ट्रेंडिंग:

>> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

‘अन्य पेशा जानेका छैनौं, सिलौटा बिक्दैन’

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

नेपालगञ्ज, १ भदौ । बाँकेको जानकी गाउँपालिका ३ ईन्द्रपुरका २२ बर्षिय अर्जुन कुसबन्ध्या आफ्नो बस्ती नजिकैको आँप बगियाको छहारीमा बसेर सिलौटा र जाँतो खोप्छन् । उनी मात्र होईन उनका दाजु, भाई र काकाले पनि सँधै सँगै बसेर सिलौटा खोपीरहेका भेटिन्छन् । ११ बर्षको उमेरदेखि नै सिलौटा खोप्न सिकेको बताउने अर्जुनले एक दिनभरी खोपेको सिलौटा र जाँतो अर्को दिन भरी साईकलमा राखेर बिक्री गर्न विभिन्न टोलमा लैजाने गरेको बताउँछन् । ‘कहिले काँही सबै बिक्री हुन्छ कुनै दिन त एउटा पनि विक्री हुँदैन त्यसै फर्काएर ल्याउँछु , उनले भने – ‘अरु काम जानेको छैन, विक्री नभएपनि सिलौटा खोपीरहन्छु ।’

नेपालगञ्ज –६ फुलटेक्राका जोग्या कुसबन्ध्याले सिलौटा, जाँतो बनाउने र त्योसँगै सनपाटको डोरी विक्री गर्दै आएका छन् । बाबुआमाले गर्दै आएको पुर्ख्यौली पेशा अंगालेको उनी बताउँछन् । तर सिलौटा,जाँतो बनाएर विक्रीका लागि गाउँ–गाउँमा पुग्दा कसैले किन्न नमनेको उनको गुनासो छ । ‘सिलौटा खोप्दा कहिले हथौडाले उङ्ग्ली (औंला) फुटिहाल्छ, कहिले साना टुक्राले आँखामा चोट लाग्छ , उनले भने –‘यति मेहनत गरेर बिक्री गर्न जाँदा मिमिक्चरको जमानामा सिलौटा केकाम ? भन्छन् बहुत दुःख लाग्छ ।’

अन्य बैल्कल्पीक पेशा नभएपछि नेपालगञ्ज फुलटेक्राका खोद्वा कुसबन्ध्याले पनि पूर्खाले अंगाल्दै आएको पेशालाई निरन्तरता दिईरहेको बताउँछन् । तर बनाएर राखेको सिलौटा विक्री गर्न मुस्किल भएको उनले पनि सुनाए । महिना भरी मुस्कीलले ५ वटा सम्म बिक्री हुन्छ । उनले भने –‘परिवार ६ जनाको छ सबैको पेशा यहि हो साँझ विहानको छाक टार्न मुस्किल छ ।’
बाँकेको जानकी गाउँपालिका ३ ईन्द्रपुरकी अरुणी कुसबन्ध्याले श्रीमान र ससुरा सिलौटा बिक्रीका लागि दिनभरी गाउँ डुलेपनि बेलुका रित्तो हात घर फर्किने गरेको बताईन् । उनले भनिन्,– ‘सिलौटा विक्रीको लागि कोहलपुर सम्म जानुहुन्छ , एउटा पनि बिक्री नभएर निरास भएर फर्काएर ल्याउनुहुन्छ ।’

कुसबन्ध्या समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर विक्रि गर्ने र महिलाहरु घर घरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गरेको बताउँछन् । सिलौटा खोपे वापत दाल चामल मात्र पाउने गरेको बताउँछिन् सोही ठाउँकी केतकी बुसबन्ध्या । उनी भन्छिन् –‘दिन भरी डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाईन्छ, त्यसबापत एक डेढ केजी चामल र दाल पाईन्छ साँझ घर फर्केर त्यहि चामल पकाएर छाक टार्छम् ।’
सिलौटा, जाँतो बनाउने ढुंगा नेपालमा नपाईने र भारतको बहराइचबाट किनेर ल्याउने गरेको उनीहरु बताउँछन् । बहराइचबाट खरिद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनीहरुले कलात्मक बनाउँछन् र विक्रीका लागि गाउँ–गाउँ पुग्छन् तर, विक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुंगाको मूल्य भारतीय एक सय ५० रुपैयाँ पर्ने गरेको र बनाईसकेपछि चार/पाँच सयमा विक्री गर्न पनि समस्या भएको ईन्द्रपुरका पट्वारी कुसबन्ध्याले बताए । आधुनिकतासँगै आफुहरुको पेशा संकटमा परेको उनको भनाई छ । पट्वारीले भने –‘जाँताको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्चर लिन थाले, सनपाटका डोरी छोडेर प्लाष्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैन ।’ यसअघि सिलौटा, जाँतो र सनपाटको डोरी बनाएर विक्री गर्दै आएपनि आधुनिकतासँगै अहिले पेशामा विराम लागेको उनो भनाई छ ।

सिलौटा, जाँतो बनाउने ढुंगा यसअघि भारतको बहराईचबाट ठेकेदारले ट्रकमा आफै लेड गरेर बस्ती सम्म ल्याईदिने गरेकोमा हाल नेपालगञ्ज भन्सार कार्यालयले ल्याउन नदिँदा पेशा झन् संकटमा परेको पट्वारीले बताए । अहिले सबैजना साईकलमा थोरै मात्रामा ढुँगा ल्याएर बनाएको सिलौटा जाँतोबाट केही फाईदा नभएको उनले सुनाए । नेपालगञ्जमा बनाएको सिलौटा जाँतो सुर्खेत, दाङ तिर केही मात्रामा बिक्री भएपनि बाँकेमा बिक्री हुन छाडेको पट्वारीले बताए ।

जनजाती भित्रको लोपउन्मुख जाति मानिने पथरकट्टा एवं कुसबन्ध्या समुदायको जनसंख्या बाँकेमा करिव तीन सयको हाराहारीमा रहेको बताईन्छ । उनीहरुले सरकारबाट प्रत्येक सदस्यले सामाजिक सुरक्षा भत्ता पनि पाउँदै आएको बताउँछन् । तर आफूले बनाएका सामाग्री बिक्री नभएर पुख्र्यौली पेशा संकटमा परेको र सामाजिक सुरक्षा भत्ताले मात्र जिवन धान्न मुस्कील भएको कुसबन्ध्या समुदायका अगुवाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?