ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

‘हामीले गरेका उत्कृष्ट कामलाई मनन् गराउनुपर्ने दायित्व छ’

२६ पुष २०७८, सोमबार
२६ पुष २०७८, सोमबार

लामो समयसम्मको क्रियाशिलताका कारण शिक्षा र सामाजिक क्षेत्रमा परिचित नाम हो लालहरि पाण्डे । संस्थागत विद्यालयमा विगत तीन दशकदेखि लागिरहेको व्यक्तिको रुपमा पहिचान छ लालहरि पाण्डेको । सिधा बोल्ने र छलकपटमा नलाग्ने व्यक्तिको रुपमा पनि उनलाई धेरैले चिन्छन् । उनै पाण्डे अहिले संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षको जिम्मेवारीमा पुगेका छन् । प्रस्तुत छ, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेसँग नेतृत्वमा रहँदा गर्ने कामको बिषयमा केन्द्रित रहेर बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षेप,

तपाई प्याब्सनको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा पुग्नुभयो तपाईको कार्यकालको प्राथमिकतामा के के छन् ?
हामीले नीजि विद्यालयको संगठनलाई योजना बनाएर अगाडि बढाउने तयारीमा छौं । संगठनलाई बलियो बनाउँदै सरकारले नीजि र सामुदायिक विद्यालयको बीचमा गरेको भेदभावलाई अन्त्य गर्न हाम्रो पहल कदमी रहन्छ । हामीले केन्द्र, प्रदेश र स्थानीय सररकारसँग छलफल गरी समस्यालाई समाधान गर्ने सोंच बनाएका छौं । त्यसका लागि केही समयमा नै हामी योजना सहित काम शुरु गर्ने छौं । हामीले संगठनलाई बलियो बनाउन अबका दिनमा भौतिक विकासका साथै सदस्यहरुमा गुणात्मक बृद्धि विकास गरेर अभिभावक, मिडिया, शिक्षकहरुसँग सहकार्य गरेर अगाडि बढ्ने योजनामा छौं ।

तपाईहरुका समस्याहरु के कस्ता छन् ?
समस्या धेरै छन् । देख्दा जति सहज छ, समस्या यति धेरै छन् । पहिलो कुरा त सरकारले हामीलाई भेदभावपूर्ण तरिकाले हेरेको छ । नागरिक, विद्यार्थी अभिभावकको नैसर्गिक अधिकार निजिका नाममा जवरजस्ती खोसेको छ । विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने क्रममा योग्यता भन्दा पनि निजि र सामुदायिक भनेर छुट्टाएको छ । यसले विद्यार्थी शिक्षक र अभिभावकलाई नै नकारात्मक असर परेको छ । हामीले विद्यार्थीले योग्यताका आधारमा छात्रवृद्धि पाउनु पर्छ भन्ने मान्यता राखेका छौं ।

अब हामीले सरकार र योजना निर्माणकर्तासँग बसेर छलफल गर्ने र समस्या समाधान गर्ने योजना बनाएका छौं । नीतिगत समस्याहरुलाई सहकार्य गरेर समाधानको बाटो खोज्छौ । त्यसका लागि हामीले सृजनात्मक आन्दोलन समेत गर्न बाध्य हुने छौं । हामीले अबका दिनमा निजी विद्यालयमा पनि सरकारले सहयोग गर्नै पर्छ । लगानी बढाउनुपर्ने अवस्था छ । नागरिक समाजका माध्यमबाट देशलाई निजी विद्यालयको आवश्यकता छ छैन भन्ने विषयमा पनि जानकारी गराउँदै हामीले गरेका उत्कृष्ट कामलाई सरकारले पनि उत्कृष्ट हो भनेर मनन् गराउनु पर्ने दायित्व छ । र त्यसलाई हामीले पुरा गर्ने सोंच गरेका छौ ।
संस्थागत विद्यालयमा शिक्षक कर्मचारी बीच समान कामको समान पारिश्रमिक छैन भन्ने छ नि के हो ?
वास्तवमा तपाईले सोधेजस्तो त्यस्तो होईन । किनभने हामीले पनि सरकारी विद्यालयमा जस्तो ग्रेडिङ कुरा गर्छौ तर समान काम गरेर असमान पारिश्रमिक भन्ने छैन । यो आरोप मात्र हो । यसको हामीले बेला बेलामा निगरानी गर्ने सचेत गराउने काम गरेका छौं । अवस्था त्यस्तो छैन किन भने शिक्षक कर्मचारी भनेको विद्यालयको मेरुदण्ड हो । उहाँहरुलाई राम्रो गर्न सकिएन भने विद्यालयले राम्रो नतिजा दिन सक्दैनन । त्यसैले पनि विद्यालयको अवस्था हेरिकन विद्यालयले शिक्षक कर्मचारीलाई सुविधा प्रदान गरिरहेका छन् । यदि कहि कतै त्यस्तो भए र उजुरी परेमा हामीले बैठकमा छलफल गरेर अगाडि बढ्छौं ।

सञ्चालक मोटाउने अभिभावक दुब्लाउने भन्ने आरोप पनि तपाईहरुलाई लाग्ने गरेको छ नि ?
यो आरोप चाहिँ हामीले समाजमा हामीले गरेको कामका बारेमा बुझाउन नसकेर लागेको हो । हामीले विद्यालयमा कसरी काम गरेका छौं, हामी भित्रका समस्याहरुलाई देखाउन नसक्दा यस्ता आरोपहरु सहनु परेको छ । पछिल्लो अवस्थालाई हेर्ने हो भने एउटा विद्यालयमा लगानी गर्ने सञ्चालकले विद्यालयलाई मर्ज गर्न पाए पनि हुन्थ्यो भन्ने अवस्थामा छन् । कतिलाई त नाम मात्र जोगाउन पाए हुन्थ्यो भन्ने छ । विद्यालयमा लगानी गरेको रकम अन्य स्थानमा लगानी गरेको भए, त्यो सञ्चालकले सय प्रतिशत नाफा कमाउँथे होला । तर विद्यालयमा नाम जोगाउनै गाहे अवस्था छ । यस्तो अवस्था कसरी सञ्चालक मोटाउँछन् ? अपवादमा कहिँ कतै एकदमै नाफामा गएका विद्यालय बाहेक ८० प्रतिशत विद्यालयको अवस्था यस्तै छ ।

कसरी विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने मै लगानी छ । समय अनुसारका प्रविधि मैत्री विद्यालय बनाउनु पर्ने बाध्यता छ । बाहिर देख्दा जस्तो देखिन्छ भित्र हाम्रा समस्याहरु धेरै छन् । अब सरकारले हामीलाई साथ दिनुपर्ने अवस्था छ त्यसका लागि हामीले योजना बनाएका छांै । त्यसै अनुसार अगाडि बढ्ने छौ ।

अन्त्यमा केही थप्न चाहनुहुन्छ कि ?
अहिलेको अवस्थामा सबै मिलेर हाम्रा छोराछोरीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुको बिकल्प छैन । हामीले विषय बस्तुमा मात्र होईन जीवनमा नै पार हुन सक्ने विद्यार्थी उत्पादनमा जोड दिएका छौं । हाम्रा उत्पादनले भोलि राष्ट्र« निर्माणमा सहयोग गर्न सकुन । विश्वको जुन विद्यालयमा पुगे पनि अध्ययन गर्न काम गर्न सक्षम जनशक्ति उत्पादनमा हामी लागि रहने छौं । त्यसका लागि सरकार शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, सञ्चार माध्यम सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको छु । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?