ट्रेंडिंग:

>> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने !

महाकाव्य जस्तै बजै

२५ मंसिर २०७८, शनिबार
२५ मंसिर २०७८, शनिबार

गएको साता एक बिहान छतमा लुगा सुकाउँदै थिएँ । बजै हल्का धङ्धङाउँदै म छेउ आइपुग्नु भयो । सिंढी चढ्दा सास बढेर स्याँ स्याँ गर्दै हुनुहुन्थ्यो ।

मैले ढोगेँ । बजैले सधै जस्तै आशीर्वाद दिनुभयो –‘ठूलो मन्छे भएस् बाबु !’

दशैंमा होस् वा अरु बेला, बजैले मलाई सधैं ‘लाउरे भएस् । केप्टन, लप्टन, सुब्दार, हल्दार, जम्दार भएस्’ भन्ने आसिक दिनु हुन्थ्यो । बाल्य कालमा यही आसिक । किशोर कालमा यही आसिक । युवावयमा पनि यही आसिक । तर युवावस्था काटिसक्दा पनि म ‘लाउरे’ नभएपछि बज्यैको ‘लाउर’ वाला आशीर्वाद पनातिहरुतिर स¥यो ।
मेरो लागि त्यसपछि बज्यैको वस्तुतः एउटै आसिक छ–‘ठूलो मन्छे भएस्’ ।

सामन्ती युगले बजैको मस्तिष्कमा प्रतिविम्वित गरिदिएको ‘ठूलो मन्छे’ भनेको उही ‘लप्टन–केप्टन’ नै हो । त्यो भनेको प्रशस्त सम्पत्ति, घर घडेरी, जग्गाजमीन, घोडागाडी, पेन्सन र यावत् सुविधाले सम्पन्न मान्छे हो । तर यो देश जिन्दगीभरि इमान्दारीपूर्वक मिहिनेत गर्दा पनि बजैले चाहेको जस्तो ‘ठूलो मान्छे’ हुन सकिने देश होइन । आस्था र विश्वासमा घात गरेर, इमानलाई बेचेर, दासताको सिक्रीमा बाँधिएर मात्रै अग्लो हुन सकिने देश हो यो । त्यो गर्न सकिन । त्यसैले ‘ठूला मान्छे’ बन्न सकिन । ‘सानो मान्छे’ भएर नै साना साना सपनाहरुमा अल्झिरहने बानी प¥यो ।

तर ‘ठूलो मन्छे भएस्’ भन्ने बजैको आसिक मेरा लागि स्थायी आसिक भएको छ ।

हाम्रो घरमा बजैको आगमन अचम्म र प्रत्यासित कुरा होइन । मावल घर सय मिटरको दूरीमा भएकोले उहाँको आउजाउ सामान्य कुरा हो । प्राय आइरहनु हुन्छ हाम्रो घरमा । आमा मुटुको बिमारी भए पछि त उहाँ दैनिकजसो आइरहनु हुन्छ । मेरी आमा अर्थात् आफ्नी कान्छी छोरीलाई हेर्नुहुन्छ । कम सुने पनि कुरा गर्नुहुन्छ । कहिलेकाँही चिया नास्ता खानु हुन्छ । आमा बारीमा भए आफू पनि बारीमा पसेर गोडमेल गर्नुहुन्छ । आमालाई सिमी वा सिल्टुङ टिप्न सघाउनु हुन्छ ।

मैले लुगा सुकाएर भ्याएँ । बजै प्लास्टिकको कुर्चीमा बस्नुभयो । म पनि उहाँको नजिकै अर्को कुर्चीमा बसेँ । कान्छी बहिनीले बजैलाई चिया ल्याएर दिई । दुबै हातले चियाको गिलास समातेर बजैले भित्र कतै भासिएर हराएकाजस्ता देखिने आँखाहरुले चश्माबाट मलाई चिहाउनु भयो ।

र, भन्नुभयो–“मेरो नागरिकता हरायो । फिरि, बनाउन मिल्च कि मिलन्न बाबु ? बनाइदिन सक्चस् कि सकन्नस् ?”
मैले उहाँलाई ढाड्स दिँदैं भने– “पाइन्छ बजै । नागरिकताको फोटोकापी भयो भने पाइन्छ । पुराना कागजातबाट फोटोकापी खोजेर नयाँ नागरिकता निकाल्न मिल्छ ।”

बुझिल्याउँदा नागरिकता हराएपछि वृद्धभत्ता पाइन्न भन्ने लागेको रहेछ उहाँलाई । वृद्धभत्ता पाइएन भने नाति–नातिना, पनाति–पनातिना र खनातिनीलाई तिथिहरुमा, चाडपर्वहरुमा वा ती काठमाण्डौ र अन्य कही टाढा जाँदा टीका लगाइदिएर दक्षिणा वा पैसा कहाँबाट ल्याएर दिने ? पनाति–पनातिनाहरुलाई जेरी वा मिठाई के ले किनिदिने ? बजैको चिन्ता त्यस्तो रहेछ ।

सम्वत् २०७८ असारमा १०३ वर्ष पूरा गरेर बजै १०४ वर्षमा लाग्नुभयो । जिन्दगीको एक शताब्दीभन्दा लामो यो यात्रामा बजैले जीवनलाई धेरै नजिकबाट हेर्नुभएको छ । मृत्युलाई धेरै नजिकबाट छाम्नु भएको छ । त्यसैले म बजैलाई संघर्षको सबैभन्दा ठूलो हिमाल देख्छु । धैर्यको सबैभन्दा ठूलो ताल देख्छु ।

बाजे गोर्खा राइफलमा लाहुरे हुनुहुन्थ्यो रे । बजै २७ वर्ष पुग्दा ४ जना लालाबालाहरुलाई अनाथ बनाएर बाजे महाप्रस्थानमा हिँड्नु भएछ । बाजेको चितासँगै बजैको सारा सौभाग्य जलिगएछ । सधैं सपनामा आएर सम्झनाको करौंती चलाइरहने हुनाले सम्हालेर राखेको बाजेको फोटो र लाहुरे जीवनको सारा कागजपत्र पनि काशी यात्रामा जाँदा आफ्नी सासुको सल्लाह अनुसार बजैले गङ्गाजीमा बगाइदिनु भएछ । तर कागजपत्र गङ्गाजीमा बगाइदिएपछि पनि बाजेको यादले त कहाँ छोड्यो होला र ? त्यो याद त आज पनि म बजैका उदास अश्रुपुरित आँखाहरुमा देखिरहन्छु ।

विज्ञहरु भन्छन्–ती कागजपत्र सम्हालेरै राखिएको भए बजैले बाजेको लाहुरे पेन्सन नै नपाए पनि रहलपहल र राहत रकम पनि पाउनु हुन्थ्यो रे । तर त्यो सम्भव भएन । दुई छोरालाई लाहुरे बनाएर र दुई छोरीहरुको बिहे दान गरिदिएर तिनलाई तिनको आकाशमा उन्मुक्त छोडिदिन बजैले धेरै संघर्ष गर्नु प¥यो । लाउँ लाउँ र खाउँ खाउँको उमेरदेखि आजसम्म एकल महिलाको जिन्दगी बिताउँदा बजैले दुःखको अनेक सगरमाथा चढ्नु प¥यो । पीडाको अनेक पोखरीमा पौडिनु प¥यो ।
दुःखको भुमरीमा रिङ्दै बजै चालीसको दशकमा बागलुङको चोराहाबाट बटौली आउनु भयो । सुक्खानगरको माटोमा खनीखोस्री गर्नुभयो । प्रियजनहरुसँग रमाउनु भयो । नातिनातिनाहरुलाई अनेकन कथा सुनाउनु भयो । तिनको बिहेदानमा आसिक दिनुभयो । पनातिपनातिनीहरुलाई काखमा लिएर रमाउनु भयो । तिनलाई बोकेर हिँड्नु भयो । डाँडामाथि पुग्न थालेपछि अलिअलि रक्सी पनि पिउन थाल्नु भयो । तर त्यो कहिल्यै अम्मल भने भएन ।

बजैले बटौली आएपछि तिनाउको किनारलाई लक्ष्य बनाएर हिँडेको अभिभावक–सासूको महाप्रस्थान हेर्नुभयो । जेठी छोरीलाई दोस्रो पटक सदाका लागि बिदा गर्नुभयो । अनेक प्रियजनहरुको मृत्युमा रुनुभयो । ७० वर्ष काटिसकेका आफ्ना छोराछोरीहरु विरामी भएर अस्पताल भर्ना हुँदा पीरको पोखरीमा अत्यासिनु भयो ।

गहिरिएर हेर्छु । बजै एक हिसाबले फुकीढल हुनुभएको छ । बानी बेहोराले केटाकेटी जस्तै हुनु भएको छ । एउटा चित्रकारले अमूर्त चित्रकलामा कोरेका धर्साहरुजस्ता अनगिन्ती धर्साहरु छन् बजैको मुहारमा । ती धर्साहरुमा दुःखका अनेक नदीहरु बगिरहेका छन् । ती नदीहरु गण्डकीभन्दा गहिरा छन् । ती नदीहरु आँसुभन्दा नुनिला छन् ।

साेंच्छु–ज्येष्ठ नागरिकमा पनि राज्यले चिन्ने केन्द्रका हस्तीहरुलाई मात्र रहेछ । कुनै बेला राजनीतिक, व्यवसायिक वा वौद्धिक क्षेत्रको केन्द्रमा रहेका, राज्यका हर सुविधा र अवसरको उपभोग गरेका अनि राजधानीमा सुखसयलपूर्ण जीवन बिताएकाहरु मात्रै शताब्दी पुरुष, राष्ट्रपुरुष हुने देशमा मेरो बजैजस्तो सुदूर गाउँका बजैहरुलाई राज्यले चिन्दैन । चिने पनि बोझका रुपमा चिन्छ । वृद्धभत्ता दिनु पर्ने एउटा बोझका रुपमा चिन्छ ।

राज्यसत्तालाई थाहा छैन– मेरो बजैजस्तै यो देशका सयौं हजारौं बजैहरुको जिन्दगी पनि आफैमा एउटा विराट संघर्षको महाख्यान हो । एक सुन्दर र गौरवपूर्ण महाकाव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?