ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

ढुंगामा भविष्य खोज्ने जवहिरको कारुणिक कथा

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

जवहिर अन्योलमा छन् । उनले पुर्खाको पेशा अँगाले । अहिले सुखी जीवनको आशामा नयाँ अवसर खोज्ने कि त्यही पुख्र्यौली पेशाप्रति बफादार रहिरहने भन्ने अन्तरद्वन्द्वले उनलाई पिरोलिरहन्छ । यो जवहिर पत्थरकट्टाको कथा हो । उनको नाम पछाडिको ’पत्थरकट्टा’ ले पत्थर काट्ने वा ढुङ्गा कुँद्ने परम्परागत पेशा भएका मानिसको समूह वा जातिलाई बुझाउँछ । यी जातिलाई शिला अर्थात् ढुङ्गा काट्ने काम गर्ने भएकाले ’सिल्कट’ पनि भन्ने गरिन्छ भने कतैकतै पत्थरकट्टालाई कुशवाडिया पनि भन्ने चलन छ । भारतबाट बसाई सरेर नेपाल भित्रिएका मानिने पत्थरकट्टा विशेषगरी तराई क्षेत्रका कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके, बर्दिया, कन्चनपुर लगायतका जिल्लाहरूमा बसोबास गर्दै आइरहेका छन् । नेपालका जातजातिको वर्गीकरणका आधारमा पत्थरकट्टा दलित समूह अन्तर्गतका अल्पसंख्यक जाति हुन् ।

जवहिर कर्मशील छन् । उनी आफ्ना दिनहरू ढुङ्गासँगै बिताउँछन् । टन्टलापुर गर्मी होस् या कठ्याङ्ग्रिँदो जाडो । नवलपरासीको झरही खोला नजिकैको एउटा सानो घर अगाडि जवहिर धुलाम्य पहिरनमा ढुङ्गा कुँदिरहेका भेटिन्छन् । उनकी श्रीमती उनलाई सघाइरहेकी हुन्छिन् । जवहिर कहिले दुम्किबास त कहिले सर्दि खोलाबाट विभिन्न प्रक्रिया पार गरेपछि रोयल्टी तिरेर ढुङ्गा ल्याउँछन् । उनले ति ढुङ्गालाई आकार दिएर लोरो, सिलौटो, चनौटो, जाँतो र ओखली जस्ता घरेलु उपभोगका सामान बनाउँछन् । कहिलेकाहीँ उनी देवी देउताका मूर्तिहरू पनि कुँद्छन् । उनका सिपालु हातले कुँदेका ढुङ्गाका बुट्टा निकै आकर्षक देखिन्छन् । बिडम्बना, उनले बनाएका यस्ता सुन्दर परम्परागत ढुङ्गे सामानहरू बजारमा हत्तपत्त बिक्दैनन् न ति सामानको निश्चित बजारभाउ छ । जवहिर र उनकी श्रीमती आफूले बनाएका ढुङ्गाका सामान बोक्दै ग्राहकको खोजीमा गाउँगाउँ चाहार्छन् । कहिले कसैले किनिहाल्छ त कहिले निराशामै फर्किनुपर्छ । कहिले सोचेकै मूल्यपर्छ त कहिले घाटा बेहोर्नुपर्छ । सीपले बजार नपाउनु जवहिरको मुख्य समस्या रहँदै आएको छ ।
जवहिर आफ्नो परिवारको कठिन आर्थिक अवस्थाको दोष आफ्नो अशिक्षालाई दिन्छन् । सोह्र वर्षदेखि ढुङ्गा कुँद्ने पेशा अँगालेका जवहिरले पढ्ने मौका पाएनन् । तर शिक्षाको महत्व भने उनले राम्रोसँग बुझेका छन् । तिन छोरीका पिता जवहिरलाई छोराको रहर कहिल्यै भएन । बरू छोरीलाई पनि छोरा समान अवसर दिनुपर्नेमा उनी विश्वास राख्छन् । अहिले ढुङ्गा कुँदेको आम्दानीले नै छोरीहरूलाई विद्यालय पठाइरहेका छन् भने उच्च शिक्षा प्रदान गर्ने ठूलो सपना पनि साँचेका छन् । युग अनुसारको अवसर छोरीहरूलाई दिन सके मात्र आफू असल पिता भएको महसुस गर्ने जवहिर बताउँछन् । ढुङ्गा कुँदेको आम्दानीले भविष्यमा छोरीहरूको पढाइ खर्च धान्न मुस्किल पर्ने उनलाई पिरलो छ ।
सिपालु हात र अथक श्रमका बाबजुद जवहिरको आम्दानी न्यूनस्तरको छ । नेपाली समाजले उनको पेशालाई मानप्रतिष्ठा टक्राउन हिचकिचाउँछ । आधुनिकताको युगले मानिसलाई लोरो सिलौटो चलाउन दिँदैन । मिक्सर र ब्लेन्डरको जमानामा परम्परागत ढुङ्गे लोरो, सिलौटो, जाँतो जस्ता सामानको खासै माग छैन । त्यसैले बजारमा जवहिरको सिपले स्थान पाएको छैन । यसकारण उनी यस पेशा र आफ्नो परिवार दुवैको जोखिमपूर्ण भविष्य देख्छन् ।

जवहिर घर र जग्गाको अभावमा पहिलेपहिले आफूले त्रिपाल मुनी बसेर ढुङ्गा कुँद्ने गरेको दुःखदायी विगत सम्झिन्छन् । अहिले दुःखजिलो गरेर घामपानीको ओत सानो घरसम्म बनाएका छन् । कृषि कर्म गरेर जीविका चलाउन जग्गा जमिन छैन । समाजले बनाएको छुवाछुतको तगारोबाट जवहिरको परिवार पनि उम्किन सकेको छैन । गरिबीले हुर्किँदै गरेका छोरीहरूको उड्ने पखेटा काटिदिने हो कि भन्ने भयले जवहिरलाई खाइरहेको छ । अर्कोतर्फ जवहिरलाई ढुङ्गाप्रति प्रेम छ, सम्मान छ । उनी ढुङ्गा कुँद्ने पेशालाई आफ्नो जातिको पहिचान ठान्दछन् । पुख्र्यौली पेशा आफूले अवलम्बन गर्न नसके नयाँ पुस्ता आफ्नो अस्तित्वका बारेमा बेखबर हुने र यो पेशा बिस्तारै हराएर जाने डर उनमा छ । ढुङ्गा कुँद्नु पेशा मात्र नभई आफ्नो जातको धर्म समेत रहेको र यसलाई जोगाउने जिम्मा आफ्नै काँधमा रहेको जवहिरलाई भान हुन्छ । एक हिसावले हेर्दा जवहिरले ढुङ्गालाई चटक्कै छोड्न हिम्मत गर्न सकेका छैनन् ।

खेतीपाती गर्न जग्गाजमिन छैन, उद्यम गर्न लगानी छैन, अर्को पेशा रोज्न हातमा अर्को सीप छैन । जवहिरका लागि देशभित्र अवसरका सम्पूर्ण ढोका बन्द छन् । परिवारको सुनिश्चित भविष्यका लागि अन्तिम उपायको रूपमा खाडीको तापमा होमिने सोच एकातिर छ भने अर्कोतर्फ पुख्र्यौली पेशाप्रतिको कर्तव्यभावले जवहिरलाई बाँधिरहेको छ । जवहिर जस्ता सिपालुलाई थप तालिम र प्रोत्साहन मिल्दो हो त उनले कुँदेको ढुङ्गा डलरको भाउमा बेलायत, अमेरिका र युरोप जस्ता देशमा निर्यात हुँदो हो । तर आज हातको सिपले गरिबीको फाटो टाल्न नसक्दा उनी अन्योलमा छन् । उनीजस्तै ढुङ्गाको पेशा सम्हालेर बसेका थुप्रै पत्थरकट्टा अन्योलमा छन्, पत्थरकट्टा जस्तै पुख्र्यौली पेशाप्रति आस्था बोकेका र हातमा सिप हुँदाहुँदै पनि अभावै अभावमा जीवन बिताइरहेका थुप्रै जातजाति अन्योलमा छन् ।

यो अन्योलता राज्यका कुनै रोजगार योजनाले चिर्न सकेका छैनन् । सरकारको अल्पसंख्यक सामाजिक सुरक्षा भत्ताले उनको परिवारको सुरक्षा गर्न सकेको छैन । बरू जवहिरका जस्ता हरेक सिपालु हातलाई अझ दख्खल बनाउन तालिमको व्यवस्था होस्, कला कृतिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न उनीहरूको सिपमा लगानी गरियोस्, उनलाई उनकै पुख्र्यौली पेशामा रमाउने वातावरण मिलाइयोस् । अनि मात्र हराउनै लागेका हाम्रा पुख्र्याैली पेशा जोगिनेछन् । हाम्रा परम्परागत सामान अनि ढुङ्गाका कलाकृति जोगिनेछन् । जवहिरका सन्तति सानसँग ढुङ्गाको चिनारी बोकेर हिँड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np