ट्रेंडिंग:

>> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी

राज्यद्वारा वेपत्ता र मारिएकाका परिवारलाई न्याय दिन माग

१ फाल्गुन २०७९, सोमबार
१ फाल्गुन २०७९, सोमबार

बुटवल,१ फागुन । माओवादीको सशष्त्र द्वन्द्वका क्रममा राज्यद्वरा वेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारलाई न्याय दिनुपर्ने सरोकारवालाले माग गरेका छन् । २८औं जनयुद्ध दिवसको अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बुटवलमा गरेको अन्तरक्रियामा विभिन्न दलका नेताहरुले सशष्त्र द्वन्द्वको जगमा नेपालमा राजतन्त्रको अन्तय भई संघीय लोकतान्त्रिक गणतन्त्र सथापना भएपनि युद्धमा मारिएका र वेपत्ताको परिवारका माग सम्बोधन गर्न सरकारले नसकेको बताए ।
संविधानसभा सदस्य सावित्रा दुराले सशष्त्र युद्धको बेला राज्यद्वारा वेपत्ता व्यक्तिहरुको सार्वजनिक गर्न माग गरेकी छन् । युद्धका क्रममा एक हजार ९६ जना वेपत्ता भएको पार्टीमा तथ्यांक रहेको उनले दावी गरिन् । आफ्ना पति अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पुर्ण पौडेल २०५९ साल बैसाख १३ गतेदेखि वेपत्ता भएको उल्लेख गर्दै उनले दुराले वेपत्ताहरुको अवस्था सार्वजनिक नहुंदा परिवारजन पीडामा बांच्न वाध्य भएको बताइन ।
‘राज्यले वेपत्ताको कि सास दिनुपर्‍यो कि लाश दिनुपर्‍यो’–दुराले भने–‘एकजना हैन दुईजना हैन झण्डै एघार सय जना नागरिक वेपत्ता छन्, यति ठूलो संख्यामा देशका नागरिक वेपत्ता हुंदा उनीहरुका परिवारप्रति सरकार संवेदनशील हुनुपर्दैन ?’
नेतृ दुराले वेपत्ता व्यक्तिका परिवारहरु जिविकोपार्जन,शिक्षा दिक्षा र रोजगारी जस्ता वहुआयामिक समस्याबाट गुज्रिन वाध्य भएको बताइन ।
सशष्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपनि उनी नङग्रा विनाको बाघ जस्तै खोक्रो भएको टिप्पणी गर्दै उनी नेतृत्वको सरकारले वेपत्ता र शहीद परिवारका समस्या समाधानमा चासो नराखेको बताइन ।
माओवादी केन्द्र संसदीय भासबाट बाहिर आएर सबै पुर्व माओवादीहरु एक भएर वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापनाबाट मात्र नागरिकका समस्या समाधान हुने बताइन ।
नेपाली सेनाबाट पति मारिएकी बुटवलकी जया पौडेलले माओवादी युद्धमा मारिएकालाई सरकारले राष्ट्रिय शहीद घोषणा गरी सम्मान दिनुपर्ने बताइन् ।
सरकारले दिएको १० लाखले युद्धमा ज्यान गुमाएकाको परिवारको जिविकोपार्जन हुन नसक्ने उनले गुनसो गरिन् । ‘सरकारले शहीद परिवारको जिविकोपार्जन, रोजगारी र बच्चाहरुको शिक्षादिक्षामा कुनै चासो दिएको छैन’–उनले भनिन् ।
कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एवं पुर्व लुम्बिनी इन्चार्ज बसन्त श्रेष्ठ,रुपन्देही यन्चार्ज शरद वल,िमाओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जीसी, नेकपा एमालेका नेता डा. बालकृष्ण चापागाई, ,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, लेखक दिल साहनी लगायतले बोल्दै माओवादी सशष्त्र युद्धमा ज्यान गुमाउने र वेपत्ता हुनेहरुका परिवारको जिविकोपार्जन, रोजगारी लगायतका विषयमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?