Logo
११ मंसिर २०७९, आईतवार
Logo

नवलपरासी २ मा राप्रापाका ध्रुवबहादुर प्रधान विजयी


परासी,९ मंसिर । नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् । यो क्षेत्रमा कंडेलले लगातार जित्दै आएका थिए । कांग्रेसभित्रको अन्तरघातका कारण कंडेलले हारेको उनी निकटले बताएका छन् । कंडेल पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?