ट्रेंडिंग:

>> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व

सहरबाट गाउँ फर्के हुन्न र ?

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

रामलाल परदेश पसेको करिब डेढ दशक हुन लाग्यो । गाउँमा बृद्ध बा आमा हुनुहुन्छ, श्रीमती र दुई छोराछोरी सहरमा छन् । मन चुटुचुटु हुन्छ तर के गर्नु ? समयमा राम्ररी पढेको भए आज परदेशमा मजदुरी गरेर एक्लो जीवन बिताउनु पर्दैन थियो कि भन्ने पछुतो भने लागिरहन्छ उनलाई । आफ्नो त्यही अनुभवले पनि आफ्ना सन्ततिको सुखद भविष्यको कल्पना गर्दै आफुसक्दो सुबिधा दिएर गुणस्तरीय शिक्षाको लागि भनेर सन्तानलाई सहरमा राखेका छन् । उनको छोराको एस.ई.ई नतिजा भर्खरै सार्वजनिक भएको छ तर, छोराको नतिजा भने उनको लगानी र अपेक्षाको तुलनामा त्यति सन्तोषजनक आउन सकेन । तैपनि अब उपल्लो तहमा अझै राम्रो गर्नेछ भन्ने अपेक्षा राखेर स– परिवारले चित्त बुझाएर बसेका थिए । यत्तिकैमा उनको मेसेन्जरमा एउटा लामो मेसेज प्राप्त भयो, जुन यस प्रकार थियो।

आदरणीय पतिदेव, सास्टाङ्ग दण्डवत् ।
आज हजुर अचम्म पर्नुहुन्छ होला, दिनको २/३ पल्ट भिडियो कलमै कुराकानी हुँदाहुँदै पनि यति लामो मेसेज किन लेखि होली भनेर ? कृपया, समय दिएर पुरै पढिदिनुहोला है।
पतिदेव,
केही कुराहरू मुखले भन्न नसकिने तर भावनाले बताउन सकिने खालका हँुदा रहेछन् । परदेशको बसाई, आफ्नो ख्याल राख्नुहोला है । अब हजुर नेपाल आउन पनि करिब ३ महिना बाँकी छ तर मलाई भने ३ बर्षजस्तो लाग्दैछ । अब त जे जसो गरेर भएपनि सँगै बस्न पाए हुन्थ्यो जस्तो लाग्छ । मैले आज हजुरसँग मनका थुप्रै भावनाहरू व्यक्त गर्दैछु । हेर्नुस् त, हामी सहर झरेको पनि एक दशक नाघिसकेको छ । गाउँमा ३ कक्षामा पढ्दै गरेको छोरोलाई १ कक्षामा ल्याएर भर्ना गरेका थियौं, उसको एस.ई.ई को नतिजा आइसक्यो । नतिजाकै कुरा गर्ने हो भने त ठिकै छ भन्नु बाहेक अरू उत्साह केही छैन । पढ्ने मान्छेले नपढिदिएपछी हामीले मात्र पिर गरेर के हुँदोरहेछ र । हाम्रो बाबुभन्दा डेढ बर्ष कान्छो तल्लाघरे बिपुलले गाउँकै विद्यालयमा पढेर हाम्रो बाबुले भन्दा निक्कै राम्रो नम्बर प्राप्त गर्यो । यो कुराले त मलाई कताकता सहर बेकारमा झरिएछ जस्तो लाग्दै छ । हेर्नू न हाम्रा केटाकेटीहरू घण्टौ मोबाइल र ल्यापटपमा झुन्डिएर बस्छन् । खाना पकाउन, लुगा धुन, सरसफाइ गर्न लगायतका काम सिक्नु त कता हो कता खान बोलाउँदा समेत समयमा आउँदैनन् । आफन्त इष्टमित्र कसैलाई चिन्दैनन्, ढोग गर नभनेसम्म मान्यजनलाई ढोग्नुपर्छ भन्ने थाहा छैन । दुई भैनाले १–१ ओटा मोबाइल समाएर बिस्तारामा पल्टेपछी उनीहरूलाई केहि कुराको मतलब हुन्न । गाली गरेर फोन खोसिदिएपछि बल्ल खानेकुराको खोजी गर्छन् नत्र त भोक पनि लाग्दैन यिनीहरूलाई । खानेकुरा पनि बजारकै मःम, चाउमिन र चाउचाउ नै मनपर्छ । धन्न स्कुलमा जङ्क फुड लान पाइन्न र अल्लि सजिलो भएको छ ।
पतिदेव,
गएको दशैँ तिहारमा घरमा बस्दा म त्यो बिपुलको कामकाज र गतिविधि देखेर दङ्ग परेकी थिएँ, अहिले रिजल्टमा त्यति धेरै नम्बर ल्याएर झनै दङ्ग पारिदियो । आखिर पढाइ त गाउँमा पनि त हुनिरैछ नि ! उसले त झन आफन्त, इष्टमित्र, गाउँले, नातेदार सबै चिनेको छ । को सँग कसरी बोल्ने सबै जानेको छ । कहिले खानेपानीको बैठक छ भन्थ्यो, कहिले सामुदायिक बनको भेला छ भन्थ्यो । गाउँमा पनि उसलाई सबैले मायाँ गर्दा रैछन् । हाम्रा केटाकेटी त घर गएको बेला पनि फोनमै झुन्डिएर समय बिताए ।
गाउँघरमा बसेका केटाकेटी स्वस्थ पनि छन्, बलिया पनि छन् । काँचो कचिलो सिजनेवल फलफूल, तरकारी सबै रुचाउँछन् तर हाम्रा केटाकेटीले तेस्ता केहि चिज मन पराउन्नन् । हाम्रा केटाकेटीलाई बर्षमा २–३ पल्ट अस्पताल पु¥याउनै पर्छ । खै भविष्यमा कस्ता हुनीहुन् यिनीहरू ? अर्कोकुरा, हजुरले बिदेशी भूमिमा पसिना बगाउन थालेको पनि यतिका बर्ष भैसक्यो । बरु हामी सहर नपस्दै अलिकति पैसा बचाउनु भएको थियो र जिल्ला सदरमुकाममा एउटा घडेरी जोडिम र अहिले त्यहीँ भएपनि छ भन्न भएको छ । हामी यता झरेपछी भने हाम्रै खर्च पु¥याउन धौ–धौ भएको छ हजुरलाई । मूल्यवृद्धिले आकाश छोएको छ, थोरैमोरैले केहि आउन्न । मलाई त भविष्यको पो चिन्ता लाग्न थालो ।
बा आमा पनि साठीको ढिकढाक पुग्न लाग्नुभो । छोरा बुहारी साथमै भैदिए हुन्थ्यो भन्ने दिन नि आउन लागे । मलाई त कताकता गाउँ फर्कन पर्छ कि जस्तो लागेको छ । छोराछोरीलाई स्नातक सम्म पढ्न घरैबाट आउन जान मिल्छ, अझ कमर्स र एजुकेसन त डिग्री सम्म नै पढाई हुन्छ । गर्नेले उही पढेर पनि कति राम्रो गरेका छन् । मानेछन् भने छोरो ११ कक्षा उही पढ्छ, छोरी ६ कक्षामा भर्ना हुन्छे अनि खर्च पनि कम लाग्छ । बा–आमाले एउटा भैँसी पाल्नुभाछ, खेतीपाती छँदै छ । मैले नि सकेको काम गर्छु, सकेछु भने २–३ वटा बाख्रा, ५–७ वटा कुखुरा थपेर पालम्ला । यसो गरियो भने हजुरको कमाइ पनि अलिक जोगिन्छ । घर अल्ली पुरानो भएको छ, तेसलाई मर्मत गर्न भन्दा केहि बर्षमा सानो चिट्टिक्कको घर बनाम्ला । राम्रो पढेछन् भने पढाइको सिलसिलामा छोराछोरी फेरी आफै सहर पस्लान् तर म त वाक्क भैसकेकी छु यो सहरबाट । भन्नेले त सहरमा टिक्न नसकेर गाउँ फर्कि भन्लान् तर मैले भन्नेहरूको मतलब गर्नेछैन । आफुले कसैलाई नराम्रो गरेका छैनम्, अरूले भनेर केही हुन्न ।
सुन्नुस् न पतिदेब, हामी यसरी नै सहर बसियो भने हजुरको जिन्दगी खाडीमा बित्ने, हाम्रो जिन्दगी यहीँ भाडाको घरमा बित्ने हुनिभो । कमसेकम गाउँमा बसियो भने खानेकुरा पनि अलिक अर्गानिक खान पाइएला, हजुर पनि केहि बर्षमा घरमै बस्नेगरी आउनुहोला । यहाँ त खानेकुरा पनि केही राम्रो खान पाइन्न । दुध, दही, घ्यू, मासु, तरकारी सबैतिर विषादी, सबैतिर मिसावट । पढाई जे जस्तो हुँदो हो, गाउँमै बसेको भए हाम्रा केटाकेटी पनि अलिक स्वस्थ चाहिँ हुन्थे होला । अनि मलाई पनि १ महिना अगाडिदेखी हल्का सुगर देखिएको छ । हजुरले पिर गर्नुहुन्छ भनेर आजसम्म भनेकी थिइन । डाक्टरले शारीरिक श्रम र खानपिनमा ध्यान दिन सल्लाह दिएका छन् । बिहान साँझ हिड्छु, खानपिनमा पनि ख्याल त राखेकी छु तर यो सहरमा अर्गानिक खानेकुरा के किनेर खानु ? खै पतिदेव, कति लेखम्, लेख्दा लेख्दा धेरै पो लामो भएछ । आफै भन्नू न, के सहर पसेपछि गाउँ फर्कनै हुन्न र ? तपाईं जे सुकै भन्नुस् मलाई त पुग्यो यो कोलाहल । म २–४ दिनमै गाउँ फर्किन्छु है ….।
आफू परदेशी माटोमै भएपनी यति पढुन्जेल रामलालको मन गाउँले वातावरणमा रमाउन थालिसकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?