ट्रेंडिंग:

>> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला

मलमा अलमल नगर

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

अबको दुई महिनापछि तराईका साथै पहाडमा पनि रोपाईको माचो सुरु हुन्छ । हरेक बर्ष जस्तै यो बर्षपनि किसानले रोपाईकालागि अहिलेदेखि नै आवश्यक मलको जोहो गर्ने तरखर गर्दैछन । तर, सरकार किसानलाई बितरण गर्ने रासायनिक मल युरिया र डिएपीको व्यवस्थापनमा चुक्दै गरेको समाचार सार्वजनिक भएको छ । मलका लागि किसानले यो बर्षपनि सास्ती पाउनुपर्ने पुरानै अवस्था दोहोरिने देखिएको छ । हरेक बर्ष किसानले रोपाईको तयारी गदैगर्दा मल पनि जोडिएर आउँछ । गत वर्ष किसानले भनेजति मल नपाउँदा उत्पादनमा प्रभाव परेको देखिएको थियो । किसानले युरिया मल हाल्ने तयारी गरिरहँदा भने बजारमा मलको अभाव भएको गुनासो बढेको थियो । किसानले यो वर्षको रोपाईकालागि समयमै मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । सरकारले भने मल खरिदकै लागि अहिलेसम्म कुनैपनि प्रकारको कदम चालेको छैन । सरकार परिवर्तन भएर कृषि मन्त्रालयमा नयाँ मन्त्री आउँदा मलको बिषयले प्राथमिकता नपाएको कुरा छ । नयाँ मन्त्रीको प्राथमिकता मलमा हुनुपर्ने हो तर सरकार मलमा छल गर्न यो बर्ष पनि चुक्ने छैन । किनभने सरकारको परम्परा नै यस्तै बनेको छ ।

हरेक बर्ष ढिलो गरि मल आउँछ । अर्थात रोपाई सकिएपछि मल आउने परम्पराले यो बर्ष पनि निरन्तरता पाउने अवस्था छ । अहिलेसम्म मलका लागि कुनै प्रगति भएको छेन । उता लुम्विनी प्रदेश सरकारले गत वर्ष समय अगावै मलको व्यवस्था गर्ने घोषणा गरेको थियो तर कुनैपनि किसानले सरकारले उपलब्ध गराउने भनेको मल समयमै पाउन सकेनन् । यद्यपि कृषकहरूले समयमै मल नपाउने समस्या अहिलेमात्र नभै धेरै वर्ष अघिकै समस्या हो । देश संघीय प्रणालीमा गएको र प्रदेशमा सरकार बनेलगत्तै धेरै आशा गरिएको थियो । बिडम्वना भनौं युरिया मलकै अभावले किसानहरू समस्या छन । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ । मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझै पनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । त्यसमाथि मलको समस्याले संकट नै निम्त्याएको छ ।

यो बर्षपनि समयमा मल आएन भने निश्चितरूपमा उत्पादनमा भारी कटौती हुनेछ । त्यसको असर देशको अर्थतन्त्रसम्म जोडिन्छ । कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको करिव २५ प्रतिशत योगदान दिन्छ । सरकार भने यति धेरै योगदान दिईरहेको यो क्षेत्रमा सधै बेवास्ता गरिरहन्छ । अग्रिम भुक्तानी गरेरपनि मल नपाउनु सरकारको कमजोरी हो । यसले सरकारले कृषि क्षेत्रमा गरिरहेको वेवास्ता पुष्टी हुन्छ । पछिल्ला दिनमा कृषि क्षेत्रमा लगानीको आकर्षण बढ्दो छ तर सरकारको बेवास्ताले निरास उत्पन्न हुने अवस्था छ । कृषि गर्न आवश्यक मल नै नपाउनुको पछि किसानको थुप्रै पीडा छन । तसर्थ मलमा छल गर्ने काम बन्द गर । खासगरि संघीय सरकारले अहिलेसम्म मलको जोहो गरिसक्नुपर्ने हो । टेण्डरमार्फत मल ल्याउने प्रकृयामै अलमल देखिनु राम्रो होइन । सरकारले मल त ल्याउँछ तर ढिलो आएको मल किसानका लागि बेल पाक्यो हर्ष न बिष्मात हुन्छ । यस विषयमा सरकारको ध्यानाकर्षण होस् । खासगरी नयाँ गठबन्धन सरकारका नयाँ कृषि मन्त्रीले मलका लागि जतिसक्दो पहल गरुन । मलको लागि किसानले पाउने सास्ती अब अन्त्य होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?