ट्रेंडिंग:

>> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज

पृथ्वीचन्द्रमा अतिरिक्त स्वास्थ्य सेवा तयारी

६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

नवलपरासी, ६ असोज । जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा बिरामीको चाप बढ्दै गएपनि अतिरिक्त स्वास्थ्य सेवा (ईएचसी) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखि ३ सय बिरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।

विगतभन्दा अहिले अस्पतालमा विरामीको चाप बढन थालेको छ, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने, तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुँदैन । सबैलाई सेवा दिइनु पर्छ, अध्यक्ष गुप्ताले भने, सोही अनुसार अस्पतालले नियमित सेवाका लागि ११ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचसी बाट सेवा लिइने कि पुनः आर्को दिन नियमित सेवाका लागि आर्को दिन आउने विकल्प दिईने कार्य हुन्छ । इएचसी सेवाका लागि चिकित्सकलाई थप इन्सेन्भि (रकम) दिइनु पर्ने हुन्छ । त्यसको लागि आन्तरिक गृहकार्य भई रहेको उनको भनाई थियो ।
विरामीको चाप हेर्दा थोरै जनशक्तिले आएका सबै बिरामीलाई नियमित सेवाबाटै सेवा प्रवाह गर्न कठिनाई भई रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.किरण पाण्डेले बताए । यसको लागि चिकित्सक टोलीले अस्पताल विकास समितिसँग परामर्श गरी ब्यवस्थान गर्ने कार्य भई रहेको छ । अस्पताल प्रति बिरामीको विश्वासले अहिले भिडभाड हुन थालेको छ । त्यो विश्वास कायम नै राखिनु पर्नेमा अस्पताल ब्यवस्थापन गम्भिर छ ।
त्यसका लागि आवश्यक जनशक्तिले नै सेवा मिलाउनका लागि यो एइचसी सञ्चालनमा ल्याउन लागिएको छ । सरकारले तोके अनुसारका अझै पनि धेरै स्वास्थ्यकर्मीको पदपुर्ति छैन् । आन्तरिक स्रोतले चिकित्सक राख्नका लागि आन्तरिक आय चाहिन्छ, उनले थपे, जिल्लाका पालिकाहरूले पनि यसबारे सोच बनाउन आवश्यक रहेको डा.पाण्डेले बताए ।
‘आखिरमा जिल्ला अस्पतालमा सेवा लिन आउने तिनै पालिकाकै जनता हुन ।’—उनले भने, त्यो भएर आन्तरिक स्तरबाट अस्पताललाई सहयोग गरे अस्पतालको सेवा अझै प्रभावकारी बनाउन सकिन्छ । विरामीको आकर्षण हेदौ एउटा ५० सैयाको अस्पताललाई यतिको सेवाग्राही प्रयाप्त हुन् । तर अब अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।

त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक, जीन स्पट सेवा, सस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।

दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज, प्रेस, निजी क्षेत्र,प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ । यो तिन पक्ष मिलेर काम गरियो भन्ने अस्पताल निश्चित रूपमा प्रभावकारी सेवा दिइनमा सक्षम हुदै जाने उनले विश्वास ब्यक्त गरेका थिए । मेसु डा.पाण्डे आफै सर्जन पनि भएको र अहिले प्रशासन प्रमुखको पनि जिम्मेवारीमा भएर काम गर्दा काम चुनौती पुर्ण नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np