ट्रेंडिंग:

>> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक

स्वास्थ्यकर्मी पाैडेलमाथि दुर्व्यवहार गरेकाे आराेप, दुई साता पनि टिकेन अस्पताल प्रमुख पौडेलको पद

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

चन्द्राैटा(कपिलवस्तु), १४ साउन ।

आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पाैडेललाई जिम्मेवारीबाट हटाइएको छ । विगत केही दिन देखि अस्पतालकाे जिम्मेवारी सम्हालेका अधिकृतस्तर छैठौं पाैडेललाई नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै जिम्मेवारीबाट हटाएकाे हाे ।

उक्त अस्पतालमा कार्यरत महिला कर्मचारीमाथि पाैडेलले दुर्व्यवहार गर्नुका साथै अभद्र तथा अमर्यादित व्यवहार गरेकाे भन्दै अस्पताल र शिवपुर स्वास्थ्य चाैकीकाे प्रमुखकाे जिम्मेवारीबाट हटाइएको सूचनामा उल्लेख गरिएको छ । प्रमुख पाैडेलले महिला कर्मचारी माथि दुर्व्यवहारकाे आराेप लागेकाे छ ।

जिल्लाको शिवराज नगरपालिकाले सञ्चालन गरेकाे अस्पतालकाे प्रमुखले शुक्रबार राति डिउटीमा रहेका कर्मचारीहरुलाई दुर्व्यवहार गरेकाे आराेप लागेकाे हाे । वडा नम्बर-५, चन्द्राैटामा रहेकाे अस्पतालमा राति करिब १ बजे मदिरा सेवन गरी कार्यालय परिसरमा गालिगलाैज गर्दै कर्मचारीहरुलाई दुर्व्यवहार गरेकाे पीडितकाे आराेप छ । प्रमुख पौडेलले महिला कर्मचारीलाई यता ज उता ज भन्दै जबर्जस्ती गरेको पिडितकाे भनाई छ ।

पीडितका अनुसार कर्मचारीहरु क-कसलाई सुत्न बाेलाएकाे हेर्छु भन्दै अपशब्दहरु पाैडेलले प्रयाेग गरेका छन् । शिवराज नगरपालिका-३, बस्ने भुवन पाण्डे समेत पाैडेलसँगै बसेर मदिरा सेवन गरेकाे जनाइएको छ । पीडितका अनुसार उनीहरु रोइ कराई हार गुहार समेत गरेका थिए । आराेप लागेका पाैडेलले पीडितलाई फाेन सम्पर्क गरि मिडियामा नल्याउन आग्रह गर्द‌ै पीडितकै कारण आफू मर्न बाध्य भएकाे जस्ता धम्कीपूर्ण शब्दकाे प्रयाेग गरेको उनीहरूको भनाई छ ।

वडा नं.१ स्थित शिवपुर स्वास्थ्य प्रमुख रहेका पौडेल यही साउन १ गतेदेखि आधारभूत अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । यता दुर्व्यवहारका आराेप लागेका प्रमुख पाैडेलले आजसम्म आफू यस्ताे घटनामा कहिल्यै नमुछिएकाे बताए ।

नभएकाे कुरा बंगाएर एकाएक सामाजिक सञ्जालमा आउँदा आफू निकै चिन्तित बनेकाे दुखेसो पोखे । कसैलाई दुर्व्यवहार नगरेकाे बताउँदै मदिरा सेवन गरेकाे बखत यदि केही कसैलाई बाेलेकाे भएपनि त्याे शब्दप्रति आफूले सम्बन्धित व्यक्तिसँग समन्वय गरि माफी समेत मागेको पाैडेलले बताए । यस्तै वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले उक्त घटनाकाे बिषयमा आफूलाई केही जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?