ट्रेंडिंग:

>> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी

कोहलपुर गोल्डकपलाई निरन्तरता दिइने मुख्यमन्त्रीको प्रतिबद्धता

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

नेपालगञ्ज, १५ कात्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले खेलकुदको विकास पहिलो प्राथमिकतामा राखेको बताएका छन । कोहलपुरमा बुधबार मुख्यमन्त्री गोल्ड कप प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री चौधरीले खेलकुदको विकासका नै राष्ट्रको विकास भएको बताए ।

मुख्य मन्त्री चौधरीले कोहलपुरमा हुने गोल्डकपलाई आगामी बर्षदेखी नियमित संचालन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले स्थानीय तहबाट आउने हरेक सकारात्मक योजनामा प्रदेशको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । फरक प्रसंगमा मुख्यमन्त्री चौधरीले सबै जात जाति र सबै धर्महरुको सम्मान गर्न आवश्यक रहेको औल्याएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई बिश्वभरि पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । उनले खेलकुदको माध्यमबाट मानव जीवन नै स्वस्थ र अनुशासित राख्न मद्दत गर्ने उल्लेख गरे ।

प्रदेश खेलकुद परिषदका सदस्य सचीव जयप्रसाद भट्टराईले प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्ने यहाँको खेल मैदानलाई व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने बताएका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले स्थानीय सरकार खेलकुदको बिकासको निम्ति निरन्तर लागिरहेको बताए । उनले तेर्ह बिगाहा खेलमैदानको प्याराफिटको लागि आवश्यक बजेट बिनियोजन गरिएको समेत जानकारी गराएका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद सन्जु चौधरी, दुर्गा चौधरी सुरक्षा नियकाका प्रमुख, स्थानीय राजनिति दल लगायतको उपस्थिती रहेको थियो । ’स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल आठ समुह सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?