ट्रेंडिंग:

>> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

‘लिची गाउँ’मा ‘करोड टिप्दै’ किसान

कृषकहरुले लिची गाउँवाट वार्षिक एक करोड ५० लाख रुपैंयाँ सम्मको कारोवार गर्ने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन । कृषकहरुलाई अझै व्यावसायीक रुपमा लिची उत्पादनमा आकर्षित गराउन कृषि ज्ञान केन्द्रले लिचीको व्यवसायीक उत्पादनका लागि बगैंचा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

गुल्मी, १६ असार
बारीका डिल र छेउँछाउका बगैचा । बोटैभरि फलले नुगेका छन् । त्यो नुगाई बोटमा लटरम्म फलेका लिचीका फलले हुन् । यतिबेला पाकेका राता दानाले सिँगो गाउँ नै राताम्य छ । कृषकहरुलाई बोटमा भर्याङ ठड्याएर तिनै पाकेका राता दानालाई टिप्दै डोका र बोरामा राख्न भ्याईनभ्याई छ । कृषकहरुले त्यही रातादानाका बोटहरुमा डोका बाँधेर लटरम्म फलेका दानाहरुलाई झाँगैसँग टिपेर डोकोमा राखिरहेका छन । दृश्य देख्दा त्यहाँ पुग्ने जो कोही पनि हेरेरै अघाउछन् ।

यस्तो दृश्य देखिने गाउँ ठाउँ हो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत थोर्गा च्युरेक । अर्थात लिची गाउँ । आजभोली त्यस गाउँमा पुग्नेहरु बगैंचा बरीपरि घुम्ने, तस्वीर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन । यस क्षेत्रमा प्रमुख नगदे फलफुल वालीको रुपमा लिची प्रमुख मानिन्छ । यहाँका कृषकहरुले आजभोली परम्पारगत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर बारीमा लिचीका बोटहरु लगाउँदै आएका छन । यहाँको लिची गाउँमा एक घरमा न्यूनतम दश बोटदेखि एक सय बोटसम्म लिचीका बोटहरु रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवाली बताउछन। यतिबेला कृषकहरुलाई जीविको पार्जनका लागि लिची मुख्य आम्दानीको श्रोत बनेको छ ।

व्यापारीहरु लिची लिनका लागि यतिबेला कृषकै बारीमा पुग्ने गर्दछन । यहाँको लिची गुलीयो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्यूरेकको लीचि भनेपछि उपभोक्ताहरुले पनि खोजी खोजी किन्ने गर्दछन । गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म थोर्गाको लिची पुग्ने गर्दछ । यस क्षेत्रमा एक सय भन्दा बढी कृषकहरु व्यासयीक रुपमा लीचि उत्पादनमा लागेका छन । स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण बिक, युवराज ज्ञवाली लिचीका व्यवसायीक कृषकहरु हुन । यी मध्यमा पनि कृष्ण विक लिचीवाट सबै भन्दा बढी आम्दानी गर्ने कृषक हुनुहुन्छ । उहाँले लिची बिक्रिवाट वार्षिक दुइ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन ।

विगत चार वर्षको तुलनामा यस पटक धेरै लिची फलेको स्थानीय परमानन्द ज्ञवालीले बताए । पछिल्लो समयमा लिचीमा समस्या देखिएको छ । बोटहरुमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने र पाक्ने समयमा दाना फुट्ने जस्ता समस्या देखिएको ज्ञवालीको भनाई छ । बादर र अरिंगालका कारण पनि लिची जोगाउन समस्या परेको स्थानीयले गुनासो गरेका छन । यहाँका कृषकहरुले लिची गाउँवाट वार्षिक एक करोड ५० लाख रुपैंयाँ सम्मको कारोवार गर्ने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन । कृषकहरुलाई अझै व्यावसायीक रुपमा लीचि उत्पादनमा आकर्षित गराउन कृषि ज्ञान केन्द्रले लिचीको व्यवसायीक उत्पादनका लागि बगैंचा व्यवस्थापन गर्नु पर्नेमा जोड दिएको छ । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैंचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले जानकारी गराएका छन ।

सन १९९१ मा समाजसेवी स्वर्गीय पंण्डीत डिल्लीराम ज्ञवालीले भारतको कलकत्तावाट वोकेर ल्याएको लीचिको वोट लगाएर च्यूरेकमा लिची खेतीको शुरुवात गरेका हुन । उनकै प्रेरणाले उक्त गाउँमा त्यहाँका मानिसहरुले शुरुमा आफुलाई खानकोलागि बोट रोप्दै रोप्दै जाँने क्रममा अहिले च्यूरेक क्षेत्र सिँगो लिची गाउँमा परिणत बनेको छ । अहिले बगैंचावाट त्यस क्षेत्रमा प्रति किलो ७० रुपैंयामा लिची बिक्रि हुँदै आएको छ । वोटमा लिची हरिया छदै व्यापारीहरु घरघरमा पुगेर थोक मूल्यमा बगैंचा नै किनेर राख्ने गर्दछन । तत्कालिन अबस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्यूरेकमा लिची गाउँ घोषणा गरि लिची महोत्सव समेत गरेको थियो ।

जिल्ला कृषि विकास कार्यालयका तत्कालीन बरिष्ठ कृषि विकास अधिकृत नरहरी शर्मा घिमिरेले पहिलो पटक उक्त गाउँ गएको अवस्थामा बारीका डिलहरुमा लटरम्म फलेका लिचीका रातै बोटहरु देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गरेका थिए । कार्यालयले लिची गाउँ घोषणा गरेर केही सहयोग गरेपछि त्यहाँका कृषकहरु लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन । फलफुल खेतीमा आँपपछिको दोश्रो फलफुल वालीमा लिची पर्ने भएका कारण कृषकहरुले पनि राम्रो आम्दानी गर्दै आएका हुन । हाल जिल्लामा एक सय ७० हेक्टर क्षेत्रफलमा लीचि उत्पादन गरिदैं आएकोमा यो वर्ष ७ सय २० मेट्रिकटन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?