ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

तरकारीसँगै मर्निङवाक….

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

घोराही उपमहानगरपालिका–६ की स्याम्फुली चौधरी प्रत्येक दिन बिहान २ बजे उठ्छिन् । उमेरले ४५ वर्ष पारगरेकी उनी अघिल्लो दिन टिपेको तरकारी बोकेर ३ बज्दा नबज्दै घरबाट हिँड्छिन् । उनको मर्निङ वाक तरकारीसँगै हुन्छ । ७ किलोमिटरको बाटो पैदल पारगर्दै तरकारी बिक्रीका लागि घोराही बजारमा तरकारीले भरिएको छिट्वा बोकेर घरघर पुग्ने गर्छिन् । बिहान सवेरै घर अगाडी ताजा तरकारी ल्याउने स्याम्फोलीको तरकारी ८ बज्दा नबज्दै बिक्री भैसक्छ । छिट्वामा बोकेर ल्याएको तरकारी विक्रिवाट उनले दैनिक ४ देखी ६ सयसम्म आम्दानी गर्छिन् ।
विगत १० बर्ष देखी उनले यो ब्यापार गर्दै आएकी छिन् । यति लामो समयदेखी गरिरहेको ब्यापारमा उनलाई कहिल्यै थकानको महशुस भएन । “दैनिक गुर्गैँदेखि आफूले उत्पादन गरेका सिजनका तरकारी बिक्रिका लागि घोराही जान्छु” स्याम्फोलीले भनिन् । उनले सिजनमा उत्पादन हुने तरकारीको खेती गर्छिन् । कम लागतमा उत्पादन हुने भएकोले सिजनमाहुने तरकारी मात्रै उत्पादन गर्ने गरेको स्याम्फोली बताउँछिन् ।
आफुले उत्पादन गरेको तरकारी बेच्दै गाँउदेखि घोराही पुग्छिन् उनी । “बेमौसमी तरकारी उत्पादन गर्दा लगानी धेरै चाहिने भएकोले सिजनको तरकारी खेती गर्ने गरेकी छु” स्याम्फोलीले भनिन् । आफैले उत्पादन गरेको तरकारी विक्रिका लागि घोराही जादा सजिलै विक्रि हुने गरेको उनले बताईन् । “हामिलाई तरकारी बजारको भाउ थाहा हुदैन, आफैले मुल्य राख्यो त्यसमा दुईचार पैसा तलमाथि गरेर विक्रि गर्छु” उनले भनिन् । बजारमा छिटुवामा तरकारी वोकेर हिड्दा घरका छतवाट जे देख्यो त्यै तरकारीको नामवाट बोलाउने गरेको उनको अनुभव छ । “छिटुवामा साग देखे भने ए साग भनेर बोलाउने गर्छन् तर मलाई त्यसरी वोलाएको भने पटक्कै मन पर्दैन” उनले भनिन् ।
दाङ जिल्लामा थारु समुदायका महिलाहरूको बिहान सवेरै छिट्वामा तरकारी विक्रि गर्ने चलन नै बनिसकेको छ । विहान सवेरै घोराही बजारका गल्ली गल्लीमा स्याम्फोली जस्ता महिलाहरू तरकारी विक्रिगरीरहेका थुप्रै भटिन्छन् । व्यवसायीक रूपमा धेरै उत्पादन गर्नेहरूले अटो रिक्सा तथा मोटरसाईकलमा ल्याएर तरकारी बजारमा लगेर विक्रि गर्छन् । तर थोरै उत्पादन गर्नेहरूले भने यसरी नै घरघर डुलाउँदै विक्रि गर्ने गर्दछन् । स्याम्फोलीले तरकारी विक्रिवाट मासीक १० हजार रूपैया बचत हुने गरेको बताईन् । थोरै जमिनबाट राम्रो आम्दानी गर्न सकिने भएपछि तरकारीको व्यापार गर्न थालेको उनको भनाई छ । धेरै तरकारी खेती गर्नको लागि आफुसंग प्रसस्त जमिन नभएकोले परिश्रम अनुसारको आम्दानी भने नभएको उनी बताउँछिन् । हुन त बजारमा बस्नेहरूले तरकारी बजारवाट पनि तरकारी खरीद गर्छन् । तर यसरी घरघर तरकारी ल्याएर आउनेहरूले ल्याएको तरकारी ताजा हुने भएकोले सवैले रुचाउने गरेको उनको अनुभव छ ।
आफूले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको पैसाले घरखर्च चलाउँदै आएकी छिन् । अहिले उनको छोरीले विविएस पढ्दै छिन् भने छोराले पनि प्लस टु पढ्दै छन् । “मैले तरकारी बिक्रीबाट आएको पैसाले छोरा र छोरीलाई पढाउँदै आएकी छु” स्याम्फोलीले भनिन् । उनका श्रीमानले गाउँमै तथा कहिलेकाहीँ बजारमा गएर काठको काम गर्छन् भने बाँकी समयमा स्याम्फोली र उनका श्रीमानले अन्य कृषिको काम पनि गर्छन् । तरकारी उत्पादनमा उनका श्रीमान तथा छोराछोरीले पनि सहयोग गर्ने गरेको स्याम्फोलीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?