ट्रेंडिंग:

>> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु

बुटवलमा कालापानीको पानी

१७ श्रावण २०७८, आईतवार
१७ श्रावण २०७८, आईतवार

स्कूलको वातावरण उसका लागि नौलो थियो ।

सिर्कनु र लाठी बोकेर कक्षामा प्रवेश गर्ने शिक्षकहरू ! चार कक्षामा पुगेर भर्खरै मात्रै सिक्दै गरेको ‘एबीसीडी’को भरमा ‘मिस्टर सिंह’को संवाद पढाउने अंग्रेजी सर ! ‘एक एकान एक’ देखि ‘दस दसम सय’ सम्मको पहाडा कण्ठै चाहिने गणित सर ! यताउता फर्किदा र कसैसँग बोल्दा पनि पिटिहाल्ने वा नाम लेखेर शिक्षकलाई कुरा लाउने मोनिटर !

कक्षाका केटाकेटीहरू र शिक्षकहरू उसलाई अर्कै दुनियाका एलियन जस्ता लाग्थे । ऊ पनि तिनका लागि शायद अर्कै ग्रहबाट अवतरित प्राणी जस्तो थियो । त्यतिखेर सेतो सर्ट र निलो जाँघे नै स्कूलको ड्रेस थियो । जुत्ता चप्पल जे लगाए पनि हुने । ऊ हात्ती छाप चप्पल लगाउँथ्यो । ऊनीको घरबुना झोला बोक्थ्यो । टेरिकटको कपडामा भित्री हालेको टोपी लगाएर स्कूल जान्थ्यो । केटाहरू उसलाई ‘टोपे’ भन्थे ।

उसले हिन्दी गीतको अर्थ बुझ्ने त कुरै थिएन तर पनि हिन्दी गीतहरू सुरिलो भाकामा गाउने शारीरिक शिक्षा पढाउने मिस भने उसलाई मन पर्थिन् । उसलाई ती मिस बजारभरि जहाँतहीँका भित्ताहरूमा टाँसिएका सिनेमाको पोस्टरमा देखिने हिरोनी जस्ती लाग्थिन् । तर उसलाई सिनेमा थाहा थिएन ।

पहाडको स्कूलमा पढ्दा सिजन अनुसार पोलेको मकै, उसिनेको आलु, सखरखण्डा वा तरुल, आरुबखडा, भुटेको मकै भट्ट, मकै वा कोदोको रोटीजस्ता खाजा लगेर गएको याद छ उसलाई । यता मधेशमा भने मुङ्फली, फुल्की, चाट, दहीबडा, चटरमटर, बिस्कुट आदि किनेर खाने गर्दा रहेछन् । आमाले उसका लागि भने कहिले गहुँको सुक्खा रोटी त कहिले चिउरा राखिदिनुहुन्थ्यो । उसले त्यो खाजा लुकाई लुकाई खानु पथ्र्यो । केटाहरूले देखे भने जिस्काउलान् भन्ने लाग्थ्यो ।

एकदिन आमालाई भन्यो– “खाली रोटी मात्रै ! लान्न म सधैं रोटी !”

“के भन्च यो ! किन लान्नस् ?” आमाले सोध्नुभयो ।

“अरुले पैसा लिएर आउँचन् । के के किनेर खान्चन् । मलाई नि पैसा चाइन्च ।”

“पैसा भए पो लान्चस् ! कहाँ छ र मसँग पैसा ?”

“बाबासँग छ नि । एक मोहर नदिए स्कूल सिस्कुल जान्न ।”उसले आमालाई घुक्र्यायो ।

अनि आमाले बाबासँग कुरा गर्नु भयो । बाबाले “दे न त !” भनेपछि आमाले उसलाई एक मोहर दिनुभयो ।

उसले स्कूल जान हतार गरेको त्यही नै पहिलो दिन थियो । सुखौराको किनारै किनार मानौँ दौडेर हिडेँको थियो ऊ त्यस दिन । निस्केको थियो भुड्की चोकमा । तिनाउबाट अञ्चल अस्पताल हुँदै बग्दै आएको कुलोले त्यहीँ कलभर्ड मुनिबाट सडक पार गथ्र्यो । त्यही सडक पार गरेर अस्पतालको छेकै छेको घण्टी लाग्नुभन्दा धेरै पहिल्यै पुगेको थियो ऊ स्कूल त्यो दिन ।

ऊ स्कुल बाहिरको गुमटीमा रोकियो । दस पैसाको चकलेट किन्यो र स्वाद लिई चुस्न थाल्यो । गोजीमा चालीस पैसा अझै थियो । त्यही बेला स्कूलको घण्टी लाग्यो ।

सधैं जस्तै लाइनमा उभियो । ‘सतर्क’ र ‘गोडाफाट’ ग¥यो । ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी’ र ‘श्रीमान् गम्भीर’को राष्ट्रिग गीत र गानमा उसको स्वर सधैं झैं अरुका स्वरमा हरायो । सँधै झैं लुरुलुरु कक्षामा पस्यो ।

ऊ चाहन्थ्यो–पहिलो घण्टीपछि एकैचोटि हाफटाइमको घण्टी बजोस् । तर बजेन । व्यग्रताका साथ कुरेर बस्यो । त्यसदिन उसका आँखा अघि सरका सिर्कनु थिएन । उसका आँखामा त स्कुल बाहिर अग्लो खुट्टावाला बाँसको स्ट्यान्डमा ‘भैया’ले राखेको दहीबडा, फुल्की र मुङ्फली थिए । बज्यैले ठूलो पराटमा राखेको उसिनेको सिन्के चाउचाउ थियो । गुमटीकै चकलेट र बर्फी थियो ।

हाफटाइमको घण्टी लाग्यो । त्यस दिन उसले पूरै चालीस पैसाको खाजा खायो । दहीबडा र मुङ्फली । त्यसरी त्यो दिन, उसले पहिलोपल्ट स्कुलमा खाजा किनेर खायोे ।

परिवेश गाउँले नै भए पनि एक किसिमको शहरिया औपचारिकता हावी भइसकेको थियो बजारमा । अधिकांश शिक्षक रैथाने थिएनन् । ती डेरामा बस्थे । कोही कोही त ट्यूशनको जोहो पनि गर्थे । उनीहरू विद्यार्थीका समस्याप्रति निरपेक्ष थिए । परम्परागत अनि लट्ठी वा सिर्कना शैलीको पढाई थियो । ज्ञानको तिर्सना मेट्ने शैलीको पढाई थिएन । त्यसैले उसलाई स्कूलले तान्नै सकेन ।

स्कुलको आकर्षण भन्नु त ‘भैया’को दहीबडा र फुल्की अनि मुङ्फली मात्रै थियो ।

उसलाई लाग्थ्यो–ऊ अर्कै दुनियामा थियो । शायद त्यो समय जीवनको ‘टर्निङ प्वाइन्ट’ थियो । वा, ‘ट्रान्जिशन पिरियड’ । स्कूल हिँडनु अघि उसले, कहिले एक मोहर र कहिलेकाहीँ एक रुपैंयाँ पाउँथ्यो । रविन्द्र, दयाशंकर, गणेश, पानी मुसा, अजय, केशर, देवेन्द्र आदि बाहेक स्कूलमा नजिकका केटाहरू कोही थिएनन् उसका ।

बेसक्याम्प र सुख्खानगरतिर भने धेरै थिए साथीहरू । त्यसको एउटा कारण के थियो भने ती सबै ऊ जस्तै गाउँले परिवेशका थिए । तिनको बोलीचाली पनि उसकै जस्तो थियो । तिनीहरूसँगै ऊ गड्डी गुडाउँदै हिड्थ्यो । चरंगे माथिको चुरेसम्म पुगेर काठ र घाँस दाउरा ल्याउँथ्यो । चराको गुँड खोज्न हिड्थ्यो । कल गथ्र्यो । केटाहरू सानोतिनो कुरामा पनि कुस्ती खेल्थे । ऊ पनि भिड्थ्यो ।

बुटवलको मुख्य बजार बाहेक अरुतिर पानीको धारा थिएन । घरायसी काम र वस्तुभाउलाई खुवाउन कुलोको पानी थियो । खाने पानीको भने ज्यादै दुःख । ऊ साथीहरूसँग सिल्टीको गाग्री बोकी कहिले राजमार्ग चौराहा, कहिले मिलनचोकभन्दा माथि सडक विभाग अगाडिको धारामा पानी भर्न लाइन लाग्न पुग्थ्यो । कहिले आम्दा अस्पतालको उत्तरपूर्वमा सेनाले बनाएको इनार त कहिले औद्योगिक क्षेत्रको बोरिङ अनि कहिले कालापानी पनि पुग्थ्यो ।

साथीहरूसँग ऊ कहिले विभिन्न खाले बटन, सिग्रेटका खोल, चकलेटका खोल, वियर र कोक फेन्टाको बोत्तलको बिर्को त कहिले पैसाकै बाजी लगाएर झण्डाबुर्जा र खोप्पी खेल्थ्यो । कहिले मोजाको फुटबल खेल्थ्यो । कहिले गुल्लीडण्डा । कहिले गुच्चा । कहिले मेला जान्थ्यो त कहिले घाँस काट्न । ती सबैलाई सम्झन्छ ऊ आज पनि । सम्झन्छ– लाले, गोरे, मनु, टुटुभाइ, टोम्पोट, केशे, जिते, ओमे, काले, राजु आदिलाई ।

फागुनदेखि स्कूल जान थालेको ऊ, चैत्रका अन्तिम दिनहरूसम्म पनि स्कूलमा रमाउन सकेको थिएन । शिक्षकहरुले थर्काएजस्तो लाग्थ्यो । लय समातेर राम्ररी पढ्नै सकेको थिएन । उसलाई न कण्ठस्त ‘पहाडा’ आउँथ्यो, न ‘अङ्ग्रेजी’ । ऊ चलाख विद्यार्थी बन्नै सकेन ।

बरु एकदिन चोर बन्यो ।

चोरीको कथा ‘भैया’को उही दहीबडा र मुङ्फलीसँग जोडिएको छ । एक दिउँसो उसले दहीबडा खायो । तर उसलाई मुङफली पनि खान मन थियो । सधैँ दुईचार दाना निकाल्दा ‘भैया’ ले केही भन्दैन्थ्यो । कहिलेकाहीँ हप्काउँथ्यो मात्रै । तर केटाहरू उसलाई टेर्दैनथे । केही दाना मुङ्फली निकाल्नु त सामान्य कुरा नै थियो । त्यो दिन पनि मौका छोपेर अग्लो खुट्टीमा अड्याएको गोलाकार नाङ्लोबाट उसले अलिकति मुङफली निकाल्यो र मुट्ठीमा बन्द ग¥यो ।

‘भैया’ले थाहा पाइहाल्यो ।

रिसले बम्कियो –“रख, जहाँ से उठायो, वही रख !”

अरू केटाहरूले जस्तै उसले ‘भैया’लाई टेरेन । पहिले पहिले जस्तै उसले ‘भैया’को आदेशलाई टेर पुच्छर लाएन । बरु मुट्ठी बन्द गरेको ग¥यै दगुरिहाल्यो ।

तर त्यो दिन ‘भैया’ मा शायद ‘भैरब’ जागेको रहेछ !

‘भैया’ उसलाई लखेट्दै आयो । ऊ झन् जोडले भाग्यो । तर ‘भैया’ ले उसको पीछा छोडेन । उनीहरू बीचको दूरी केही सेकेण्डमै सकियो । ‘भैया’ले उसको हात च्याप्प समात्यो ।

“भ्यानचोद ! किन चोरी हालेको मुंगफली ?” ‘भैया’ रिसले कालोबाट निलो भैसकेको थियो । देब्रे हातले उसको दाहिने हात समातेको समातेयै आफ्नो दाहिने हात उठाएर पिट्ला जस्तो ग¥यो । डरले कालोनिलो हुने पालो अब उसको थियो ।

तर ‘भैया’ले उसलाई पिटेन । जबर्जस्ती उसको मुट्ठी खोलेर मुङफली भने खोस्यो ।

धेरैले त्यो रमिता देखे । केटाहरूले देखे । केटीहरूले देखे । त्यो रमिताले मानौँ सबै खुसी भए । ती मध्ये कतिले त उसलाई हियाउँदै र जिस्काउँदैै “टोपे, मुङ्फली चोर !” “टोपे, मुङ्फली चोर !” भन्न थालिहाले ।

उसलाई अपराधबोध भैसकेको थियो ।

कक्षा मोनिटरले थर्काउँदै भन्यो– “ए ! टोपे ! तैंले मुङफली चोरेको सरलाई भन्दिम् ?”

उसको घाटी सुक्यो । बोल्न सकेन । उसलाई हजारौं चर्के कमिलाले एकैसाथ टोके । आँखा अघि सरको सिर्कनु नाँच्न थाल्यो । आँखाबाट आँसु रसाउन थाल्यो । ऊ घोसे मुन्टो लगाएर कक्षामा पस्यो । हाफ टाइमपछिको पिरियडमा गणित सर सिर्कनु सहित कक्षामा पस्नुभयो । उसको सातोपुत्लो उड्यो ।

“सर ! मेरो झोलाको पेन हरायो, कसैले चोरो सर !” एउटाले उजुरी ग¥यो ।

“कल्ले चोरो तेरो पेन ?” सिर्कनु हल्लाउँदै सर कडकिए ।

“सर ! यल्ले चो¥यो होला !” चोर औंलाले उसलाई नै देखाउँदै मोनिटरले कुरा लायो । “यल्ले त अगि मुङफली पनि चोरेकोथ्यो !”

उता मोनिटरले कुरा लायो । यता उसको जाँघेमा पिसाब झर्ला झर्ला जस्तो भयो ।

“तैँले यसको पेन चोरिस् ?” सिर्कनुले उजुरी गर्नेलाई देखाउँदै सरले उसलाई सोधे । मुङ्फलीको बारेमा भने कुरा गरेनन् ।

थर्थरी काँप्दै उसले मरेको स्वरमा भन्यो–“मैले चोरे छैन सर !”

सरले उसको कुरा पत्याएनन् । मोनिटरलाई झोला चेक गर्न लगाए । झोलामा पेन भेटिएन ।

“त्यसै बोल्छस् ?” सरले मोनिटरलाई हप्काए । र, आदेश दिए–“ल अब सबको झोला चेक गर् !”

आधा पिरियड झोलाहरू खोतल्दैमा बित्यो । तर कसैका झोलामा पनि पेन भेटिएन । उजुरी गर्नेले उल्टै एक सिर्कनु खायो ।

भोलिबाट ऊ भैयाकोमा जानै छोड्यो । त्यसपछि उसले खाजामा बज्यैले स्टीलको पराटमा राख्ने उसिनेको सिन्के चाउचाउ, सुजी वा आलु खान थाल्यो ।

हरेक केटाकेटीहरू मिठाईको मात्र होइन देखेका सबै नयाँ कुराहरूको स्वाद लिन चाहन्छन् । ती निष्फिक्री खेल्न चाहन्छन् । शिक्षकको सिर्कना होइन, ज्ञानको तिर्सना चाहन्छन् । ती डर होइन सुरक्षा र प्रेमको भर चाहन्छन् ।

उसरी, कुनै न कुनै दिन केटाकेटीले चोरी गरेकै हुन्छन् । कुनै बिठ्याइँ वा चोरी नगरिकनै हुर्किने बालक अचानक बूढो हुन्छ । उसले बालापनको अनुभूति नै गर्न पाउँदैन । कृष्ण–कन्हैयाले दही र मख्खन नचोरेको भए वा गोपिनीहरूका वस्त्र लुकाउने बिठ्याइँ नगरेको भए बालापनको परिभाषा आउँदैनथ्यो ।

बालकहरू चोर नै हुन् । तिनले बालापनदेखि ठुलो हुन्जेल पनि चोरिरहन्छन् ।
तिनले आमाबाबाको एकाग्रता चोर्छन् । तिनको सुख–चैन चोर्छन् । तिनको ध्यान चोर्छन । तिनको मन चोर्छन् ।
त्यसै भनिएको होइन रहेछ–आमाबाबाको मन छोराछोरीमाथि ।
बालकहरू हरदम आमाबाबाको मन चोरिरहने चोरहरू न हुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?