ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ
३० औं चार्टड नाइटको तयारीमा रोटरी क्लव अफ बुटवल

ग्लोबल ग्रान्ट अन्तर्गत ल्यायो झण्डै १० करोडका प्रोजेक्ट

१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

बुटवल, १४ मंसिर ।

रोटरी क्लव अफ बुटवलले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै हालसम्म ग्लोवल ग्रान्ट अन्तर्गत १० करोडका परियोजना सञ्चालन गरेको छ । रोटरीले पैसा विदेश पठाउँछ भन्ने आरोप खेपिरहेका बेला रोटरी क्लव अफ बुटवलले भने ग्लोवल ग्रान्ट अन्तर्गत ठूला प्रोजेक्टहरु ल्याउन सफल भएको हो ।

रोटरीले अहिले पनि विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष गतवर्षदेखि सुरु गरिएका क्यान्सर स्क्रिनिङ सेन्टरसहितका परियोजना अहिले पनि अघि बढेका छन् ।

रोटरी क्लव अफ बुटवलको ३० औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो ।

जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना अघि बढेको क्लवका अध्यक्ष बोनिन पियाले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रुपमा रहेको क्लवले जनाएको छ । “यो करिव १० करोड रुपियाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ”–उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेषगरी महिलाहरुलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।

त्यसैगरी ब्लड कलेक्शन मोवाईल भ्यान खरीदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिव ६५ लाखको लागतमा भ्यान खरीदको प्रक्रिया अन्तिम चरणमा पुगेको र अव डेढ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष पियाले बताउनुभयो । मोवाईल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्शन गरेर निश्चित तापक्रममा राख्न सकिने व्यवस्था समेत भएकोले निकै नै भरपर्दो हुने छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाभित्र रोटरीले ट्राफिक लाईट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करिव ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानँ गर्ने पियाले बताए । सडक निर्माणाधीन अवस्थामा रहेकाले सडक निर्माणको काम सकिएपछि यसलाई अगाडि बढाइने छ ।

त्यस्तै रोटरी क्लव अफ बुटवलले जेष्ठ नागरिक मिलन केन्द्र शंकरनगरमा खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानसँगको सहकार्यमा छोरी शिक्षा कार्यक्रम पनि सञ्ञ्चालन गर्दै छ । करिव २५ लाखको लागतमा आवासीय रुपमा छोरी शिक्षा कार्यक्रम सञ्ञ्चालन गरिने र त्यहाँ विपन्न परिवारका ३० जनालाई अध्ययनको व्यवस्था मिलाइने अध्यक्ष पियाले बताए । त्यस्तै क्लवले देवदह मेडिकल कलेजमा ब्लड बैंक, लुम्बिनी प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन, आम्दा अस्पताल बुटवलमा बर्निङ युनिट सञ्ञ्चालन र शंकरनगर वनवाटिकामा तारा मण्डल स्थापनाको काम पनि अगाडि बढाएको छ ।

पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बुटवलको बुधबार हुने ३०औं चार्टड नाइटका बारेमा पनि जानकारी गराइएको थियो । पर्यटन व्यवसायी कर्ण शाक्यको प्रमुख आतिथ्यमा हुने चार्टड नाइटको तयारी पूरा भएको रोटरी क्लव अफ बुटवलले जानकारी गराएको छ ।

कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष पियाले चार्टड नाइटका अवसरमा विभिन्न पदक, पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम पनि राखिएको बताए । कार्यक्रमकै अवसरमा सञ्चारकर्मीहरु मध्येबाट एकजनालाई पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिबिहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।

विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको रोटरी क्लव अफ बुटवलले बिगतमा विद्यालयमा आर्थिक सहयोगदेखि लिएर स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, खेलकूद लगायत विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको क्लवका सचिव लालहरि पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np