ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता

सियारीमा अति विपन्न १४ परिवारलाई आवास

१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

बुटवल (बुटवलटुडे), १२ असोज। रूपन्देहीको सियारी गाउँलिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरी प्रदान गरेको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्तरण समेत गरेको छ । सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण गरिएको आवासलाई सम्बन्धीत परिवारलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रूपैयाँ र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रूपैयाँ सहित ५ लाख ६१ हजार ७ सय ४४ रूपैयाँको लागत सहभागितामा घर निर्माण गरिएको हो । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासलाई सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धीत वडाका वडा अध्यक्षले सम्बन्धित घरधनीलाई घर हस्तान्तरण गरेका हुन । घरमा दुई वटा कोठा, एउटा भान्सा, एउटा सानो व्रान्ड र शौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुहिने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि शुसील दङ्ग परेका छन् ।

सियारी ५ की चन्मति थारुले पक्की घर पाएपछि आफूहरूलाई बस्न, बालबच्चालाई पढाउन निर्क सहज भएको उल्लेख गर्दै गाउँपालिकालाई धन्यवाद दिईन । उनले यस अघि आफुहरू माटो गारो र खपटाको चुईने छतमुनि बसेर गुजारा चलाउँदै आएको बताईन् । सियारी गाउँपालिकाले निर्माण गरी हस्तान्त्रण गरेका ती घरलाई पालिकाको सहमतिविना बिक्री बितरण गर्न नमिल्ने गरी आबश्यक कार्यबिधि बनाउन लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले अति विपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई बिक्री बितरण गर्न दिए अनुदानको दुरूपयोग हुने हुँदा यसलाई बिक्री वितरणमा रोक लगाउने गरी कार्यबिधि बनाउन लागिएको बताए ।

सियारीले नयाँ जनप्रतिनिधि आएपछि शुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक बर्षमा निरन्तरता दिने गरी बजेटको बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन । उनले गास, बास र कपासको अभाव भएका अति विपन्न परिवारलाई आवास तयार गरी हस्तान्तरण गरिएको बताउँदै संरक्षणमा ध्यान दिन आग्रह गरिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?