ट्रेंडिंग:

>> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी

घोराहीमा सडक मिचेर बनाइएका घर टहरा हटाईयो

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

दाङ, २५मङ्सिर ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजारमा सडक मिचेर बनाईएका घरटहरा हटाईएको छ । उपमहानगरपालिकाको न्यायीक समितिले सडक मिचेर बनाईएका ती संरचना हटाउनु पर्ने फैसला गरेपछि टहर बनाएकाहरुले उच्च अदालतमा मुद्धा हालेका थिए ।

उच्च अदालतले पनि सडक मिचेर बनाईएका ति संरचनाहरु हटाउनु पर्ने न्यायीक समितिको निर्णयलाई सदर गरेपछि उपमहानगरपालिकाले आज सात वटा घर टहराहरु हटाएको हो । घोराही १० का कुलबहादुर भण्डारी, प्रेमबहादुर वली, कलाधर पौडेल, विरेन्द्र मगर लगाएतले कैलाश लहरे, थम्मन महरा, निशा असगर अली मुसलमान, स्याउली चौधरी,गोपाल देवकोटा, रामशरण चौधरीले सार्वजनिक बाटोमा अबैध घर टहरा बनाएको भनि ती संरचनाहरु हटाई पाउ भनि दिएको निदेशनमा न्यायीक समितिले २०७४ साल फागुन १५ गते अबैध संरचना ठहरीएकाले हटाउने निर्णय गरेको थियो । तर असगर अलिको पत्नी जयन्ता अलीले न्यायीक समितिलाई बिपक्षी बनाई उच्च अदालतमा पुनराबेदन गरेका थिए ।

उक्त मुद्धामा उच्च अदालतका न्यायाधिस रमेशराज पोखरेलको इजलासले २०७८ असोज ३ गते निवेदकको आबास र बसोबासको अधिकार तथा व्यापार व्यवसाय गर्न पाउने अधिकारमा अतिक्रमण नहुने गरी विपक्षि घोराही उपमहानगरपालिकाले २०७४ फागुन १५ को निर्णय मनासिव हुने हुँदा त्यस तर्फ घोराही उपमहानगरपालिकाको ध्यानाकर्षण गर्दै निबेदकले उत्प्रेषणको आदेशद्वारा बदरको माग गरिएको मिति २०७४ फागुन १५ को निर्णय सार्वजनिक जग्गाको व्यवस्थापन र सञ्चालन गर्ने कुरामा लक्षित रहेको देखिदा उक्त निर्णयलाई बदर गर्न मिल्ने देखिएन भनि फैसला गरेको थियो ।

टहर बनाएर बसेकाहरुलाई पटक पटक सार्वजनिक सूचना मार्फत हट्न आग्रह गरेको अटेर गरे पछि फैसला कार्यान्वय गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगपालिकाको डोजर, नगर प्रहरी, कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले टहराहरु हटाएको हो ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?