ट्रेंडिंग:

>> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस

‘विद्यार्थीमा कसरी सिकाइ भर्ने भन्ने मुद्दामा हाम्रो ध्यान केन्द्रित छ’

१७ माघ २०७८, सोमबार
१७ माघ २०७८, सोमबार

रुपन्देहीको मात्र नभएर राष्ट्मै नाम कमाउदै गएको विद्यालयको रुपमा कान्ति माध्यमिक विद्यालय, बुटवल परिचित छ । विद्यालयमा समुदायको आकर्षण बढ्दै जाँदा प्रत्येक वर्ष विद्यार्थीको चाप बढद्ै जादा थप विद्यार्थी भर्ना गर्नका लागि विद्यालयलाई हम्मेहम्मे हुँदै गएको छ । विद्यालयले अहिले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा सुविधासम्पन्न विद्यालय भवन र छुट्टाछुट्टै दुई वटा छात्र र छात्राको छात्राबास निर्माण गरिरहेको छ ।

उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा हेमानन्द शर्मा छन् । काममा निरन्तर खट्ने शर्मा विद्यालयलाई कसरी भौतिक रुपमा सवल बनाउने बिषयमा चिन्तित देखिन्छन अनि काम पनि गरिरहेका छन् । प्रस्तुत छ, शैक्षिक र अतिरिक्त क्रियाकलापका माध्यमबाट कसरी विद्यार्थीमा सिकाइ भर्ने भन्ने मुद्दामा विद्यालयलाई केन्द्रित गर्ने प्रतिबद्दता जनाएका शर्मासँग बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षेप,

कान्ति माध्यमिक विद्यालयलाई कसरी चिनाउनु हुन्छ ?
हाम्रो सामुदायिक विद्यालय हो । शिक्षाको गुणस्तरमा विस्तारै विस्तारै अघि बढिरहेको विद्यालय हो । शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि अरु विद्यालयसँग प्रतिप्रर्धामा रहेको विद्यालय पनि हो ।

कान्ति मावि देशमै उत्कृट विद्यालय मध्येमा हो भनेर पनि परिचित छ । यसो हुनुमा विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलापका गतिविधिले महत्व राख्दछ भन्ने मलाई लाग्दछ । विद्यालयमा सबै खालका बालबालिकाको पहुँच छ । हामीले सबैलाई समेट्ने प्रयासमा छौ । तर पनि विद्यालयको भौतिक संरचना अपुग हुँदा धेरै विद्यार्थीहरु यहाँ आएर पनि अध्ययन गर्न सक्नु भएको छैन ।

हामीले शिक्षक, विद्यार्थी र अभिभावकको चाहनालाई व्यवस्थापन समितिले बुझेर सहकाय गर्ने गरेका छौ । त्यसैको फलस्वरुप हुनुपर्छ हामी समुदायको रोजाईमा पर्दै गएका छौं । हामीले पछिल्लो समयको आवश्यकतालाई बुझेर अध्ययन गराईरहेका छौ । हामीले अनुशासित, योग्य र राष्ट्रका लागि चाहिने विद्यार्थी उत्पादन गर्ने विद्यालयको रुपमा हाम्रो विद्यालयलाई चिनाउन चाहान्छु ।

विद्यालयलाई राम्रो बनाउन व्यवस्थापन समितिको भुमिका कस्तो हुन जरुरी छ ?
विद्यालयका लागि व्यवस्थापन समिति भनेको एउटा अंग हो । यसले काम गर्न सकेन भने विद्यालय सफल हुन सक्दैनन् । त्यसैले पनि व्यवस्थापन समितिको भुमिका भेरै रहन्छ । विद्यालयलाई कसरी भौतिक रुपमा सम्पन्न बनाउने ? शिक्षक कर्मचारीकालाई कसरी उत्कृष्ट काम गर्न सक्ने बनाउने ? भन्ने पनि व्यवस्थापन भित्र पर्दछन् । हामीले पनि विद्यालयलाई सबल बनााउन धेरै किसिमका योजानाहरु बनाएर काम गरिरहेका छौ । त्यसमा शिक्षक कर्मचारी अभिभावक सबैको साथ बलियो छ ।

विद्यालयको राम्रा पक्षको विकास कसरी गर्नुभयो ?
हामीले पहिलो कुरा विद्यालयका भौतिक संरचनादेखि शिक्षक कर्मचारीको क्षमतालाई विकासमा जोड दिएका छौ । शिक्षकहरुलाई विभिन्न समयमा तालिम गोष्ठीको आयोजना गरेर सकारात्मक उर्जा प्रदान गर्ने । हाम्रो विद्यालयमा व्यवथापन समिति, शिक्षक र अभिभावको साझा उद्देश्य विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषय छलफलबाट निष्कर्ष निकालेर काम गर्ने वातावरण छ । त्यसै गरी विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिएर भोलीका दिनमा देशलाई चाहिने जनशक्ति उत्पादनमा हाम्रो जोड रहन्छ र हामी त्यसमा प्रयत्नशील छौं ।

विद्यालयको तहगत सिकाई उपलब्धीको समिक्षा गर्दा कुन विषयको समिक्षा गर्दा कुन विषय राम्रो र कुन विषय कमजोर देखिएको छ ?
हाम्रो विद्यालयमा त्यस्तो कमजोर विषय भन्ने खासै छैनन् । तर पनि संमग्र शिक्षा प्रणाली हेर्दा हाम्रो विद्यालयमा पनि अंग्रेजी, गणित विषय र विज्ञानमा सुधार गर्नुपर्ने पक्षहरु छन् नै । त्यसलाई पनि व्यवस्थापन समितिले शिक्षकहरुलाई विद्यालयको समय भन्दा पनि बढि समय दिएर भए पनि सिकाई उपलब्धीलाई बढाउनमा सहयोग गर्ने वातावरण बनाएका छौ । त्यस काम बापतको हामीले शिक्षकलाई सन्तुष्ट बनाएका छौ । त्यसका साथै शिक्षकहरुले विद्यार्थी कुन विषयमा कमजोर छ । उनिहरुका अभिभावकलाई जानकारी गराएर घरमा पनि सिकाईको वातावरण निर्माण गर्न समितिले आग्रह गर्ने गर्दछ ।

विद्यालयमा तपाईले चाहेको तर गर्न नसकेका कामहरु छन् कि ?
पहिलो कुरा विद्यालयलाई भौतिक रुपम सुविधा सम्पन्न बनाउने उद्देश्य छ । अहिले प्रदेश सरकार र संघीय सरकारको लगानीमा २० करोडको छात्रावास सहितको विद्यालय भवन बनिरहेको छ । यो सम्पन्न भएपछि विद्यालयको भौतिक रुपमा अनुहार नै फरक देखिनेछ । अझै पनि विद्यालयमा विद्यालयकै लागि सभाहल, खेलमैदान व्यवस्थापन गर्ने, बगैचा बनाउने, कम्पाउण्ड वाल लगाउने र साना कक्षाका बालबालिकालाई सहयोग पुग्ने गरी स्कुल बस/भ्यानको व्यवस्थापन गर्नपर्छ भन्ने बिषय खड्किरहेको छ । पुस्तकालय व्यवस्थापन र प्रयोगशालालाई आधुनिकीकरण गर्नुपर्ने बिषय पनि छन् ।

शिक्षक, कर्मचारीहरुलाई समय अनुसार प्रविधिमा सबल बनाउने काम जारी छ । अहिलेको समयमा विद्यार्थी विद्यालयमा भौतिक रुपमा अध्ययन गराउन नपाए पनि उनीहरुलाई अनलाईन मार्फत भए पनि पठनपाठनको वातावरण बनाउनमा विद्यालय परिवार लागि परेको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
यो विद्यालय यस क्षेत्रको मात्र नभएर देशकै राम्रो विद्यालयका रुपमा रहेको गहना हो । यसलाई अझै राम्रो बनाउन स्थानिय स्तरका बुद्धिजिवी वर्ग, शिक्षा प्रेमी, स्थानिय तह सबैको साथ र सहयोग रह्यो भने हामीले यो विद्यालयलाई भोलीका दिनमा गौरव गर्ने विद्यालयको रुपमा स्थापित गर्न सक्छौ ।

यसलाई सुन्दर बनाउन सबैको साथ र सहयोगका साथै सुझावको खाँचो रहन्छ । यो विद्यालयलाई यहाँसम्म ल्याउनमा मिहिनेत गर्ने विद्यालयका शिक्षक र कर्मचारीको मिहिनेतबाट नै संभव भएको हो । त्यसमा अभिभावक, विद्यालय व्यवस्थापन समिति र सहयोग गर्नुहुने सबै प्रति विद्यालय परिवारका तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु । र आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np