सरकारी नीति फितलो भयो भने तरकारी बेच्नेहरूले पनि देश हल्लाउँछन् । संघीय राजधानी काठमाडौँको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमा त्यस्तै भयो । उत्पादक किसानले बेच्ने मूल्यभन्दा तेब्बर बढी मूल्य लिएर बेचिएको प्रमाणित भएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोलीले विल विजक माग गर्दै कारबाही प्रक्रिया थालेको थियो । तर, तरकारीमा बिचौलियाको भूमिका खेल्नेहरूले अबरोध गरे ।
भदौ पहिलो दिनदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएको छ । ७७ ओटै जिल्लामा जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ गरेका छन् । नयाँ मुुलुकीसंहिता कार्यान्वयनका लागि ७७ जिल्ला अदालतले जनचेतनामूलक, प्रचारमूलक, सन्देश र सूचनामूलक कार्यक्रम गरी मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरे । कानुन व्यवसायी, प्रहरी र सरकारी वकिलको कार्यालयहरूसँग जिल्ला अदालतले
नेपालीमा एउटा भनाइ छः रक्षक नै भक्षक । रक्षा गर्ने जिम्मेवारी लिएको मानिसलाई रक्षक भनिन्छ । रक्षा गर्ने जिम्मेवारी लिएबापत सरकारले उनीहरूलाई तलब दिन्छ । लत्ता कपडा दिन्छ । बाह्र महिना काम गरेबापत तेह्र महिनाको तलब पाउँछ । बिदा सुविधा पाएको हुन्छ । उसको सुरक्षा वापत जीवन बिमा, दुर्घटना बिमा, औषधोपचार, सञ्चयकोष र सेवानिबृत्त भएपछि परिवारको
हिन्दु संस्कारमा गरिने एउटा कर्म नाग पूजा हो । साउन महिनाको शुक्ल पञ्चमीका दिन यो पूजा सम्पन्न गरिन्छ । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छ । प्रकृतिमा यसको अहम् महत्व छ भनेर पूजाको माध्यमबाट सबैमा जानकारी गराउँछ । बैज्ञानिकहरूका अनुसार सर्पले बायुमण्डलमा रहेको
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संरचनालाई नयाँ ढंगबाट अगाडि बढाउने नीति बनाएको छ । पार्टीमा पनि रहने र लाभवाला पदमा पनि रहने जुन नीति रहेको थियो त्यो अब तोडिने भएको छ । सरकार, संसद र स्थानीयतहमा रहेर जिम्मेवारी लिएकाले पार्टीको कुनै पनि कमिटीको कार्यकारी पदको जिम्मेवारी नपाउने भएका छन् । सचिवालय बैठकले
(सम्पादकीय)वन दिवस मनाउँदा सोंच्नैपर्ने कुरा आज वन दिवस हो । बैज्ञानिकहरूका अनुसार मानिसको जीवन वनबाट विकसित भएको हो । बुटवलमा पाइएको रामापिथेकसको दन्तले पनि यो कुरा प्रमाणित गरेको छ । रामापिथेकस कुनै शहर बजारमा नभएर वनमा पाइनु नै वनसँग जोडिएको एउटा ज्वलन्त प्रमाण हो । वानरबाट नर बन्ने क्रममा जब मानिसले दुई खुट्टाले टेकेर
बर्षा शुरु भयो भने नेपालका अधिकांश पहाडी तथा हिमाली बस्तीहरु पहिरोको चपेटमा पर्छन् भने तराईका भूभागमा बाढीको प्रकोपले कतिखेर कहाँ डुबानमा पर्छ भन्ने सन्त्रास फैलने गरेको हुन्छ । केही दिन देखि लगातार परेको बर्षाले दाङको ग्वारखोलामा बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ
त्रिबेणी सुस्ता गाउँपालिका अहिले प्रदेशको विभाजनमा नम्बर चार प्रदेशमा पर्न गएको छ । दूरीको हिसावले सायद यो क्षेत्र राजधानीबाट सबैभन्दा टाढा परेको छ । यो प्रदेश विभाजनपछिको भागबण्डा हो । तर, समय समयमा सुस्ताको नाम उठिरहन्छ । नारायणी नदी पारी र भारतको सीमानासँग जोडिएकोले बेलाबेलामा सुस्ताबासीहरु भारतीय प्रहरीको कोपभाजनमा पर्ने
नेपालमा मात्र हैन, विश्वमै कुनै पनि कारणबाट आरोप लागेका, अपराधमा संलग्न भएका मानिसहरुलाई सरकारले पक्राउ गरी शुरुमा प्रहरी हिरासतमा र अदालतमा मुद्धा चलेपछि कारागारमा राख्ने गरिन्छ । राजनैतिक परिवर्तनका खातिर काम गरेका देखि चोरी, डकैती, हत्या, अपहरणमा संलग्न भएकाहरुलाई कारागारमा राख्ने गरिन्छ । भनिन्छः कारागार भनेको सुधार केन्द्र हो ।
मुख्य राजमार्ग तथा भित्री सडकहरुलाई ध्वनीरहीत क्षेत्र बनाउने कुरा केही महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा कुरा उठ्ने गरेका थिए । केहीमा लागू पनि गरियो । काठमाडौँ, बिराटनगर, पोखरा, नारायणगढ आदि शहरहरुमा दिनमा होस् वा रातीमा गाडीलाई हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । के कति पालना भएको छ यो त सम्बन्धित निकायले