ट्रेंडिंग:

>> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?

साङ्लोमै बित्यो २१ वर्ष !

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

मल्लरानी गाउँपालिका–१ चुँजा अल्कामाझ प्यूठानका मेघ बहादुर केसीको जीवन २१ वर्षदेखि साङ्लोमै गुज्रिरहेको छ । उनी २०५१ सालमा कक्षा आठसम्म पढ्दा अन्य व्यक्तिसरह थिए । जिल्ला स्तरीय परीक्षामा समेत रामै्र अंक लिएर उत्तीर्ण भए । अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित सूर्य मावी गोखुंगामा पढ्दै थिए । २०५१ सालमा विद्यालयबाट घर आइसकेपछि उनलाई एक्कासी बान्ता भयो । मदिरा सेवन गर्दैन्थे उनी । तर, बुवा आमाले ‘रक्सी खाएर आइस ?’ भनेर हप्काए । केसीले आफ्नो वान्ता आफैँ सफा गरे । १८ वर्षको तन्नेरी उमेर । आठ कक्षा पास गरेर भर्खर नौ कक्षामा भर्ना भएका केसीलाई विस्तारै विसन्चो बढ्दै गयो । त्यसपछि उनी विद्यालय जानै पाएनन् । त्यहीँबाटै सकियो उनको स्कुले जीवन । घरमा होहल्ला गर्ने, बुवा आमालाई गाली गलोज गर्ने, पिट्ने र घरबाट निस्केपछि हप्तौसम्म हराउने गर्न थाले उनी । बुवा आमालाई दिनहुँ चिन्ता बढ्दै गयो । दिनप्रतिदिन यस्तै क्रियाकलाप दोहो¥याउन थालेपछि परिवारले उपचारको बाटो खोजे । भारतको पञ्जाव र गोरखपुरमा लगियो । डाक्टरले औषधी खाएर निको हुने सल्लाह दिए । २०५१ देखि ०५४ सालसम्म निरन्तर औषधी सेवन गरे । तर, केसीलाई निको भएन ।
परिवारले सम्हाल्नै नसकेपछि उनको दुवै हातखुट्टा साङ्लोले बाँधेर छुट्टै कोठामा राखेका छन् । २१ वर्षदेखि उनको जीवन निरन्तर साङ्लोमै गुज्रिरहेको छ । दाह्री बढेर बाक्लै भइसके । दिसापिसाव ओछ्यानमै गर्छन् । दैनिक सरसफाई गर्ने धेरै टाढाको जस्तो भइसक्यो । फाँटेका ओड्ने, ओछ्याउने कपडा । बृद्ध बुवा÷आमाले उनको दैनिक स्याहार गरिरहेका छन् । ‘लाउँलाउँ र खाउँखाउँको उमेर थियो’, ६८ वर्षिय बुवा डोर बहादुर केसीले भने,‘पढ्ने बेला बिरामी भएको छोरालाई अहिलेसम्म निको भएन ।’ ६ भाईमध्ये उनी माइलो छोरा हुन् । अरू छोरा ठिक छन् । ‘सवै छोराहरूको घरजम भइसक्यो’,केसीले विलौना गर्दै भने,‘हामी बुढाबुढीलाई मर्नेबेला उल्टै यसको स्याहार गर्नुप¥यो ।’ तीनवर्ष औषधी खुवाएपनि निको हुन नसकेको उनले सुनाए । मेघ बहादुर ४० वर्षका भए । उनलाई अन्य कुनै रोग छैन । मानसिक असन्तुलन भएका केसीको घरपरिवार वर्षौदेखि पीडामा छटपटिरहेको छ ।
‘यस्ता विरामी सन्चो भएको खवर सुनेका थियौँ’,आमा टिका केसीले भनिन्,‘हाम्रो छोरालाई उपचार गर्ने कोही भेटिएनी हुन्थ्यो ।’ छोरालाई सन्चो हुने भए अस्पतालमा लगेर उपचार गराउने मन बुवा आमाको छ । तर, आफूहरूसँग पैसा नहुँदा छोरालाई वर्षौदेखि साङ्लोमै बाँधेर राख्नुपरेको उनीहरू दुःखेसो गर्छन् । शुरुमा छोराकै उपचार गर्न ऋण खोजेको पैसा भारतमा नोकरी गरेर जसोतसो तिरेको डोर बहादुरले बताए । ‘मेलापात गर्न जाँदा पनि भागेर जान्छकी भन्ने छटपटी हुन्छ’, उनी भन्छन्, ‘यसैको चिन्ता गर्दागर्दै मरिन्छ की जस्तो लाग्छ ।’ पाँचभाई छोरा आ–आफ्नो बन्दोवस्त गरेर बसेका छन् । तीन बहिनी सबै छोरीको बिहे भइसक्यो । घरमा बुढाबुढी मात्र बसेको उनले जानकारी गराए । मेघ बहादुरलाई नेपाल सरकारले निलो अपांग परिचयपत्र प्रदान गरेको छ । मासिक छ सय रूपैयाँ भत्ता बुझ्ने गरेको बुवा डोर बहादुरले बताए । मिठो मसिनो खान मनलागे उनीहरूले यही पैसाबाट जोहो गर्छन् । अवस्था हेर्दा ‘क’ बर्गको अपांग परिचयपत्र दिनुपर्ने भएतापनि केसीले २०७४ साल पुसमा ‘ख’ वर्गको निलो परिचयपत्र पाएका हुन् । ‘क’ वर्गको परिचयपत्र प्राप्त गर्नेले मासिक एक हजार रूपैयाँ भत्ता बुझ्दै आएका छन् । गाउँमै पुगेको घुम्ती शिविरबाट उनलाई महिला तथा बालवालिका कार्यालयले परिचयपत्र दिएको थियो । गाउँका अन्य व्यक्तिहरू भेट्न जाँदा उनले केही गर्दैनन् । तर, बुवा आमा नजिक पर्दा गालीगलौज गर्ने गर्छन् । उनको मिलेको शरीर छ । खरले छाएको घरसँगै छुट्टै कोठा बनाएर उनलाई राखिएको छ । घरको आर्थिक अवस्था कमजोर छ । पीडामा बाँचेका बृद्ध बुवा/आमालाई ‘मर्नेबेला’ छोराको उपचार गरेर निको भएको हेर्ने ठूलो मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?