ट्रेंडिंग:

>> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला

‘हाम्रो राम्रो कामको प्रचार हुन सकेको छैन’

९ पुष २०७८, शुक्रबार
९ पुष २०७८, शुक्रबार

२०५३ सालमा भैरहवामा स्वागत बुक एण्ड जनरल स्टोरको नामबाट पुस्तक व्यवसाय शुरु गरेका मनहरी बस्यालले करिब १० वर्षसम्म कपिलबस्तुको तौलिहवामा पुस्तक व्यवसाय सञ्चालन गरे । २०६५ सालदेखि भने उनी बुटवलमा पुस्तक तथा स्टेशनरी सञ्चालन गरिरहेका छन् । बस्याल कपिलबस्तु शाखाको सचिव हुँदै २ कार्यकाल केन्द्रीय सदस्य, पश्चिमाञ्चल उपाध्यक्ष, केन्द्रीय महासंघको सल्लाहकार, उपमहासचिव हुँदै पाँचौ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

करिब ६ महिनामा अध्यक्षको राजीनामापछि बस्याल साधारणसभाले अनुमोदन गर्ने गरी अहिले अध्यक्षको रुपमा काम गरिरहेका छन् । प्रस्तुत छ, महासंघले गरेका काम र महासंघको अधिवेशनको बिषयमा अध्यक्ष बस्यालसँग बुटवल टुडेले गरिएको कुराकानीको सम्पादित अंशः

पुस्तक व्यवसायी र महासंघलाई कसरी चिनाउनु हुन्छ ?
महासंघ व्यवसायीको हकहितका लागि भाइचारा सम्बन्ध कायम गर्ने पेशा शिक्षा, स्वास्थ्थ सहित सामाजिक सेवाभावसहित व्यवसाय गर्ने भनेर चिनाउन चाहन्छु । हामीले दैवी प्रकोपका बेलामा गर्ने विभिन्न सामाजिक कामले पनि हामीले सेवाभाव राखेका छौं भन्न मिल्छ । कोरोना माहामारीमा हामीले स्थानीय सरकारसँगको सहकार्यमा नगद सहयोग गरेका थियौं । त्यसैगरी बाढी पहिरोका बेलामा पनि सामाजिक हिसाबले दायित्व बोध गर्ने संस्थाका रुपमा हाम्रो संस्था रहेको छ । हामी पुस्तक व्यवसायीले पठन संस्कृतिलाई बिस्तार गर्दै व्यवसाय गरिरहेका छौं ।

पुस्तक व्यवसायमा पछिल्लो केही वर्ष यता स्वच्छ प्रतिस्प्रर्धा देखिएन भन्ने गुनासो छ नि ?
बास्तवमा त्यस्तो छैन । त्यो हामीले गर्ने कामले देखाउने हो । हामीले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन । पछिल्लो समयमा हामीले सबै व्यवसायलाई एक बनाउन धेरै काम गरेका छौं । जस्तो उदाहरणका लागि १५ वर्ष अघि पुस्तकको मूल्य क्याट लकमा हुने गर्दथियो । त्यसपछि पुस्तकको मूल्यमा कालो पोतेर बेच्ने प्रचलन थियो । त्यसको अन्त्य गर्दै हामीले अहिले सरकारले कक्षा १ देखि १२ सम्मका पुस्तकमा मूल्य तोकेको छ । त्यसैका आधारमा सबै व्यवसायीले बिक्री गरिरहेका छांै । त्यसका साथै ६ वर्ष यता पुस्तकको मूल्य बढेको छैन । त्यो पनि राम्रो पक्ष हो भन्ने लाग्छ ।

कहिँ कतै निजी विद्यालयहरुले तोकेको पुस्तक पसलबाट पुस्तक किन्न लगाउने समस्या छ । विद्यालयले नतिजा प्रकाशन गर्दाका दिन पुस्तकको सूची सार्वजनिक गर्दा सबै पुस्तक पसलले सबै पुस्तक उपलब्ध गराउन सक्दैनन् । यस्तो बेलामा अस्वस्थ जस्तो देखिए पनि त्यो वास्तविक अवस्था होईन भन्छु म ।

पुस्तक व्यवसायीलाई मर्यादित गराउन महासंघले के गरिरहेको छ ?
हामीले स्थानीय तहलाई पुस्तकको सुची एक महिना अगाडि नै दिन आग्रह गरेका छौं । त्यस्तो अवस्थामा सबै पुस्तक व्यवसायीले सबै सेट पुस्तक अभिभावकलाई दिन सक्ने अवस्था हुन्छ । सरकारले तोकेको भन्दा बढी मूल्य लिएको भेटेको अवस्थामा सचेत गराएका छौं । व्यवसायीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठीको आयोजना गर्ने गरिएको छ । ‘गुणस्तरिय उत्पादन मर्यादित व्यापार नीति निर्माणमा पहुँच सांगठनिक आधार’ भन्ने नारालाई आत्मसाथ गरेर काम गरिरहेका छौं ।

महासंघमा तपाईको अहिलेको कार्यकाल अन्तिम अवस्थामा आईपुगेको छ, तपाईको कार्यकालमा भएका उल्लेखनीय काम के के हुन् ?
व्यवसायीलाई सुरक्षित राख्न बीमा योजनाको काम सम्पन्न भएको छ । रुपन्देही जिल्लामा ई–लाइब्रेरी सञ्चालनका लागि भवन निर्माण कार्य भइरहेको छ । हामीले कोरोना महामारीमा सबै प्रदेश र जिल्ला शाखाले आर्थिक सहयोगलाई प्राथमिकतामा राखेर सरकारलाई सहयोग ग¥यांै । सामूहिक रुपमा सहकारी मार्फत व्यवसाय सञ्चालनको अभ्याससहित काम शुरु गरेका छांै ।

सबै जिल्ला प्रदेशको अधिवेशन सम्पन्न गर्दै महाधिवेशनको तयारीमा हामीहरु लागि रहेका छौं । यसपालिको अधिवेशन चितवनमा गर्ने निणर्यसँगै चितवन शाखाले जिम्मेवारी लिएको छ । त्यसका साथै १३ वटा समितिले अधिवेशनका लागि काम गरिरहेको छ । यो कार्यकाल कोरोना महामारीका कारणले हामीले काठमाडौमा गर्ने भनेको शैक्षिक महोत्सव भने गर्न सकेनौं ।

महासंघको अबको नेतृत्वमा तपाई दोहोरिने भन्ने सुनिन्छ नि, के हो ?
यो विषयमा केहि निर्णय भईसकेको छैन । सल्लाहकार, अरु साथीहरुको चाहना अनुसार मात्रै यो बिषय खुल्छ । त्यसका बारेमा अहिले नै केहि भन्न सक्ने अवस्था छैन ।

महासंघको अबको एजेण्डा के हुन्छ वा हुनु पर्छ भन्ने लाग्छ ?
महासंघले अब सबै व्यवसायी समेटेर उनीहरुका समस्यालाई पहिचान गर्ने । समस्या समाधानका लागि योजना बनाएर काम गर्ने । पुस्तक नीति तथा मस्यौदा बनिसकेको छ, त्यसलाई पास गर्न माग गर्ने । व्यवसायीलाई व्यवसाय गर्न हौसला प्रदान गर्ने काम पनि सँगसँगै हुनुपर्छ भन्ने लाग्छ ।

यसैगरी सचिवालय व्यवस्थापन गर्दे ई–लाईवेरी सहित आफ्नै भवनमा व्यवस्थापन गर्ने । पेशालाई मर्यादित र व्यवसायी बनाउन पहल गर्नुका साथै सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान सहितको पुस्तक प्रदर्शनी गर्ने योजनामा हामी रहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np