ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ

अपराध नियन्त्रणमा सिसि टिभी क्यामेरा सहयोगी

६ भाद्र २०७५, बुधबार
६ भाद्र २०७५, बुधबार

साउन महिनामा नेपालगन्जका सडकमा राखिएका सिसि टिभी क्यामेरा उपयोगी देखिएको छ । क्यामेराको सहयोगले सडक दुर्घटना र अन्य बिभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।
अहिले सबैभन्दा बढि ट्राफिक नियम तोड्ने बिरुद्ध कारबाही गर्न सहयोग सावित भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरूण पौडलले बताए । ट्राफिक नियम तोडेर भाग्नेहरू पनि सिसि क्यामेराको सहयोगबाट पहिचान गरि कारबाही गरिरहेको पौडेलले बताए ।
नीजि क्षेत्रको अगुवाईमा नेपालगन्ज उपमहानगरपालिका सिसि क्यामेराको निगरानीमा राखिएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि क्यामेरा जडान गरिएसँगै अब शहर सिसि क्यामेराको निगरानीमा भएको छ । सिसि क्यामेरा जडानसँगै अपराधिक गतिबिधि नियन्त्रण हुने जनाइएको छ । सिसि क्यामेरा जडानको पहल गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अब नेपालगन्जमा हुने हरेक गतिबिधि निगरानीमा भएको बताए । उनले अब सबैले सुरक्षित महसुस गर्ने बताए । संघका २५ जना पदाधिकारीहरूबाट २ लाख ५२ हजार १ सय संकलन गरि सिसि टिभी क्यामरा कोष निर्माणमा जुटेको अध्यक्ष बैश्यले बताए ।
१६ स्थानमा ५६ वटा सिसि टिभी क्यामराको ३३ लाख ९७ हजार २ सय ६८ रूपैयाँ रकम कुल लागत रहेको जनाएको समितिले जनाएको छ । विभिन्न संघ संस्था र व्यवसायीबाट सिसि टिभी क्यामरा जडानको लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको समितिका अध्यक्ष बैश्यले बताए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले साउन महिनामा नेपालगन्जमा आयोजित कार्यक्रममा सिसिटिभी क्यामरा संचालनको सुभारम्भ गरे ।
समितिका उपाध्यक्ष जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार नेपालगन्जका राझा, भुजैगाउँ, कारकादौं, पुष्पलाल चोक, धम्बोझी, विपी चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, त्रिभुवन चोक, त्रिवेणी चोक, शहीद सेतु विक चोक, बसपार्क चोक र बाईपास लगायतका मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिएको छ । नगरका विभिन्न भागमा जोडिएका सिसिटिभी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्यक्ष निगरानीमा राखिएको छ । सिसि टिभी जडानमा सहयोग गर्ने व्यक्ति संघ संस्थाका पदाधिकारीहरूलाई सहयोग गरे बापत प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np