ट्रेंडिंग:

>> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु
साझा डबली

वेलकम ब्याक

२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

संसारमा सबैभन्दा गाह्रो र मिठासपूर्ण दुबै गुण भएको शब्द प्रतीक्षा नै हुनुपर्छ । घर आउने निश्चित भएको दिनदेखि घर आइपुग्दासम्मको करिव डेढ महिनाको अवधिमा मनमा लाखौं भावना र विचारहरूले झुत्ती खेलिरहे । नेपाल पुगेको दिन कस्तो होला ? अझ घरमा पाइला राखेको बेला बुबा आमासँग हुने जम्काभेट, चार वर्ष अघिदेखि प्रत्यक्ष भेट्न नपाएका दौंतरीसँग चोकको चौतारीमा बसेर स्मृतिका क्षणहरू सम्झँदै गरिने भलाकुसारी, ड्रिम्स क्याफेमा हुने शुक्रवारे संगीतमय साँझ अनि हाम्रा टेबलमा थपिने बियरका बोतल र साहूजीको बिलमा थपिने अङ्कको आपसी तालमेल मिल्यो कि मिलेन भनेर मदमस्त अवस्थामा पनि अडिट गर्ने बानी ।

अहो ! सम्झँदा पनि कहिले घर पुगौं जस्तो लाग्ने । अधैर्य बन्दै धैर्यताको पाठ आफैँलाई पढाउन झन कति सकसपूर्ण । तथापि कतिपय रोमाञ्चकता भने अतुलनीय र मिठासपूर्ण हुने रहेछ । जीवनमा भर्खर अनुभव गरें मैले ।

काठमाडौं आइपुगेको र घर पुगेको दिनलाई जोड्दा सात दिन भइसकेको थियो । उल्लेखित रोमाञ्चकताको हाई भोल्टेज पनि बिस्तारै डाउन हुँदै थियो । गाउँघरका साथीभाइ पनि कति त देशै छोडेर गइसकेका त कोही जागिरमा व्यस्त रहेछन् । काम नभएको र फुर्सदिलो त म मात्र भएँ । पहिलो दिन ड्रिम्स क्याफेमा कोरम पुर्याउन पनि गाह्रो भयो । विगत सम्झिएँ, कोही विदेशबाट आएर दिने पार्टीमा क्याफे पूरै खचाखच हुन्थ्यो । मध्यरातमा पार्टी सकिँदा किचनका सागपात समेत निमिट्यान्न हुन्थे । फ्रिज पनि भदौको भकारी जस्तो रित्तै भइसकेको हुन्थ्यो । अब त समयले सबैलाई आफ्नो गीतमा सुर मिलाई नाच्ने बनाइसकेछ । म मात्र नाचिरहेको रहेछु भन्ने त भ्रम मात्र रहेछ भनेर एक मनले सन्तोष पनि गरें ।

मान्छेको मन न हो, आफूसँग जे छैन । त्यसैप्रतिको लगाव र प्राप्तिको लालसा अझ बढी हुन्छ । डेढ महिनादेखिको घर आउँदाको रोमाञ्चकता घर आइपुगेपछि असिना बिलाएझैँ बिलाइसकेको थियो । अब त ती चार वर्षे अष्ट्रेलिया बसाइ र त्यहाँको दैनिकी मस्तिष्कमा घुम्न थालिसकेको थियो । मलाई लाग्यो ती दिनहरू मैले यहाँ मिस गरिरहेको छु । मेलबर्नको मेल्टन वेष्ट, बुल्मान्स रोडमा सूर्यका किरणको लालिमा पर्न नपाउँदै म पन्द्र किलोमिटर बसको यात्रा गरिसकेको हुन्थें । फर्कँदा प्राकृतिक सुन्दरता हराएर लालीपाउडर गरेर जबरजस्ती सुन्दर देखिन धृष्टता गरेझैँ लाग्ने सडक बत्तीको प्रकाशमा गजधुम्म परेको बुल्मान्स रोड पसारिएको हुन्थ्यो । त्यो बाटो दिउँसो कस्ता दृष्य देखिन्छन् भन्ने थाहा पाउन कलेजको असाइनमेण्टको दिन नै कुर्नु पथ्र्यो ।

पढाइ र कमाइ दुबै एकै रथमा गुडाउन तीस किलोमिटर टाढाको डिपार्टमेण्टल स्टोरसम्मको दूरी दैनिक नाप्नु मेरो दिनचर्या बनिसकेको थियो । सामाजिक सञ्जाल चलाउन लगभग छोडिसकोको थिएँ, शिवाय ह्वाट्सएप । त्यो पनि घरमा बुबाआमासँग सम्पर्क गर्नका लागि मात्र । बेलुका समयमा नसुते बिहान समयमा नै बस समात्न मुस्किल हुन्थ्यो । तसर्थ दैनिक गतिविधि एकदमै सरल र श्रृङ्खलाबद्ध थिए, खलियोमा दाउरा मिलाएजस्तो । त्यो अवधिमा नेपालमा हुने साथीभाइ, आफन्त, छरछिमेकमा के भइरहेछ, खासै अपडेट हुन पाइनँ या भनौं हुन पनि सकिनँ । हुन पनि चाहिनँ । हुन सक्छ, त्यही कारणले घर फर्केपछि घर फर्कँदाको त्यो उत्साह यति चाँडै स्खलित भएको । किनकि धेरै साथी र आफन्त यही बिचमा परदेशी भइसकेका रहेछन् । जोसँग भेट हुन्छ भन्ने आशा मेरो थियो । हाउ अनअपडेटेट पर्सन आई एम ?
“चिया लि त” आमाले चियाको कप दिँदै भन्नुभयो ।
आज्ञाकारी बालकझैँ कप लिएँ मैले ।
“यसो बाहिर घुम्न निस्कनू बेलाबेला, साँझको बेला पनि ओछ्यानमै बस्छ ।” आामाले गुनासो गर्नुभयो, “कि सञ्चो भएन ? दुई दिनदेखि यत्तिकै छस् त ।”
“छ्या‘ आमा अल्छी लागेर हो के । गाउँमा कोही रैनछन् केटाहरू । तैपनि आज चैं निस्कने नै विचार गर्दै थिएँ ।” आमालाई ठिक्क पारें ।
असोजको महिना । दिउँसो केही चर्को घाम लागेपनि बेलुका चिसो महशुस हुने खालको मौसम थियो । बिर्तामोड बजारको कोलाहलपूर्ण वातावरणबाट केही पर शान्त क्षेत्रतिर निस्कने विचार गरेर आमासँग बाबाको बाइकको साँचो लिएर सालवारीतिर हुइँकिएँ ।
सानो चोक, छेउमा चिया पसल । बाइक रोकें अनि चिया पसलतर्फ आँखा डोर्याएँ । बाइस पच्चिस वर्षका जस्ता देखिने युवाहरू वेफिक्री चुरोट उडाउँदै गफिइरहेको दृष्य देखियो । एउटा चुरोट लिएर फोक्सोमा केही धुवाँ भर्दै म पनि पुराना दिनहरूको स्मृतिमा टोलाउँदै थिएँ ।
“भाइ पसल बन्द गर्ने बेला भयो” घडी हेर्दै पसलेले बोलेपछि झसङ्ग भएँ । चुरोटको पैसा तिर्दै गर्दा एउटा करिब ६ वर्ष जतिको उमेरकी छोरी लिएर बाटोमा हिँड्दै गरेकी नमिता आन्टी देखिइन् ।

“नमिता आन्टी, नमस्कार” मलाई नदेखी हिँडिरहेकी आन्टीलाई मैले पछाडिबाट बोलाएँ । “अहो स्वप्निल ! नमस्कार । कहिले अष्ट्रेलियाबाट ? केही थाहा पत्तो छैन त । हिजो अस्ति जस्तो लाग्छ विदाइ गरेको, कति वर्षमा आयौ बाबु ?” आन्टीले एकै सासमा सोधिसकिन् ।
“एक हप्ता भयो आन्टी, चार वर्षपछि फर्कें । अनि के छ त खबर आन्टी ? अङ्कल कता हुनुहुन्छ ? नानी यत्री भइसकिन् ? म जाँदा त सानी थिइन् ।” नानीतिर औंल्याउँदै भनें ।

“अँ हो त, ६ वर्षकी भैसकी नि । अङ्कल घरमै हुनुहुन्छ । रियलस्टेटको बिजनेशको हालत छ । बिजनेश अलि बिग्रेर समस्यामा छौं बाबु । बिर्तामोडको घर बेचेर यतै गाउँतिर एउटा घर बनाएर बसेका छौं ।”, उनले भनिन् ।
“मैले पनि विदेशमा हुँदै सुनेको रियलस्टेटको बिजनेश डाउन भएको कुरा त। बुबाले भन्नुभएको थियो । हाम्रो पनि पैसा फँसेको छ जग्गामा भन्दै हुनुहुन्थ्यो ।” मैले थपें ।

“ल बाबु, आज त हाम्रो घर बस्ने गरी जानुपर्छ, यत्रो वर्षपछि आएको छोरो । यहीँ भेटेर पनि नलिई आएँ भन्दा अङ्कलले मलाई मार्नुहुन्छ । नजिकै छ यहाँबाट ५ मिनेटमा पुगिन्छ बाइकमा ।”
“होइन आन्टी” मैले विनम्रतापूर्वक इन्कार गर्दै भनें, “आज त घरमा केही नभनी आएँ, भोलि बरु बेलैमा आउँला, अहिले हजुरलाई घर छोडिदिन्छु । त्यसो हुँदा घर पनि देखिने, भोलिलाई आउँदा सजिलो ।”
“ल ठिकै छ नि त, आजलाई तिम्रो जीत भो” भन्दै आन्टी बाइकमा बसिन् नानीलाई बिचमा राखेर । ५ मिनेटको दूरी पार गरेपछि एउटा सुन्दर गेट बाटोको छेउमा देखा पर्यो । “यही भित्रको घर हाम्रो हो, भोलि जसरी नि आउनू है” आन्टीको आग्रहलाई “हुन्छ” भन्ने जवाफ फर्काएँ । हिंड्ने बेलामा “नानु कुन क्लासमा पढ्दैछौ ?” भनेर सोधें । नानीले सुनेजस्तै गरिनन्, आँखामा विश्मय र अनभिज्ञता जस्तो देखिन्थ्यो ।
“नयाँ नचिनेको मान्छेसँग यो यस्तै गर्छे, हत्तपत्त बोल्दिन । क्लास वानमा पढ्छे बाबु ।” आन्टीले छुट्ने बेलामा भनिन् ।
राति सुत्ने बेलामा दिउँसोको घटनालाई मनमा खेलाउन थालें । चार वर्ष अघि र पछिमा नमिता आन्टीमा मैले थुप्रै परिवर्तनको महशुस गरें । नहाँसी नबोल्ने त्यो अनुहारमा आजको भेटमा मुस्कानको कुनै पनि छनक देखिएन । जति दुःख भए पनि एक दिन राम्रो दिन अवश्य आउँछ भनेर सिकाउने आन्टी आफैँ बिजनेशको असफलताले हतोत्साहित भएकी जस्तो देखिन्थिन् । मलाई अष्ट्रेलिया यात्राको विदाइ गर्न आउँदा “बाबु, कहिल्यै घरमा दुःख नगरेको मान्छे, एक्लै बस्नु, काम गर्नु, कमाउनु, पढ्नु । काम गर्दा दिक्क लाग्छ होला, निराश हुन्छौ होला, तर घरमा बुबाआमा र उहाँहरूको दुःख सम्झनू, अनि मेहनत गर्नु, मेहनती मान्छेले संसार जित्छ । तिमी अवश्य सफल हुनेछौ ।” भनेर ढाडस दिने आन्टीको मनोदशा यस्तो देखेर मन अमिलो भएर आयो ।
भोलिपल्ट बिहान सधैँभन्दा ढिलो उठें । जिउ कट्कट् खाएर दुखेको र हल्का ज्वरो आएजस्तो महशुस भइरहेको थियो । तातोपानी खाएर फेरि ढल्किरहें ।
“सञ्चो भएन कि क्या हो ? के भो स्वप्निल ?” आमाले सोध्नुभयो ।
“ज्वरो आउला झैँ भएको छ, जिउ दुखिराको छ” मैले भनें ।

“डाक्टर देखाउनु पर्छ होला ।” आमाको आग्रहमिश्रित सुझावलाई “पर्दैन होला, ठिक भैहाल्छ नि आमा” भनेर नकारें ।
फेरि दुई दिन घरबाट निस्किन । ज्वरो एक दिनमा जाति भए पनि शरीरमा खासै ऊर्जा थिएन । तथापि सधैँ घरमा बसेर हुँदैन भनेर साँझपख पञ्चकन्या पार्कतिर निस्किएँ । केही फलामे सिट र बेञ्चहरू थिए । मान्छेहरूका लागि राखिएका बेञ्चहरू साँझ पर्दै जाँदा खालि भइरहेका थिए । तीन जना बस्दा अँट्ने एउटा खालि बेञ्चमा गएर थ्याच्च बसेर रमिता हेर्न थालें । केही बेरमा पछाडिबाट कसैले बोलाएझैँ लाग्यो । फर्केर हेरें, उनै नमिता आन्टी नानी लिएर उभिएकी थिइन् । “तिमी त ढाँट्नमा माहिर रहेछौ है, अस्ति भोलि आउँछु भन्यौ, हतारले फोन नम्बर पनि लिइनँ, आउँदै आएनौ । आखिर संयोगले भएपनि भेट त भयो नि, तिमीलाई त कारवाही गर्नुपर्ने हो ।” आन्टीले अलि रिस मिसिएको स्वरमा भनिन् ।
“होइन, भोलिपल्टदेखि ज्वरो आएर कतै निस्कनँ सकिन । आज बल्ल फ्रेस हुन बाहिर निस्केको, पूरै जाति भैसकेको छैन ।” मैले स्पष्टीकरण दिएँ ।

“ढाँटेको त होइन नि ?” आन्टीले संशय व्यक्त गरिन् ।
“धरोधर्म आन्टी, किन ढाँट्नु र ?” विश्वास दिलाउँदै भनें ।
“ल ठिक छ उसो भा ।” पार्कमा उपस्थिति लगभग शुन्य हुन लागेको थियो, हामी बाहेक । नानी प्लाष्टिकको हावा भरेको घोडासँग खेल्न व्यस्त थिइन् । मैले आन्टीलाई सोधेँ, “आन्टी, तपाईं जस्तो आँटिलो र सकारात्मक सोचको मान्छे, अहिले त धेरै निराशावादी हुनुभएको रहेछ । के कुराले यस्तो परिवर्तन गरायो ? के घटनाले यस्तो गरायो ?”
 क्रमशः…

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?