ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता
पैगम्बर हजरतको १४९८ औ शुभ जन्मोत्सव

अनाथ आश्रमलाई खाद्यान्न वितरण

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

बुटवल, १० असोज । ईस्लाम धर्मावलम्बीहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्ललेलाहो अलैहे वसल्लमको १४९८ औ शुभ जन्मोत्सव (यौमे बिलादत) को अवसरमा बुधबार नेपाल अपाङ आश्रम बुटवल देविनगरमा खाद्यान्न वितरण गरिएको छ । एक समारोहका बिच रजा ए मुस्तफा जामे मस्जिद समितिका अध्यक्ष हाजी मोहमद इस्माईल, वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमतले चामल, दाल, नुन, तेल, चाउचाउ लगायत करीब १० हजार रुपैयाभन्दा बढीको दैनिक उपभोग्य सामग्री आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण गर्दै समितिका अध्यक्ष हाजी मोहमद इस्माईलले इस्लाम धर्ममा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको भन्दै आफनो समुदायका सबैजसो वर्षभरि कमाएको मध्येबाट दान गर्ने परम्परालाई पालना गर्दै आएको बताए । यो वर्ष पैगम्बरको जन्मदिनमा विविध कार्यक्रम अन्तरगत आश्रममा सहयोग गरिएको उनले बताए । बुधबार साझ मुस्लिम समुदायहरुको बिचमा मिलादुननबी कार्यक्रम राखिएको समेत उनले बताए ।

कार्यक्रममा आश्रमका अध्यक्ष डोल बहादुर रामदामले शारिरिक र मानसिक अपाङता भएकाहरुप्रतिको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । अपाङताकै कारण घरपरिवारबाट अपहेलित हुदा धेरै जना आश्रममा आश्रय लिनुपर्ने बाध्यता रहेको उनले दुखेसो गरे । आश्रममा रहेका ४० जना मध्ये प्रगति माबि, गार्गी बोर्डिङ स्कुल, मणिमुकुन्द स्कुलमा अध्ययन गर्ने ८ जना कक्षा नसरी देखि १० कक्षासम्म अध्ययरत छन । आश्रममा बेलाबेला हुने सहयोगबाट नै दैनिकी चलेको उनले बताए । न्युनतम दैनिक खाद्यान्नमा १५ हजार रुपैया बराबर खर्च हुने भन्दै उनले जन्मदिन, विवाहउत्सव, विभिन्न तिथिहरुमा दाताहरुको सहयोग मुख्य श्रोत भएको बताए ।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमतले इस्लाम धर्मावलम्बीहरुको ठुलो चाडलाई रचनात्मक रुपमा मनाउने गरि यो वर्ष फरक कार्यक्रमहरु गरिएको भन्दै ईस्लामिक अन्तर विधालय हाजिरी जवाफ प्रतियोगिता, आश्रमलाई सहयोगका कार्यक्रम सम्पन्न भएको बताए । बुधबार साझ मिलादुननबी र बिहिबार बिहान जन्मजयन्तीको खुशियालीमा बाजागाजासहित बजार परिक्रम कार्यक्रम हुने उनले बताए । हाल बुटवल उपनगरपालिकामा ५ हजार ईस्लाम धर्मावलम्बीहरु समुदायमा रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?