ट्रेंडिंग:

>> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन्

ल्याण्ड पोलिङ विरुद्ध प्रदेश राजधानीमा जग्गाधनीको विरोध

३ भाद्र २०८०, आईतवार
३ भाद्र २०८०, आईतवार

लमही, ३ भदौ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई व्यवस्थित शहरको रूपमा विकास गर्ने उद्देश्यका साथ प्रदेश पूर्वाधार प्राविधिकरणद्वारा सुरु गरेको जग्गा एकीकरण विवादमा परेको छ । राप्ती गाउँपालिकाको वडा नम्वर -२ का बासिन्दाहरू प्रस्तावित ल्याण्ड पोलिङको विरोध गर्न थालेका छन । उनीहरूले खेती योग्य जमिनलाई ल्याण्ड पोलिङ गर्न लागेको भन्दै तत्काल रोक्न माग राख्दै विरोध जनाएका छन ।

शनिबार बसेको वडावासीहरूको भेलाले आफूहरूलाई जानाकारीनै नगराइ निवेदन संकलन गरेको भन्दै विरोधमा उत्रिएका छन । गत मंगलवार देखि जग्गा एकीकरण गर्नका लागि निवेदन आव्हान गर्दै उक्त कार्यका लागि वडा, टोल टोलमा कर्मचारी परिचालन गरि निवेदन संकलन गर्न थालिएको छ । राप्ती वडा नम्वर २ का सुवास भुसालले आफूहरूलाई जानकारीनै नगराइ निवेदन संकलन गरेकोमा तीव्र असन्तुष्टी जनाउँदै उक्त कार्य रोक्न वडावासीहरूले माग राखेको बताए ।

प्रदेश पूर्वाधार प्राविधिकरणद्वारा संचालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा पहिलो चरणमा निवेदन संकलन सुरु गरेको हो । उक्त कार्यका लागि वडाका प्रत्येक टोलहरूमा क्रमश निवेदन संकलन गरिने आयोजनाका प्रमुख शंकर सुवेदीले जानकारी दिए ।यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा एकीकरणको विरोध जायज नभएको बताउँछन । उनले योजना बिनाको विकास गर्दा व्यवस्थित सुन्दर शहर बनाउन नसकिने बताए । उनीहरूले प्रदेश सरकारले आफ्ना रोक्का जग्गा फुकुवाको माग राख्दै आएका राप्तीबासीहरू जग्गा एकीकरणको कार्यसँगै फेरि पनि जग्गा फुकुवाको माग गर्न थालेका छन ।

उनीहरूले भदौ ५ गते सम्म जग्गा फुकुवा नभए कडा आन्दोलन गर्ने जग्गा फुकुवा सर्षघ समितिका अध्यक्ष शंकर गौतमले वताए ।यता विगत ३ वर्ष देखि रोक्का जग्गा अव भने फुक्का हुने संकेत देखिन थालेको छ । लुम्विनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले केही दिनमै जग्गा फुकुवा हुने बताए । उनले अर्थमन्त्रीले अवको केही दिनमा सुझाव समितिले दिएको सुझाव पालना गर्नुपर्ने सर्त सहित सिफारिसका आधारमा जग्गा फुकुवा गर्ने वताए ।

२०७७ असोज २० गते तत्कालिन मुख्य मन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाँउपालिका ३ मौरिघाटमा स्थायी राजानधी स्थान्त्रर्ण गर्ने निर्णय ग¥यो । राजधानी स्थानत्रर्ण निर्णयसँगै राप्ती गाँउपालिकाको जग्गा रोक्क ागर्ने निर्णय जग्गरेको थियो । ३ वर्षदेखि राजधानी निर्माणका लागि भन्दै राप्ती गाउँपालिकाका ९ वटा वडा, गढवा गाउँपालिकाका ३ वटा वडा र सितगंगा नगरपालिका अर्घाखाँचीका २ वटा वडा गरी १४ वटा वडाका स्थानीय जग्गा धनी, किसानहरूको जग्गा रोक्का भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?