहि महत्वपूर्ण योजनाहरू पारिएको उनले उल्लेख गरे । कपुरकोट ४ मा रहेको खानेपानीको समस्या समाधानका लागी सर्वे गरेर जसरि भएपनि यहि वर्ष बजेट छुट्याइने उनले बाचा गरे । उक्त खानेपानी योजनाका लागी गाउँपालिकाले पनि ४० लाख रूपैयाँ विनियोजन गरेको छ । मन्त्री ज्वालाले भने, ‘कती रकम लाग्छ भन्ने सर्वे भयो भने गाउँपालिकासंग साझेदारी गरेर पनि हामीले योजना सञ्चालन गर्छौँ वा हामीले मात्रै सक्ने भयौँ भने गाउँपालिकाले उक्त ४० लाख अन्य योजनामा खर्च गर्नसक्नेछ ।’
उनले कपुरकोटको खारा पहिलोका लागी ६० लाख, कपुरकोटमा अलपत्र परेको स्वागतद्धारलाइ पूर्णता दिन १० लाख, स्वास्थ्य चौकीलाई १० लाख मावि रीमलाई ५० लाख तथा मावि किमुचौरलाई १० लाख, गर्पामा कृषि सडकका लागी २५ लाख रूपैयाँ कर्णाली सरकारबाट विनियोजन भएको जानकारि गराए । साथै कपुरकोटमा विषादी परिक्षण केन्द्र स्थापना गर्ने र सहकारी नमुना गाउँ बनाउने योजना रहेको पनि सुनाए । उनले भने, ‘बच्चा पनि रोयो भने मात्रै दुध खान पाउँछ, त्यसैले आफ्नो क्षेत्रमा योजनाहरू पार्नका लागी बढि भन्दा बढि ध्यानाकर्षण गराउनुस्, दबाब दिनुस् र कुन योजना प्राथमिकताको योजना हो त्यो पनि स्पष्ट उल्लेख गर्नुस् ।’
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुअ केश बहादुर विष्टले समग्र सल्यानको विकासका लागी समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताएका थिए । यस्तै कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगर, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी लगायतकाले बोल्दै विकासमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?