ट्रेंडिंग:

>> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च

त्यागी मन

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

रागलाई जीवनको सुहाग ठानेर रङ्मगाईरहेको अवस्थामा त्याग शब्द सुन्दै असहज लाग्ने गर्छ । त्यसो त कहिलेकाहीँ त्यागका कुरा नगरिने कहाँ हो र ! रोकेर रोक्न नसकिने, छेकेर छेक्न नसकिने मलमूत्र जस्तै त्यागलाई त्यागको उपमा दिएर काम चलाइन्छ । उडेको सातु पितृका नाममा, हराएको गाई सूर्यलाई दान जस्ता कुराले समाजमा रहेको त्याग शून्य अवस्थाको खुलासा गर्छन् । ज्ञानलाई व्यवहारमा उतार्न नसकेपछि व्यक्ति आफैमा एक हँस्सी पात्र बन्दो रहेछ । भावी सन्तति संस्कारित बनून् भनेर कैयौँ शास्त्र ग्रन्थहरू लेखिएका छन् । ती शास्त्र ग्रन्थहरूको व्याख्या गर्न ब्राह्मण पुरोहित खटिएका छन् । तर ती खटिने व्यक्ति नै अभावग्रस्त देखिनुले त्याग संस्कारमा ठूलो खडेरी देखिएको छ । समाजमा गरिने साना ठूला यागयागादि संस्कार पुस्तान्तरण गर्ने निकै राम्रा कडि हुन्, उत्तम अवसर पनि हुन् । सञ्चार माध्यमले आर्थिक मन्दीका कुरा अलापिरहे पनि व्यक्तिमा मानसिक मन्दी नछाएसम्म भौतिक मन्दी पेलिँदो रहेछ । त्यसैले यज्ञहरू भइरहेका छन् । यो एक सामाजिक विवेच्य सन्दर्भ हो ।

समाजमा गरिने यागादिको सानाठूला भूमिकामा म पनि बोलाइन्छु । श्रेयो हि ज्ञान अभ्यासाज्ज्ञानाद्ध्यान विशिष्यते । ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिनिरन्तरम् ।। अर्थात् ज्ञान बिनाको अभ्यास क्रियाभन्दा ज्ञानसहितको अभ्यास श्रेष्ठ हुन्छ । योभन्दा ध्यान अझ माथि छ । ध्यानभन्दा माथि कर्मफल त्याग अर्थात् निष्काम कर्म अझ श्रेष्ठ छ । यसले त निरन्तर अनन्त शान्ति दिन्छ । जस्ता कुरा व्याख्या गर्नसमेत जानेको छु । यज्ञान्तमा पुष्पाञ्जली गर्दा द्यौः शान्तिः … कण्डिकाले १२ किसिमका शान्तिको कामना गर्दै दुनिञाका ब्रह्मरन्ध्रमा जलाविशेष गर्ने म आफ्नै शान्तिको अत्तोपत्तो नभएर हरबखत चञ्चल रहन्छु ।

अलि टाढाका छिमेकिको रुद्राभिशेक पूजामा निम्तिएको थिएँ । त्यहाँ देवी पुजनको जिम्मा पाएको थिएँ । सप्तशती पाठ अर्थात् चण्डीपाठ, भुक्तिका लागि चण्डी मुक्तिका लागि गीता भन्छन् । सो पाठ यजमानका लागि गरिने भए पनि सांसारिक रागमा रुमल्लिएको व्यक्ति म सो काममा छनोट हुनु शास्त्रसम्मत नै थियो । पटक पटक पाठ गरिएको चण्डीको पाठ सर्सरी चल्थ्यो । बीचबीचका कैयौँ श्लोक कण्ठस्थ पनि भएकाले मेरा फुर्सतिला आँखा पुस्तकमाभन्दा निम्तारुले चढाउने फलफूल र भेटीमा दगुर्थे ।
यज्ञको समापनपछि आफ्ना फाँटका भेटी फलफूल एकठ्ठा गर्न लागेँ । घरसम्म पु¥याउँदा किचिने थिँचिएर बिग्रने खालका परिपक्क गलित फलफूल त्यहीँ प्रसादका रूपमा बाँडेर आफ्नो त्यागको उदाहरण प्रदर्शन गरेँ । हरिसाल केरा श्रीमती छोराछोरीसमेतले नाकनिक गर्ने भएकाले त्यो पनि त्यागकै महलमा प¥यो ।

मेरा घर नजिकै रहेको दुर्गा मन्दिरमा नवाह चलिरहेको थियो । यस यज्ञका लागि ल्याइएका तर नचढाइएका उभ्रेका फूल सो देवी यज्ञका लागि लैजाने भएँ । फूल राख्ने झोला ठूलो थियो । नियमित रूपमा फलफूल चामल बोक्ने झोला भरिएकाले केही बचेकुचेका फलफूलको पोको मन्दिर लैजाने फूलका झोलामा राखेँ । झोला अझै खाली थियो । किचिन्छन् कि भनेर प्रसादका रूपमा वितरण गरेका अङ्गुर र केही मुङ्ग्रे केरा सम्झेर झिनो पछुतो लाग्यो । धन्यै हो त्यो त्यागपछिको पछुतो !

यजमानकहाँ जाँदा रित्तो झोला, पहेँला टालाटुलीमा बेह्रिएको एउटा पातलो पुस्तक, तर फर्कँदा विभिन्न कुटुराकुटुरीका भारी ! जति गह्रौँ हातको भारी उति फुरुङ्ग फूलका थुङ्गा जस्तो हलुङ्गो मन । काँधमा गह्रौँ झोला, हातमा दुर्गा मन्दिरका लागि ल्याएको फूल थियो । फूल मात्रै त त्यति के गह्रौँ हुन्थ्यो र । त्यहाँ मिसमास फलफूलको कुटुरो पनि थियो । त्यसैले कुटुरालाई हातको देब्रे दाहिने आलापालो गर्दै हिँडिरहेको थिएँ ।
दक्षिणाको खाम हेर्न बाँकी नै थियो । बटुलिएको भेटी भने लगभग अनुमान लगाए पनि यकिन गर्न सो पनि बाँकी नै थियो । नभए एकै शोक भए सय शोक भने झैँ मनमा थुप्रै कुरा खेलिरहेका थिए । परिश्रमको आम्दानीको दसौँद अर्थात् १० प्रतिशत दान गर्नू भन्छन् । यो कुरा निकै पेचिलो बनेको थियो । श्रमको रकम त दक्षिणा सिदा हो । त्यो भेटीको पैसा त उसै आएको हो । उसै आएको फुसै जान्छ भन्छन् । यो भनाइले झसक्क झस्कायो ।
अँ, अचालका यजमान पनि कम्ताका छन् र । यता भेटी राम्रै परेको देखे भने उता दक्षिणा कम गर्ने गर्छन् । यस तर्कले दक्षिणा अनुमानभन्दा कम भए पनि चस्को पर्ने भएन । अनि भेटी पनि श्रमको कमाइ क्षेत्रअन्तर्गत नै पर्ने भयो । आयकरबाट जोगिन आफ्नो तलबको रकम करमुक्त विभिन्न कोषमा जम्मा गरे जस्तो । धन्य हो मेरो शान्तिकामी बुद्धि !

यस्तै कुरा सोच्दासोच्दै म दुर्गा मन्दिरको नजिकै आइपुगेँ । मेरो घर पनि मन्दिर नजिकै भएकाले पहिले मन्दिर जाने कि घर जाने भन्ने कुरामा दोमन भएँ । घर पुगेर गह्रौँ झोला राखेर छरितो भई मन्दिर जाँदा राम्रै हुन्थ्यो । तर फूल देखेपछि जहानले यता कलशमा उता माला उन्ने भन्न थाले भने उहाँदेखि मन्दिरलाई अर्पेर ल्याएको कुरा सङ्कल्प भङ्ग हुने भयो भन्ने पिरलो एकातिर । त्यागको नमुना देखाउँ भनेर फूलका झोलामा राखेर ल्याएको फलफूल पनि मन्दिरमै दिउँ भनेर गरेको मन सङ्कल्प पनि भङ्ग हुन सक्ने अर्कोतिर ! म पो यताउता हिँड्दा मनग्गे फलफूल खाने गर्छु । जहानका लागि त यो सुविधा कहाँ ? अनि फलफूलसहित फूल चढाउने कुरा भङ्ग हुने ठानेर मन्दिरतिरै अघि बढेँ ।
एक मनले भन्दै थियो— हेर्, आफूले पालनपोषणको जिम्मा लिएका मान्छेलाई तृप्त नपारी बेसल्लाहले यी फल र फूल लिएर मन्दिर जाँदै छस् । यसको प्रतिवाय तैँले भोग्नै पर्छ । तँ आत्ममारा होस्, स्वार्थी होस्, अधर्मी होस् । अनि अर्को मन भन्दै थियो— हेर्, कुनै कुरा देखेपछि मात्रै कामना, आसक्ति जन्मन्छ । जब जहानले देख्दै देखेका छैनन् भने उनीहरू दुःखी हुने कारण नै के छ ? फेरि उनीहरूका लागि असली असली मौसम, स्याउ, ठूलाकोसे केरा, सुन्तला त बोकेको झोलामा छँदै छन् । अनि केको प्रतिवाय ? बरु उनीहरूका तर्फबाट पनि त्याग भयो । परोक्ष त्याग । हिँड अलि दह्रा खुट्टा गराएर ।

मन्दिरको प्रवेशद्वारनिरै पुग्दा मुङ्ग्रे केराको झझल्को आयो । त्यो केरा घर लैजाने झोलामा राखेँ कि मन्दिरमा दिने फूलको झोलामा राखेँ ! अब मन्दिरको प्रवेशद्वारमा कुटुरो फस्टाएर केरा बेग्ल्याउन पनि उचित भएन । ठूलो हिम्मतसाथ यो फूलसमेत भएको झोलामा जे छ, जति छ सो सबै मन्दिरलाई दिने निधो गरेँ । एक अमिलो त्याग !

मन्दिरमा फूलसमेतको झोला दिएँ । फूलको अभाव रहेछ । नचिताएको अवस्थामा फूल आएकोमा सबै जना खुसी भए । त्यो खुसीमा अझ खुसी थप्नका लागि मलाई केही कुरा थप्ने सकसक भयो । अनि भनेँ— यो फूलभित्र फलफूलको पोको पनि छ । मन्दिरका जिन्सी राखनधरन गर्ने स्वारेद्वारे भँडारे सन्तोषीमाताका भक्त रहेछन् । शुक्रवार भएकाले उनीहरूले सुन्तला, स्याउ लगायतका अमिला फल त्यस दिन नछुने रहेछन् । अनि त त्यो फलफूलको पोको निकालेर भण्डार कोठासम्म मैले नै पुर्या उनुपर्योन । कुटुरो बाहिर निकालेँ । त्यहाँ मुङ्ग्रे केरा थिएन । अमिलो त्यागको भिभिर्को पनि मेटियो । ऐना हेरेको भए मेरो मुख साँच्चै उज्यालो भएको थियो ।
त्यसरी उसै आएका कुरा त्याग्न त यो महाभारत छ भने श्रमकै आर्जन कसरी त्याग्न सकिएला ? तै पनि त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पये अर्थात् हे गोविन्द तिमीले दिएको कुरा तिमीलाई नै दिँदैछु भनेर भन्न छाडेको छैन । त्यागको पहिलो पाइला हो, क्रमशः बढ्दै जाला नि !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?