ट्रेंडिंग:

>> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास

विशेषज्ञ सेवापछि बिरामीको चाप

३० भाद्र २०७५, शनिबार
३० भाद्र २०७५, शनिबार

जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा विशेषज्ञ सेवा शुरु भएपछि बिरामीको चाप एक्कासी बढेको छ । अस्पतालमा चिकित्सकले बिरामीसँग गरिने राम्रो ब्यवहार, गुणस्तरीय सेवा, परामर्श सेवासँग विशेषज्ञ सेवा दिन थालिने बित्तिकै बिरामीको चाप बढेको अस्पतालले जनाएको हो ।
अस्पतालमा अहिले स्त्री रोग विशेषज्ञ सेवा र हाडसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरि अप्रेसन सहितको सेवा उपलब्ध हुन थाले पछि बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.अनन्त कुमार शर्माले बताए । अस्पतालमा साउन देखि अप्रेसन गरि प्रसूति गराउने सेवा बन्द थियो, उनले भने, तर हालै चिकित्सक भर्ना गरेर राखेपछि उतm सेवा सञ्चालनमा आएको छ । अनुभवी चिकित्सक आएपछि ५ मिनेटमै अप्रेसन गरि प्रसूति गराए, जस्ले गर्दा जटिल समस्या भएका विरामीमा विश्वास जागृत भएको उनको भनाई थियो ।
एक साताभित्रै तीन जना गर्भवती महिलाको जटिल समस्या रहेकोले अप्रेसनद्वारा प्रसूति भएको प्रमेसु डा. शर्माले जनाए । पृथ्वी चन्द अस्पतालमा विशेषज्ञ सेवा पाउने भए पछि मेडिकल कलेजबाट पनि फर्केर पनि विरामी आउन थालेको उनले सुनाए । केही दिन भित्रै अस्पतालमा फिजिसियन र रेडियोलोजिस्ट पनि आई पुग्नछन् । पहिला एनेथेसिया (बोहोस बनाउने) चिकित्सक नभएकोले पनि अप्रेसन गर्नमा समस्या आउने गरेको थियो । तर अहिले एनेथेसिया गर्ने चिकित्सक पनि हाजिर भएका छन् । त्यसले पनि सेवा प्रवाहमा गुणस्तरियता थपेको छ ।
ओपिटीतर्फ पनि सामान्य बिरामी विगतमा ३० देखि ३५ जनासम्म आउनेमा अहिले वृद्धि भएर दैनिक डेढ सय पुगेका छन् । भर्ना गरेर उपचार गर्ने सेवा पनि गुणस्तरिय हुन थालेपछि बिरामी बढेको उनले बताए । उनले भने–‘दुई साता भित्रै यस्तो परिवर्तन आउँछ, भनि लागेको थिएनँ तर त्यसै भएको छ । यसले एकातिर अस्पतालको चिकित्सकमा उत्साह बढेको छ, तर त्योसँगै ब्यवस्थापनमा चुनौती थपिएको उनले गुनासो गरे ।
५१ सैया अस्पताल भएको घोषणा एक बर्ष पहिला भएपनि ३५ सैया मात्र सञ्चालनमा रहेको थियो । अहिले बिरामीको चापले गर्दा बाँकी रहेका १४ सैया पनि अस्पतालको बैठक कक्ष र ओपिटी कक्षमै थपेका छांै, प्रमेसु शर्माले भने, भवनको बैकल्पिक ब्यवस्था नभएसम्म ती कक्षमा यो सैया थप्न परेको हो । बैठक त एक दुई घण्टा जहाँ पनि बस्न सकिन्छ,तर विरामीलाई भर्ना गरि सेवा दिनका लागि स्थान त चाहियो नै, उनले थपे ।
पुरानो अस्पताल विकास समिति भन्दा अहिले प्रदेश सरकारले जिससको प्रमुख अध्यक्ष रहने गरि संस्थागत रूपमा अस्पताल विकास तदर्थ समिति बनेर आए पछि अस्पतालमा क्रमशः सुधार हँुदै गएको स्थानीयले पनि बताएका छन् । सरकारद्वारा राजनीतिक नियुतिm लिएर आउने अध्यक्षहरू बिरामीलाई सेवा प्रवाह कसरी गर्ने भन्दा आफ्नो सेवा सुविधा के हो ? बस्ने कार्यकक्ष, कुर्सि कस्तो छ ? जस्ता तर्फ ध्यान दिइने हुँदा चिकित्सकहरूले पनि असहज महशुस गर्ने गरेका थिए । अहिले तदर्थ समिति भए पनि संस्थागत नेतृत्व भएकोले कार्यशैलीमा धेरै परिवर्तन देखिएको अस्पतालसंगै जोडिएका स्थानीय चन्द्र प्रकाश गुप्ताले बताए । नयाँ समितिले अहिले सरकारले पठाएका चिकित्सक हुन वा समितिको तर्फबाट राखिएका वा करार भर्ना भएका सबैलाई एकनासले पोशाक भत्ता उपलब्ध गराएर ड्युटी समयमा पोशाक अनिवार्य गरेको छ । समितिका कर्मचारी र स्वास्थ्यकर्मीले पोशाक भत्ता पाउनु अस्पतालको इतिहासमा पहिलो भएको करार र समितिका कर्मचारीले बताए ।
समितिले तोकेको तलब भत्ता दिँदै आए पनि अहिलेसम्म पोशाक भत्ता पहिलो भएको प्रमेसु डा. शर्माले पनि जनाए । यसले कर्मचारीमा समितिको तर्फबाट समानताको ब्यवहार देखिएको छ । यतिले पनि सबै कर्मचारी र स्वास्थ्यकर्मी उत्साही देखिएका छन् । यता अस्पतालका अध्यक्ष समेत रहेका जिसस प्रमुख रायले विरामीलाई सेवा दिनका लागि कुनै कसर बाँकी नराख्ने बताए । पहिलो बैठकमै कर्मचारीलाई के आवश्यक छ ? त्यसका लागि अध्यक्षबाट कुनै अवरोध आउँदैन,तर विरामीलाई कसरी गुणस्तरिय सेवा दिने हो ? त्यसका लागि स्वास्थ्यकर्मीले काम गर्नु पर्छ, भनेर प्रष्ट कुरा राखे पछि कर्मचारी र स्वास्थ्यकर्मीमा उत्साह थपिएको उनले बताए । सानो तिनो समस्याका लागि अध्यक्षको आज्ञा पर्खिन पर्दैन्,जे उपकरण चहियो,खरिद गर्नुस,जे सुविधा चाहियो दिनुस् ,निर्णय नभए पनि बैठकमा ति सबै अनुमोदन हुन्छ,तर विरामीलाई सेवा पाउनमा कुनै कन्जुस्याइँ हुन नहुने कुरा मात्र राख्दा यतिको सुधार दुई सातामै देखिएको अनुभव जिसस प्रमुख रायले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?