ट्रेंडिंग:

>> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै

रोटरीले सुरु गर्‍यो ३० औं चार्टड नाइटको तयारी

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

बुटवल, २६ कात्तिक ।

रोटरी क्लव अफ बुटवललले ३० औं चार्टड नाईट कार्यक्रमको तयारी सुरु गरेको छ । आगामी मंसिर १५ गते आयोजना गरिने चार्टड नाइटका लागि क्लवले तयारी सुरु गरेको हो ।

क्लवको शनिबार बसेको १४ सय ३८ औं बैठकमा क्लवका अध्यक्ष बोनिन पियाले यसबारे जानकारी गराएका हुन् । उनले चार्टड नाईटका लागि आवश्यक तयारीका काम अगाडि बढाइएको र उक्त कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन थप गृहकार्य र छलफल गरी अगाडि बढिने जानकारी दिए । क्लवले चार्टड नाइटका अवसरमा पुर्व अध्यक्षहरुलाई सम्मान गर्नेदेखि लिएर विभिन्न विधामा अवार्ड प्रदान गर्ने गर्छ । क्लवले हरेक वर्ष डिसेम्बर १ मा चार्टड नाइट कार्यक्रम आयोजना गर्ने गर्छ ।

शनिबारको बैठकको बिजनेश एजेण्डा अन्तर्गत चार्टड नाइटबारे जानकारी गराउँदै अध्यक्ष पियाले उक्त दिन सक्रियतापुर्व परिवारसहित उपस्थित हुन सम्पूर्ण रोटरीयनहरुलाई आग्रह गरे ।

बैठकका अवसरमा रोटरी भवनमा ट्रष्ट निर्माणका लागि बुटवल उपमहानगरपालिकाबाट ७ लाख रुपियाँ बिनियोजन भएको र यसको निकासाका लागि प्रक्रिया अगाडि बढेको जानकारी गराइएको थियो । त्यस्तै ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ब्लड कलेक्शन मोवाइल भ्यान खरीदका लागि विभिन्न कारणले ढिला हुन पुगेको र जसका कारण लागत बढ्न गएको पनि जानकारी गराइएको थियो । यो प्रोजेक्ट अन्तर्गत ब्लड कलेक्शन मोवाइल भ्यान खरीदका लागि ६२ लाख रुपियाँ जम्मा भएको छ । लागत बढेका कारण बाँकी नपुग रकम रक्ता सञ्चार सेवा केन्द्रलाई सहयोगका लागि आग्रह गरिएको र यो वर्ष भ्यान खरीद गरिने अध्यक्ष पियाले जानकारी दिए ।

त्यस्तै शंकरनगर वनवाटिकामा बालबालिकाका लागि “तारा मण्डल” स्थापना काम अगाडि बढेको, देवदह मेडिकल कलेजमा ब्लड बैंक स्थापनाका लागि ग्रालेबल ग्रान्टमा पेश गर्नेतयारी गरिएको, लेमन गार्डेन निर्माणको काम अगाडि बढाइएकोलगायतका क्लवका गतिविधिबारे जानकारी गराइएको थियो ।

बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो नियमित बैठक र बोर्ड बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा रोटरीयनहरु मणिरत्न पाण्डे, डा. लेखजङ्ग थापा, जेपी कंडेल, दिवाकर घिमिरे लगायतले पनि बोलेका थिए ।

बैठकले क्लवका पुर्व अध्यक्ष हिरण्यमान थैवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np