ट्रेंडिंग:

>> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस

साइन्सोत्सव

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

“त्यो पृथ्वीको कुनै एक शहर थियो । किनकि अन्य ग्रह, उपग्रहमा शहर भएको तथ्य पत्ता लागेको छैन । यस ब्रह्माण्डका अन्य ग्रह–उपग्रह र यदि अर्को ब्रह्माण्ड पनि अस्तित्वमा रहेको खण्डमा सो ब्रह्माण्डका ग्रह–उपग्रहमा जीव तथा मानव अस्तित्व रहेको कुरा हालसम्म खोजको मात्र विषय हो । तसर्थ निःसङ्कोच त्यो पृथ्वीको कुनै एक भू–भागमा अवस्थित भव्य शहर थियो । शहर भव्य भएपनि त्यो कुनै देश, उपदेश वा प्रदेशको राजधानी थिएन । हरेक भव्य शहरहरू राजधानी हुनै पर्ने भन्ने कुरा दुनियाँका कुनै पनि देशको संविधानमा रहेको, कुनै दफाको उपदफा र त्यसको अनुसूचीमा उल्लेख भएको कुरा सुनिएको छैन । राजधानी नभएरै पनि उक्त शहर राजधानी भन्दा कुनै पनि हिसाबले कम नभएको विश्वभरका सम्पूर्ण देशका राजधानी बासीहरूले स्वीकार गरिसकेका छन् भन्ने सुनिन्थ्यो ।

अझ कतिपयले त त्यो शहर विश्वका धेरै देशका राजधानी शहरहरू भन्दा बिसौँ गुणा भव्य रहेको समेत दाबी गर्ने गरेको कुरा बेलाबेलामा सुन्ने गरिन्छ । त्यो शहरको नाम पृथ्वीमा मानव सभ्यताको सुरुवाती अवस्थाको कुनै एक लोकप्रिय भाषाको लोकप्रिय शब्दबाट राखिएको थियो । तर कालान्तरमा उक्त भाषा लोप भएपछि उक्त शहरको नाम बेनाम शहर राखिएको भन्ने तथ्य बेनाम शहरका बुढापाका, इतिहासविद् तथा भाषाविद्हरू बताउँछन् । यद्यपि शहरबासीहरू मध्ये केही भने यो नामप्रति असन्तुष्ट थिए नै ।

शहर भव्य हुनुको कारण चाहिँ त्यसको भौतिक संरचना थियो । भन्नाले सडक, बिजुली, अत्याधुनिक भवनहरू, कलकारखाना, शिक्षा, सुरक्षा व्यवस्था लगायतका कुराहरू । तर यी मात्र भव्यताका कारण भने अवश्य थिएनन् । खासमा भव्य हुनुमा बेनाम शहरको मुख्य पक्ष थियो यन्त्रमान्छेहरूका मान्छेभन्दा धेरै अनुपातको उपस्थिति । पृथ्वीभरका देशका राजधानी शहर र राजधानी सरहका अन्य कुनै पनि शहरहरूमा बेनाम शहरको अनुपातमा यन्त्रमान्छेहरूको उपस्थिति र प्रयोग नभएको कुरा सर्वत्र चर्चाको विषय थियो । साथै यन्त्रमान्छेहरूको प्रयोग सम्बन्धी अध्ययन गर्ने विश्वव्यापी संस्था नन् ह्युमन् हुमन् बोर्डले समेत सो कुराको पुष्टि गरिसकेको थियो । नन् ह्युमन् हुमन् बोर्डको पछिल्लो अध्ययन अनुसार विश्वका अन्य शहरहरू पनि बेनाम शहरभन्दा केही मात्र तल रहेको र व्यापक रूपमा यन्त्रमान्छेहरूको निर्माण र प्रयोगमा अगाडि बढिरहेको समेत पुष्टि भएको थियो ।

बेनाम शहरका मान्छेहरू घोर अल्छी थिए, अल्छी यसकारण थिए कि प्राय सबै काम यन्त्रमान्छेहरूले गर्थे । निर्माण, यातायात, उद्योग, सामान्य अवस्थामा रहेको कृषि क्षेत्र, बैङ्क, पसलहरू, स्वास्थ्य क्षेत्र, घरायसी कार्य र यहाँ छुटेका सबै क्षेत्रहरूमा यन्त्रमान्छेहरू श्रम गर्थे ।
यन्त्रमान्छेहरूको प्रकृतिबारे एकछिन पछि कुरा गरौँला अहिले शहरको परिवेशबारे कुरा गरौँ । शहर कस्तो थियो भने सुव्यवस्थित रोडलाइट जडित सफा सडकहरू, सम्पूर्ण क्षेत्रको व्यापक विकाश, कलकारखानाहरूबाट निस्कने काला, सेता धुवाँका मुस्लाहरूले सगरको मुहारसँग गरिरहेको सहवासको अविच्छिन्न शृङखला प्रायः यस्तै थियो ।

अँ अब यन्त्रमान्छेहरूको प्रकृतिबारे कुरा गरौँ । यन्त्रमान्छेहरू कुनै साधारण, कुनै मध्यम र कुनै विशिष्ट प्रकृतिका थिए । अझ भनौं भने घ, ग, ख र क श्रेणीमा विभाजित थिए । श्रेणीअनुसार तिनका काम, पोसाक र तिनले प्रयोग गर्ने गाडी लगायतको प्रकृतिसमेत फरक थियो ।
‘घ’ श्रेणीका यन्त्रमान्छेहरूको पोसाक अति सामान्य स्तरको थियो र काम पनि अति सामान्य । जस्तो सडक निर्माणमा सामान्य मजदुरी, स्कुल, अस्पताल तथा कलकारखाना, उद्योगहरूमा परिचरको काम, घरका सामान्य काम झाडुपोछा, भाँडा माझ्नु, कपडा धुनु, स्त्री गर्नु यस्तै यस्तै । समग्रमा अति सामान्य काम जो अति सामान्य मान्छेले समेत गर्न सक्छ । यी यन्त्रमान्छेहरूका लागि सामान्य स्तरका पुराना गाडीहरूको सुविधा थियो र त्यो पनि सामूहिक रूपमा प्रयोग गर्नुपर्थ्यो । यिनीहरूका लागि दिन, हप्ता, महिनाभरको आवश्यकता अनुसार निर्देशनको प्रोग्रामिङ् सेट्अप गर्नुपर्थ्यो र सोही अनुरूप यिनीहरू अविराम श्रम गर्थे । यिनीहरू सामान्य विद्युत् सेवनबाट परिचालित हुन्थे दैनिक २ देखि ३ युनिट । शहरभरका घ श्रेणिका यन्त्रमान्छेहरूले यो भन्दा बढी विद्युत् खपत गर्न त सक्थे तर त्यसको अधिकार तिनलाई थिएन ।

‘ग’ श्रेणीका यन्त्र मान्छेहरू प्रायजसो पसलहरूमा सामान विक्री गर्ने, कम्पनीहरूमा सहयोगी स्तरको काम गर्ने तथा डेकोरेसन, घर, सडक निर्माणमा घ श्रेणीहरूको कार्य विवरण राख्ने लगायतका कामहरू गर्थे । तिनले स्वचालित रूपमा काम गर्न त सक्थे तर त्यसको अधिकार उनीहरूसँग थिएन । ख वर्गकाले सेटअप गरेको निर्देशन अनुरूप काम गर्नुपर्ने उनीहरूको बाध्यता थियो । यिनीहरूको पोसाक घ श्रेणीका यन्त्र मान्छेहरूको भन्दा केही स्तरीय थियो । गाडी सुविधाको कुरा गर्दा ग श्रेणिका यन्त्रमान्छेहरूलाई करिब ४ देखि ६ जनालाई एउटा गाडीको सुविधा थियो । यिनीहरूलाई करिब ४ देखि ५ युनिट बिजुली खपत गर्ने अधिकार थियो । यद्यपि त्यो आवश्यकता भन्दा निकै न्यून थियो ।
ख वर्गका यन्त्र मान्छेहरू प्राय उच्च स्तरको काम गर्थे । उनीहरूको पोसाक लगभग क श्रेणीका यन्त्र मान्छेहरूको जस्तै देखिन्थ्यो तर उस्तै थिएन । ख र क श्रेणिका यन्त्रमान्छेहरूले लगाउने पोसाकको गुणस्तरमा केही फरक भने थियो । यिनीहरू उच्च पदभार सम्हाल्ने गर्थे, कम्पनी, विभाग तथा विभिन्न संस्थानहरूमा प्रमुखको काम सम्हाल्थे र स्वचालित भएकाले आवश्यकता अनुसारको निर्णय लिन समेत अधिकार प्राप्त थिए तर यिनीहरूले सम्पूर्ण कार्य विवरण भने दुरुस्त क श्रेणिका यन्त्रमान्छेहरूलाई बुझाउनै पर्थ्यो । यिनीहरूले १० देखि १२ युनिट विद्युत् खपत गर्न पाउँथे जुन लगभग आवश्यकता अनुरूप नै थियो । अझ कुनैकुनै बेलामा बोनस स्वरूप २–४ युनिट थप विद्युत् समेत खर्च गर्न पाउँथे । यिनीहरूलाई व्यक्तिगत सवारी साधनको सुविधा थियो तर चालक सुविधा भने थिएन । कहिलेकाहीँ आवश्यकता अनुरूप समकक्षी तथा सहयोगीहरूलाई समेत लिफ्ट दिनुपर्ने कुरा उनीहरूको प्रोग्रामिङ् टुल्सको डिसिप्लिन ब्रान्चमा प्रस्ट उल्लेख थियो ।
अब भने कुरा आउँछ ‘क श्रेणीका यन्त्रमान्छेको । यस श्रेणीका यन्त्र मान्छेहरू पूर्णतया स्वचालित थिए र यिनीहरूको पोसाक महँगो र उत्कृष्ट स्तरको हुन्थ्यो । यिनीहरू आवश्यकता अनुसारका सम्पूर्ण प्रोग्रामिङ्हरू सेटअप गर्थे र तल्ला श्रेणीका यन्त्रमान्छेहरूलाई नियन्त्रणमा राख्थे । तल्ला श्रेणीका यन्त्रमान्छेहरूको प्रोग्रामिङ् हेरफेर तथा उनीहरूबारे ख श्रेणिबाट प्राप्त निर्देशन अनुरूप विभिन्न आवश्यक कार्यहरूको योजना तर्जुमा तथा निर्देशन गर्थे । यिनीहरूलाई चालकसहितको उच्च सुविधायुक्त आधुनिक गाडीहरूको सुविधा थियो । क श्रेणिका यन्त्र मान्छेहरू श्वास फेर्ने मान्छेहरूको सामीप्यमा रहन्थे र मान्छेका निर्देशनहरूलाई सुन्थे, लागेका सुझावहरू पेस गर्थे र मान्छेका अन्तिम निर्णय अनुसार कार्य गर्थे ।

बेनाम शहरका सबैजसो मान्छेहरू विलासी जीवन जिउँथे र अधिकांश अस्वस्थ समेत थिए । उनीहरू प्रायजसो अस्पताल जाने–आउने काममा व्यस्त हुन्थे । बाँकी समयमा मन लाग्यो भने यन्त्रमान्छेको सहयोगमा व्यायाम गर्थे । अन्य समय सिनेमा जाने, टेलिभिजन हेर्ने, पुस्तक पढ्ने, जुवातास खेल्ने, मदिरा सेवन गर्ने गर्दथे । हरेक परिवारमा माथि उल्लेख गरिएभन्दा फरक प्रकृतिका यन्त्र मान्छेहरू पनि थिए । जसले मान्छेहरूका आवश्यकता अनुरूप अङ्गरक्षकको कार्य, खाना बनाउने, तथा खान अल्छी मान्ने मान्छेहरूलाई खाना खुवाइदिने, नुहाइदिने, कपाल कोरिदिने, शृङ्गार गरिदिने लगायतका सबै काम आदेश अनुसार गर्दथे ।

बेनाम शहरमा पछिल्लो समयमा त सिनेमा, संगीत, साहित्य तथा खेलकुदमा समेत यन्त्रमान्छेहरूको प्रयोग गरिएको थियो । सिनेमाको छायाङ्कन, निर्देशन, अभिनय तथा सम्पादन लगायतका सबै काममा यन्त्रमान्छेहरूले उल्लेख्य कार्य प्रस्तुत गरेका छन् भन्ने खबर बेलाबेलामा अखबारहरूमा पढ्न पाइन्थ्यो । त्यस्तै गीत रचना, संगीत, एरेन्ज, रेकर्डिङ, गायन तथा मिक्सिङ् समेत गरिरहेका यन्त्रमान्छेहरूको कार्य अत्यधिक लोकप्रिय भइरहेको कुरा सुनिने गरेको थियो ।

र त्यस्तै साहित्य र खेलकुद क्षेत्रमा समेत भैरहेको थियो । यद्यपि सिनेकलाकार, निर्देशक, संगीतकर्मी, गायक, साहित्यकार तथा खेलाडीहरू जो बेनाम शहरमा स्थापित र चर्चित थिए उनीहरूले भने यो कार्यको खुलेर विरोध, धर्ना तथा प्रदर्शन गरिरहेका थिए । तर सर्वसाधारण दर्शक, श्रोता, पाठक समग्रमा शुभचिन्तक तथा उपभोक्ता भनौँ न, ती भने यन्त्रमान्छेहरूका सिर्जना, निर्माण र प्रस्तुतिकै पक्षमा थिए । शहरमा धुलो कम भएपनि धुवाँ तथा विषादीयुक्त ग्याँस तत्त्वको प्रभावले श्वास फेर्ने जीवहरूको अवस्था दयनीय बनेको थियो तर यो समस्या बेनाम शहरको मात्र थिएन बरु यो त विश्वभरको चुनौती पो बनिरहेको थियो ।”

० ० ० ०

मैले कथा सुनाउनेको नाम नसोधेको चाहिँ होइन तर उसले पछि भनौंला भनेर टारेको थियो । कथाको उत्तरार्धमा अब चाहिँ म कथाको बिट मार्न जाँदै छु भन्दै उसले भन्यो, ‘खासमा म दूर गाउँबाट यहाँ आएको चौथो दिनको कुरा हो । हाम्रो गाउँ धेरै विकट ठाउँमा पर्छ त्यहाँ यहाँजस्तो केही पनि छैन तसर्थ सुरुसुरुमा त म बडो अचम्ममा परेको थिएँ । अँ साँची चौथो दिनको कुरा हो लगभग साँझको ५ः०० बजेको थियो होला । के भयो भने म सुकिसकेको खोलाको तस्बिर किनौं कि भनेर तस्बिर पसलको बिक्रेता यन्त्रमान्छेसँग तस्बिरको मूल्यबारे कुराकानी गर्दै थिएँ तब म बडो अचम्ममा परेँ ।’

यति भनेर ऊ रोकियो तर मलाई भने ऊ अचम्ममा पर्नुको कारण बारे बडो जिज्ञासा भयो र बिचमा सोधेँ, ‘कस्तो अचम्ममा पर्नुभो ?’
‘चुप लाग्नुस् यार, अचम्मको कुरा पनि यति सजिलै सुन्न पाइन्छ त ? केही बेर पर्खनुस् ।’
मैले हस् भनेँ र आफ्नो ओठमा ताल्चा ठोकेँ ।
केही बेर पछि ऊ बोल्यो, ‘तस्बिर पसल अगाडि मान्छेहरूको भिड थियो । साँची भिड हैन लामो लाइन थियो । यो लाइन चाहिँ यन्त्रमान्छेहरूको थिएन । हामीजस्तै मान्छेहरूको लाइन थियो । अहो ! यहाँ त एक थरीका यन्त्रमान्छेहरूको प्रकृतिको कुरा आउँछ त्यो अगाडि भन्नुपर्ने मैले छुटाएछु ।’
‘अब भन्नुस् न ।’ मैले ताल्चा खोलेँ ।
ऊ फेरि झर्क्यो, ‘भन्छु त बिचमा किन डिस्टर्ब गरेको ?’
‘माफ पाऊँ,’ ओठमा ताल्चा फेरि लाग्यो । मेरो ओठमा ।
ऊ सुरु भयो, ‘उम् बेनाम सहरमा एकथरी मान्छेहरू सुरक्षा क्षेत्रमा कार्यरत छन् । जस्तो सेना, पुलिस तथा सेक्युरिटी गार्ड । तिनको ठ्याक्कै श्रेणी भने थाहा भएन तर ती ग र ख श्रेणिको बिचमा पर्छन् भन्ने सुनेको हो ।’
‘कोही कोही चाहिँ ख र क श्रेणिसरहका पनि हुन्छन् रे । तर ती केवल माथिल्लो स्तरमा बसेर निर्देशनात्मक कार्य गर्छन् रे ।’
‘ए ! ह्या तपाईं कति बोल्नुहुन्छ यार ? भैगो म सुनाउँदिन । तपाईं जानुस् ।’
‘हैन हैन म अब केही बोल्दिन कथा समाप्त गर्नुस्, जिज्ञासा भयो ।’ मैले झटपट ताल्चा खोलेँ, बोलेँ र बन्द गरेँ ।
‘हस् ! तपाईं नबोल्ने सर्तमा सुनाउँछु ।’
मैले टाउको हल्लाएँ अर्थात् मुख नखोलेरै हुन्छ भनेँ ।

‘उम् सुरक्षा प्रसङ्गको कुरा थियो है ? त्यस खालका केही यन्त्रमान्छेहरू जो सेना थिएनन् तर पुलिस र सेक्युरिटी गार्ड मिक्स थिए, तिनले लाइनलाई व्यवस्थित गर्दै थिए । घरीघरी ती यन्त्रमान्छेहरूसँग मान्छेहरू झर्किन्थे – हैन अझै कतिबेर लाइनमा बस्नुपर्छ ? बिहान ५ः०० बजेदेखि लाइनमा बसेको १२ घण्टा बित्त्दा पनि पालो आएन ।’
मैले यहाँनेर कुरो बुझिन र जेसुकै होस् भनेर हतपत ओठको ताल्चा खोलेँ र भूमिका सहित बोलेँ, ‘हेर्नुस्, अहिले म कुरो नबुझेर बोलेको हुँ । सबै काम यन्त्रमान्छेहरूले गर्ने ठाउँमा किन मान्छेहरू लाइनमा बसेका ? यो कुरो बुझिन हजुर ।’
‘तपाईं जस्तो बेकारको मान्छे मैले आजसम्म देखेको छैन । म लगभग दिनदिनै जसो २–४ कथाहरू सुनाउने गर्छु । अझ यो कथा त म प्राय दोहोर्याइरहन्छु । आजसम्म तपाईंले जस्तो बिचबिचमा बोलेर कुनै श्रोताले मेरो टाउको खाएको याद छैन । सुन्दै जानुस् सब थाहा पाउनुहुनेछ । अब सकिनै लागेको छ । मुखमा ताल्चा लगाउनुस् ।’
‘हस्, लगाउँछु ।’ लगाएँ ।

‘अँ सुन्नुस्, त्यसै बखत मैले एउटा आवाज सुनेँ जुन बडो चर्को थियो । त्यति चर्को अर्थात् ठूलो आवाज त मैले त्यो बाहेक न पहिले सुनेको थिएँ न आजसम्म सुनेको नै छु । यो कथा सुनाउँदा सधैं त्यो आवाजलाई मैले आफूले सके जति चर्को स्वरमा चिच्याएर सुनाउने गरेको छु । के छ भने नि, कथा सुनाउनेले कथालाई प्रभावकारी रूपमा सुनाउनको लागि कथा अनुसारको शारीरिक हाउभाउ तथा अभिनयात्मक वाककला प्रस्तुत गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ र म त्यसै गर्ने गर्छु । अझ यो त कथा नै होइन, बुझ्नुभएन यो त यथार्थ नै हो । तपाईंलाई कथा नै लागेको भए म केही भन्दिन तर यो यथार्थ हो विश्वास गर्नुस् । अब तपाईं त्यो चर्को आवाज सुन्न तयार हुनुहोस् ।’
मेरो टाउको तलमाथि हल्लियो । उसले बुझ्यो र बोल्यो, हैन हैन बोलेन चिच्यायो, ‘मेरो परिवारमा १० जना छन्, एउटाले त २ हप्ता पनि राम्ररी पुग्दैन, मलाई मिलेसम्म ३ वटा नमिले जसरी भएपनि २ वटा अक्सिजन सिलिण्डर देऊ ।’
चर्को आवाजले म झसङ्ग भएँ र ब्युँझिएँ । मोबाइलको पर्दामा ३ः१८ ए.एम. बजेको देखेँ । म मान्छेहरूको बडो भयानक जिन्दगीको सपनालाई पुरै रिप्ले गरेँ र सोचेँ पृथ्वीमा यस्तो दिन आयो भने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?