ट्रेंडिंग:

>> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु 

घनश्याम भुसालमा राजनीतिक चरित्र छैन ः छविलाल

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

देवदह, १४ कात्तिक ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् । रुपन्देही १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले एकपटक टिकट नपाउंदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक पटक धोखा दिएको आरोप समेत लगाए । एमाले, राप्रपा र जसपाले आइतबार देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरुलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने वित्तिकै विपक्षीसंग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदांगो भएको टिप्पणी गरे ।

रुपन्देही १ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । आफूलाई दलाल पुंजीवादको विरोधी भन्ने भुसालले दलाल पुंजीवादको अगुवा नेपाली कांग्रेस र माओवादीसंग सांठगांठ गरेर आफनै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भुसालको आलेचना गरे । ‘एमालेमा ओलीकै एकदम आफ्ना भनिने दर्जन बढी नेताले टिकट पाएका छैनन्,राप्रपासंग तालमेल हुंदा उहांले पनि पाउनुभएन’–विश्वकर्माले भने–‘टिकट नपाउने वित्तिकै विपक्षीको उम्मेदवार बन्न जानु कुनैपनि अर्थमा राजनीतिक चरित्र हैन,पार्टीमाथि धोखा हो ।’ भुसालले विगतमा पनि पार्टी विभाजन गरेको र सिद्धान्तको आवरणमा सधैं नेतृत्वलाई कमजोर बनाई विपक्षीलाई खुशी बनाउने काममा रमाएको विश्वकर्माले आरोप लगाए ।

राष्ट्रिय राजनीतिमा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने विश्वकर्माले बताए । सत्ता सत्तागठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उनले राष्ट्रियता जोगाउन राप्रपा र जसपासंग तालमेल गर्नुपरेको बताए ।

विश्वकर्माले उत्तर दक्षिण जोड्ने गरी क्षेत्र नम्वर १, को विकासको काम दशगजाबाट शुरुवात गरेको र ५ बर्ष यता विकासले फड्को मारेको दावी गरे । नेकपा एमालेको सरकारले अगाडि सारेका अधुरा योजना सम्पन्न गर्नको लागि नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आग्रह गर्दै भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न पनि साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

राष्ट्यि प्रजातन्त्र पार्टीका सहमहामन्त्री ताहिर अलीले सत्ता गठबन्धनका कारण देशमा महंगी बढिरहेको र गलत राजनीतिक प्रवृतिका कारण देश वर्वादी तर्फ अगाडि बढेको बताए । क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्य उम्मेदवार आशिष चौधरीले यस क्षेत्रको विकासको लागि आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । संयुक्त निर्वाचन परिचालन देवदह–४, का संयोजक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्वर १, रुपन्देहीका संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा. कृष्णप्रसाद न्यौपाने, राष्ट्यि प्रजातन्त्र पार्टीका नेता माधव रिमाल, एमाले देवदह–४, शाखा कमिटीका अध्यक्ष मनबहादुर चौधरीको स्वागत र सचिव नारायणप्रसाद सिग्देल लगायतले विकास र समृद्धिका लागि एमाले नेतृत्वको गठबन्धनको जितको विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?