ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

रूपन्देहीको विकासलाई अझ फराकिलो बनाउँछौंः गृहमन्त्री खाँण

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

भैरहवा, १४ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताएका छन् । उनले रुपन्देहीको तीव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने जनाए । गृहमन्त्री खाँणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै काँग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने विश्वास व्यक्त गरे ।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्या खाँणले सोमबार बुटवल–१७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरवबृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ‘क्षेत्रबासीले मात्रै होइन्, जिल्ला र सिंगो मुलुकका नागरिकले मलाई र गठबन्धनलाई जुन किसिमको भरोसा गर्नुभएको छ, यसमा कुनै किसिमको कमी हुन दिँदैनौं’, उनले भने, ‘हरेक क्षेत्रमा समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी जिल्ला बनाएरै छाड्छौं ।’

२०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाँणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रष्ट पारे । ‘तपाईंहरुको यही मायाका कारण मैले जिल्लामा साना–ठूला सबै किसिमका योजनाहरु ल्याउन, कार्यान्वयन गर्न र सफल तुल्याएर जनताको जीवनमा परिवर्तनको महसुुस गराउन सफल भएको हुँ’, उनले भने, ‘केही मानवीय विकासमा योगदान दिने र ठूला परियोजना ल्याएर सम्पन्न गराउन पनि यसपटक गठबन्धनले फेरि जित्न जरुरी छ ।’

तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिंचाईमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाँणले यसलाई अब अझै प्रभावकारी बनाइने बताए । ‘अब अझै मजबुत हुने गरी काम गर्नुपर्छ, नदीले कटान गरेको क्षेत्रमा जनताको जमिन छ, त्यसलाई संरक्षण गर्नुपर्छ, सार्वजनिक ठाउँ भएमा त्यहाँ विद्यालय, मन्दिर, पार्क बनाएर आम्दानीको स्रोत बनाउनुपर्छ’, उनले भने, ‘नदी कटानको भय सधैंका लागि अन्त्य गर्न यो सरकार कटिबद्ध छ, म र गठबन्धन कटिबद्ध छ ।’ उनले रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जनाए ।
मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरुको समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको उनले जनाए । ‘स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रुपमा विकास गरिनेछ,’, उनले भने, ‘यस क्षेत्रका वासिन्दाहरुलाई रोजगारीको सुनिश्चितता गरिनेछ । यसमा म कटिबद्ध छु । यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

क्षेत्र नम्बर ३ (२) का उम्मेदवार रामचन्द्र ढकालले गृहमन्त्री खाँणको पहलमा रुपन्देहीको विकासले फड्को मारेको बताउँदै अब नयाँ योजना ल्याउन र त्यसलाई सार्थकता दिन पनि गठबन्धनले जित्न जरुरी रहेको जनाए । उनले अबको विकास कंक्रिटको मात्रै भएर नहुने जनाउँदै मानवीय विकासमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको प्रष्ट्याए । उनले पछिल्लो पाँच वर्षमा यस क्षेत्रका प्रदेश सभा सदस्य रहेका नेताले कुनै पनि काम गर्न नसकेको जनाउँदै अब आफूले विकासको नेतृत्व लिने जिकिर गरे । ‘हामीले सही प्रतिनिधि चुन्यौं भने शिक्षा, स्वास्थ्य, रोजगार, विकास लगायतका कुरामा अभाव खेप्न पर्दैन’, उनले भने, ‘यसपटक अवसर छ, सही प्रतिनिधि चुन्न गठबन्धनलाई जिताऔं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?