ट्रेंडिंग:

>> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित

बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किटमा उपाध्यक्ष ल्यारक्यारको परीक्षा

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

कपिलवस्तु, ९ भदौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन । भ्रमणको क्रममा रहँदा उनले बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखि हजारौं धार्मिक पर्यटकहरू भित्राउन सुरु गर्ने बताए ।

उनको यो प्रतिबद्दताको परीक्षा शुरु भएको छ । यस भन्दा अगाडिका पदाधिकारीहरूले पनि उपाध्यक्ष ल्यारक्यारले जस्तै प्रतिबद्दता जनाउँदै आएका थिए । तर लुम्बिनी गुरु योजनाको काम र बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किटको सपना भने पूरा हुन सकिरहेको छैन् ।
उपाध्यक्ष डा. लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महŒवपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने बताए । ‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिदै छु’ उपाध्यक्ष लामाले भने –‘स्थानीय, अगुवाहरू, पत्रकारहरूको सुझावका आधारमा बुद्धजन्मस्थल सहितका क्षेत्रहरूको विकास गर्नेछु ।’ उनले आफू परिणामुखी काम गर्ने गरी जिम्मेवारी सम्हालेको बताए ।

उनले बृहत्तर लुम्बिनी विकासको काम आफ्नै कार्यकालमा पुरा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै बुद्धको जीवनमा निकै महत्वपूर्ण स्थलका रूपमा रहेको यसको विकासमा ध्यान दिने बताए । उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउने तर्फ ध्यान दिने बताए ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले प्राचिन शाक्यहरूको राजधानी कपिलबस्तु निकै महŒवपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरूलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए । उनले तिलौराकोट दरबारमा तत्तकाल दुवै साईडमा रहेका झाडी, बुट्यानहरूको सरसफाई, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने बताए । डा. लामाले विश्वभरका बौद्धमार्गीहरूलाई एकपटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गरे ।
उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरूणकोट, सिसनिया र

जगदीशपुरताल लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गरेको छ । निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचिन कपिलबस्तु, तिलौराकोट दरबार र कपिलबस्तुका बौद्धस्थलहरूका बारेमा जानकारी गराएका थिए । निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । यसअघि बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए ।

यस्तै बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिर, अशोकस्तम्भ विहारखण्ड सकुर्लर लेभी, शान्तिदीप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआईलाई समेत पर्याटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने गरी काम थाल्ने समेत उपाध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन । लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी समाले लगत्तै डा. लामाले कर्मचारीहरूसँग भेटघाट, कार्यालयहरूको योजना लगायतका बिषयमा जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?