Logo
११ मंसिर २०७९, आईतवार
Logo

प्रदेश राजधानी बुटवलबाट दाङ लैजाने शंकर पोखरेल पराजित


बुटवल,८ मंसिर । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । मुख्यमन्त्री भएका बेला पोखरेलले बुटवल कायम भएको लुम्बिनीको अस्थायी राजधानी दाङ लैजान मुख्य भूमिका खेलेका थिए । जनसंख्या, पुर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा लगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुंदाहुंदै पनि तत्कालीन नेकपामा विवाद चुलिएका बेला अध्यक्षहरु केपी ओली र प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेश सभाले गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका सात अस्थायी राजधानी मध्ये ६ वटा यथास्थानमा कायम भएका थिए तर लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?