ट्रेंडिंग:

>> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

भैरहवामा साढे २ अर्ब रुपैयाँ लगानीमा पांचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

बुटवल,१४ असार ।  रूपन्देहीको भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले बिहीबारदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी ग्रुपले आन्तरिक तथा वाह्य पर्यटक केन्द्रित सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको बताएको छ ।
२५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट शुरु भएको सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पांचतारे होटेलसम्म आइपुगेको छ ।
सिद्धार्थको शुरुवाती यात्रा २०५४ सालमा कैलालीबाट शुरु भएको थियो । कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको ग्रुपले भैरहवामा पहिलो पांचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो ।
भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा साढे २ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पांच तारे होटेल हो ।
होटलमा डिलक्स एक्जुकेटिभ स्वीट,प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार स्तरका ८५ कोठा पहिलो चरणमा बनेका ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

होटलमा क्यासिनो, नेपालकै ठूला सभा हल,३ वटा सेमिनार हल, लबी लाउञ्ज,अल डे डाइनिङ,रुफ टप रेष्टुरेन्ट,स्वीमिङ पुल,फिटनेस, जिम हल,स्पा,सहितको हेल्थ क्लब,लङ टेनिस कोर्ट सहितका पुर्वाधार रहेका ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पांचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले बताए ।
बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पांच तारे होटेलमा लगानी गरिएको न्यौपानेले बताए ।
होटेलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसंग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए ।
सिद्धार्थ ग्रुपले छिटै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटेलहरु सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए ।
ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको बताए ।
सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ ।

ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र बृद्धि गर्न भारतसंगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसंग निरन्तर पहल गर्नुपर्ने माग गरे । पत्रकार सम्मेलनमा ग्रुपका सदस्य सचिव महेन्द्र न्यौपाने, सञ्चालक योगराज कंडेल, सिद्धार्थ भिलासाका जनरल म्यानेजर काशि अधिकारी,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, पुर्व अध्यक्ष माधव ढुंगाना लगायतले
रुपन्देहीमा पांच तारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा आउंदा पर्यटन संगै कृषि र अन्य व्यवसायमा टेवा पुग्ने र रोजगारी सिर्जना हुने बताए । राज्यले निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्र्नेमा उनीहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?