ट्रेंडिंग:

>> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश

राप्ती नदीमा -याफ्टिङका लागि सम्भाव्यता अध्ययन

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

लमही, १४ पुस ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा रहेको राप्ती नदीमा गढवा गाउँपालिकाले ¥याफ्टिङका लागि सम्भाव्यता अध्ययन कार्य शुक्रबारदेखि सुरु गरेको छ । गढवा गाउँपालिकाको आयोजनामा राप्ती नदीमा पर्यटन व्यवसायका लागि ¥याफ्टिङ सञ्चालनका लागि प्राविधिक टोलीले सम्भाव्यता अध्ययन कार्य सुरु गरेका छन् ।

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुवाङ पुल्चोकदेखि दक्षिणबाट महदेवा पुल नजिक सम्मको करिव १६ किलोमिटर दुरीमा र्याफ्टिङको परिक्षण गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने राप्ती नदीमा जलयात्रा सञ्चालन (¥याफ्टिङ) सुरु भए पर्यटक भित्र्याउन सकिने बताए ।

गढवा गाउँपालिकालाई केन्द्रबिन्दु बनाई देउखुरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले जलयात्रा (¥याफ्टिङ) को सम्भाव्यता अध्ययन कार्य सुरु गरेको बताए । दाङ लगायत अन्य क्षेत्रबाट पनि ठूलो मात्रामा पर्यटक आउने गरेको तर गढवा गाउँपालिका आसपासका क्षेत्रमा पर्यटकहरुलाई रमाइलो गर्न कुनै थलो नभएकोले ¥याफ्टिङ सफल भए ब्यावसायिक रुपमा सञ्चालन गर्ने गरी छिमेकी पालिकाहरुसँग समन्वय गरी रहेको समेत अध्यक्ष पोख्रेलले जानकारी दिए ।

नदीको बहाव र साइड सिनलगायत प्राविधिकरुपमा भालुवाङ पुलचोकदेखि महदेवा पुल सम्म ¥याफ्टिङ चलाउन सकिने कर्णाली र्याफ्टिङ एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक देवराज जैसीले बताए । पहिलो दिनको परीक्षण एकदम सफल भएको बताउँदै प्रबन्ध निर्देशक जैसीले देउखुरीको राप्ती नदीमा बच्चा बच्ची, बयस्क र बृद्धबृद्धा लगायतले सजिलै ¥याफ्टिङ गर्न सकिने बताए ।

कर्णाली ¥याफ्टिङ्ग इडभाइजर प्रालिका देवराज जोशीले राप्ती नदीमा व्यावसायिक ¥याफ्टिङ सञ्चालन गर्न कुनै समस्या नरहेको बताए । ¥याफ्टिङ्ग सञ्चालनका लागि चाहिने पानीको मात्र र नदीको बाहब एकदमै उपयुक्त रहेकोले व्यावसायिक ¥याफ्टिङ्ग सञ्चालन गर्न कुनै समस्या नरहेको जानकारी दिए ।

राप्ती नदीमा ¥याफ्टिङको ठूलो सम्भावना रहेको बताउँदै पालिकाले चाहे सञ्चालनका लागि स्थानीय युवाहरुलाई तालिमको व्यवस्था गरी दीर्घकालीन रुपमा ¥याफ्टिङ सञ्चालनका लागि आफुले भरपुर सहयोग गर्ने बताए । कर्णाली राफ्टिङ एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक देवराज जैसी, बिक्रम डिएम, प्रकाश ठाकुर, लक्ष्मी जैसीको प्राविधिक टोलीले परिक्षणका लागि राप्ती नदीमा दुई वटा बोट चलाएर परिक्षण गरेको हो ।

पहिलो दिनको ¥याफ्टिङ परीक्षणका लागि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, भालुवाङ होटेल व्यवसाय समितिका सचिव दुर्गाप्रसाद पन्थी, राप्ती उद्योग बाणिज्य संघका सदस्य वसन्त गिरी लगायतको टोली सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?