ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

डर

१३ मंसिर २०७७, शनिबार
१३ मंसिर २०७७, शनिबार

आज म डरको कुरा गर्दैछु । तपाईंलाई लाग्ला म कुनै ‘हरर’ फिलिमसिलिमको कुरा गर्दैछु । वा, ठान्नुहोला कुनै भूताहा कथा वाचन गर्दैछु । तर म त्यस्तो कुरा गर्न गइरहेको छैन ।

डर मृत्युबाट जन्मिन्छ । त्यसैले सबैभन्दा डरलाग्दो कुरा त जीवनसँग पो जोडिएको छ । किनभने जीवनसँग मृत्यु जोडिएको छ । जीवनबिना मृत्युको परिकल्पना हुन सक्दैन । जीवन छ त्यसैले मृत्यु छ । मृत्यु छ त्यसैले डर छ ।

मृत्यु जब जीवनसँग जोडिएर आउँछ भने किन डराउने मृत्युसँग ? खासमा कोही पनि ‘सयौं वर्ष बाँच्न पाइन्न कि’ भनी मृत्युसँग डराएको होइन । डर त असमायिक मृत्युको पो हो ! जीवनसँग जोडिएर आउने मृत्यु सामयिक मृत्यु हो । प्राकृतिक मृत्यु हो । सामयिक मृत्युलाई मुक्तिको अर्थमा बुझिन्छ भने त्यो मृत्युसँग किन डराउने ?

त्यसैले प्राकृतिक रुपमा मृत्युको कारणले डर तब मात्र सम्भव छ जब त्यो मृत्यु सामयिक होइन, असामायिक हुन्छ । अप्राकृतिक र अनपेक्षित हुन्छ । जस्तो उदाउँदै गरेको सूर्यलाई खग्रासले निल्दछ । फक्रिदै गरेको कोपिलालाई बतासले लुछेर झार्छ । बग्दै गरेको बतास अनायास हराइजान्छ ।

अहिले कोविड–१९ ले सारा संसारलाई डरको भुङ्ग्रोमा हालिदिएको छ । किनभने कोविड–१९ असामयिक मृत्युको दुन्दुभि बजाउँदै आएको छ । यसले निरीह नेपालीका मनमा पनि पौने एक वर्षदेखि डरको चिसो हालिदिएको छ । संक्रमित र मृतकको संख्या दिन्दिनै बढ्दै जाँदा डरको आकार पनि बढ्दै गएको छ ।

डर त विगतमा पनि थियो । डर कहिले बाढीपहिरोबाट निस्कन्थ्यो । कहिले भूँइचालोको रूपमा आउँथ्यो । कहिले हैजा, प्लेग र अनेकन सरुवा रोगहरूबाट निस्केर ताण्डव मच्च्याउँथ्यो । स्वजनहरूबाट सयौं, हजारौं प्रियजनहरूलाई असमयमै खोसेर लैजान्थ्यो । तर केही समय त्यो डर जीवनमाथि हावी भए पनि अन्ततः जीवन फेरि उठ्थ्यो । डर बिस्तारै पृष्ठभूमिमा हराइ जान्थ्यो । जीवन फेरि आफ्नै लयमा बग्थ्यो ।

जीवनलाई लयच्यूत गराउन खोज्ने डर असमायिक मृत्युको गर्भबाट निस्कन्छ । असमायिक मृत्यु कहाँबाट निस्किन्छ ? के हिउँदमा चल्ने शीतलहर र गृष्ममा चल्ने लूबाट मृत्यु निस्किन्छ ? के बाढीपहिरो, भुइँचालो र रोगव्याधिबाट मृत्यु निस्किन्छ ? पृथ्वीको सौन्दर्य र समीकरणमा तलमाथि त भइरहन्छ तर के त्यतिमै पृथ्वीको गर्भबाट असमायिक र अनपेक्षित मृत्यु निस्किन्छ ?

निस्किदैन । किनभने जीवनसँग स्वभाविक मृत्यु जोडिएर आएजस्तै जीवनको अर्को किनारमा संघर्ष पनि जोडिएर आएको हुन्छ । डार्विन बाजेले पत्ता लगाएको जीवविज्ञानको खोजले त्यसलाई प्रमाणित गरिसकेको छ । मानिसलाई असामायिक मृत्युबाट बचाउने र उसको वंश वृद्घि गर्ने प्रमुख हतियार संघर्षप्रतिको उसको लगाव हो । अनेक अप्ठ्यारा चुनौतिहरूका विरुद्घ निरन्तर संघर्ष गरेर असामायिक मृत्युलाई परास्त गर्न नसकेको भए के मानिस यहाँसम्म आइपुग्थ्यो ?

कल्पना गरौं–मानव जातिकी आदिआमाले निर्जन वनका बीचमा वा हिमालय पर्वतको चिसो काखमा वा अफ्रिकाको तप्त मरुभूमिमा आफ्ना पहिलो छिमलका सन्तानहरूलाई जन्माउन, प्राकृतिक प्रकोप र हिंस्रक पशुहरूबाट बचाउन र हुर्काउन कति संघर्ष गरिन् होली ?

संघर्ष, संघर्ष र निरन्तर संघर्षले मात्रै असामायिक मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ । तर त्यो संघर्ष, त्यो घर्षण र लडाइँ मानव सभ्यता र मानवीय गरिमाको पक्षमा हुनुपर्दछ । त्यसमा चुकियो भने इतिहास नै दुःखको पहाड जस्तो लाग्छ ।

हामीसँग चुकेको दुःखद इतिहास नै प्रचुर मात्रामा छ । मानव सभ्यता विकास भएदेखि यताको आधा समय त मानिसले युद्घमै बिताएको छ र बाँकी अधिकांश समय पनि युद्घको तयारीमै खर्च गरेको छ । त्यो युद्घ खासमा अन्तिम किनारका मानिसहरूको असमायिक मृत्युको लागि थियो । असमायिक मृत्यु वरण गर्न बाध्य पारेर नै तिनलाई डराउन सकिन्थ्यो । डराएपछि मात्रै ती दास बन्न तयार हुन्थे । ती दास बनेपछि मात्रै शासकको सिंहासन सुरक्षित रहन सक्थ्यो । लुटको सम्राज्य बिस्तार भइरहन सक्थ्यो ।

हामी अहिले डरले घेरिएका छौँ । असुरक्षित र असहायजस्ता भएका छौँ । जीवन यात्रामा हिँड्न भर्खरै पाइला उचाल्दै गरेका नानीहरू, बिस्तारै बिस्तारै अस्ताचलतिर हिँडिरहेका बाजेबज्यै र बाबाआमाहरूको स्वास्थ्य र सुरक्षाका लागि तिनका प्रियजनहरू संत्रस्त छन् । दीर्घ रोगसँग लडेर पनि जीवनको लयलाई भत्किन नदिएका हिम्मतिला मानिसहरू समेत डरले आक्रान्त छन् ।

कोविड लागिहाल्यो भने पनि त्यसलाई परास्त गर्न साथ दिने केही छ, कोही छ भन्ने आधारको मृत्युसँगै डरले हामीलाई गाँजेको हो । कोविड लागिहाल्यो भने पनि असमायिक मृत्युको त्यो पञ्जाबाट निकाल्ने अभिभावक छ भन्ने भरोसाको मृत्युले नै हामीलाई संत्रस्त पारेको हो ।

मेरा एउटा साथी छ । कुनै निजी विद्यालयमा शिक्षक । खासमा आख्यानकार र लेखक । दुर्भाग्य के भने ऊ दीर्घ रोगसँग लडिरहेको विरामी पनि हो । आख्यानबाट मानिसलाई जीवनका रहस्यहरूमा घोत्लिन बाध्य पार्न सक्ने क्षमता उसमा छ । अरुलाई आत्मबल प्रदान गरेर जीवन जिउने कला ऊ सिकाउँछ । तर आज ऊ आफै डरले गाँजिएको छ । उसको आत्मबल नै धर्मराएको छ । उसमा पनि कोविड देखिएको छ ।

ऊ खासमा कोविड देखिएर डराएको होइन । संकटको बेलामा साथ दिने अभिभावकको संकट परेकाले ऊ डराएको हो । कैयौं महिनादेखि तलब पाएको छैन । अन्तिम किनारमा उभिइरहेको ऊ, अस्पताल जान सक्ने अवस्थामा छैन । आर्थिक दुरावस्थाले रोक्छ । ‘नसक्नेलाई निःशुल्क उपचार’ भन्ने कुरा त केवल सुनाउनका लागि पो रहेछ । अस्पतालमा आई.सी.यू.को लागि एक लाख रुपैयाँ र फार्मेसीका लागि पचास हजार गरी डेढ लाख रुपैयाँ त शुरुमै जम्मा गर्नु पर्ने रहेछ । अनि प्रतिदिन बीस पच्चीस हजारको उपचार खर्च अलग्गै ! अन्तिम किनारका मानिसका कुरा छोड्नुस्, के यो खर्च औसत नेपालीले बोक्न सक्ने खर्च हो ?

निमुखाहरूको जीवन र मृत्युले शासकहरूको स्वर्गलाई फरक पार्दैन भन्ने अहङ्कारी रवैया सरकारले देखाएको छ । मानिसको अन्तिम अभिभावक सरकार नै हो । सरकारले आफूलाई नागरिकको अभिभावक साबित गर्नु पर्दछ । तर कहाँ छ सरकार ? सरकार त नश्लीय चिन्तन र नाताव्यूहमा हलचल गर्न पनि नसक्ने गरी जकडिएको छ । शासकीय वृत्तबाट निस्केर आएका समाचार, तथ्य र सत्य देख्दा र सुन्दा दिगमिग लागेर आउने वातावरण बनेको छ ।

यो वातावरणको धरातलमा उभिएर जीवनप्रति निश्चिन्त हुन को सक्छ ? जीवनको सौन्दर्यलाई वाणी दिन कसले सक्छ ? असामायिक मृत्युलाई कसले मार्न सक्छ ? डरलाई कसले मार्न सक्छ ?

डरलाई मार्न पहिले डरको स्रोत चिन्नु पर्दछ । पिँधका मानिसहरू शताब्दीयौँदेखि शासकको गोर्खे लौरी र राजदण्डको सास्ती सहेर पनि निरन्तर संघर्षको जीवन नदीमा बग्दै आएका छन् । खासमा अनेकन प्राकृतिक विपत्तिहरू र कोविड–१९ तिनका लागि डरको स्रोत होइनन् । असमायिक मृत्युको संभावना पनि डरको स्रोत होइन । त्यसलाई त पन्छाउन सकिन्छ । डरको स्रोत अन्त कहीँ छ । र, स्रोत नचिनेसम्म डरलाई मार्न सकिदैन ।

डर कहाँबाट आइरहेछ ?

यो प्रश्नको उत्तर ठम्याउन नसकेर नै हामीलाई डरले गाँजेको हो । खासमा डर शासकको चिल्ला, चिप्ला र झेली भाषणबाट आइरहेछ । सत्ता र शक्तिका लागि तिनका बीचमा चलिरहने घृणास्पद नौटंकीबाट आइरहेछ । अन्तिम किनारको मानिसलाई तुइनमा झुण्डयाएरै ‘हजार वर्ष शासन गर्ने’ लज्जास्पद सत्तामोहबाट आइरहेछ ।

यो देशका दुःखीया मानिसहरूले जुन दिन डरको यो स्रोतमाथि विजय प्राप्त गर्नेछन् त्यही दिनबाट यो देशका विद्वानहरू असमायिक मृत्युको चिन्तनबाट र दुःखार्तहरू त्यसको चिन्ताबाट मुक्त हुनेछन् । के आगामी चुनावसम्म अन्तिम किनारका मानिसहरूले डरको यो स्रोत चिन्न सक्नेछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?