ट्रेंडिंग:

>> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी
साझा डबली

साना–साना कुरामा बन्दुक पड्काउनेहरु

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

सङ्घीय राजधानीको बालकुमारीमा साता अघि एउटा क्रूर घटना भयो । दुई जना युवकले राज्यसत्ताको चरम दमनमा परी ज्यान गुमाए । राज्यसत्तामा हालीमुहाली गरिरहेका शासक वर्गका सारा प्रयत्नहरूको केन्द्रमा सधै सधै सत्ता र शक्तिमा अडिइरहने अहङ्कार हावी भएपछि यस्तो हुन्छ । मुलुकमा आएको परिवर्तन फलानो व्यक्ति, वर्ग वा समूदायको प्रयासको परिणाम मात्रै होइन । यो परिवर्तन फलानो वाद, विचार वा पथको प्रतिफल मात्रै पनि होइन । परिवर्तन विज्ञानको नियम हो र यो कसैको पेवा होइन । तथ्यप्रति आँखा चिम्लिएर, परिवर्तनका संवाहक हामी मात्रै हौं र फलाना मात्रै गणतन्त्र नेपालको जनक हो भन्ने सोँच राख्नेहरूभित्र अहंको मात्रामा अत्यधिक वृद्धि हुँदै गइरहेको छ । त्यसले तिनलाई बन्दुक नै कानुन हो । बन्दुक नै मानवाधिकार हो । बन्दुक नै सर्वस्व हो भन्ने हिटलरी घोषणाको पुनरावृत्ति गर्न उक्स्याइरहेको छ । तिनले साना साना कुरामा बन्दुक पड्काइरहेछन् । त्यो पनि निर्दोष नागरिकका छातीमा । महान् सभ्यताको निर्माणमा हिडेंका छौं भन्नेहरूले शिष्टताको पनि ख्याल गर्नुपर्दछ । सांस्कृतिक क्रान्तिको विकास गर्न चाहनेले संस्कारको पनि विचार गर्नुपर्दछ ।

उसरी राज्यको चरित्र सधैं दमनकारी नै हुन्छ । चाहे त्यो राज्यमा पुरानो सत्ता होस् या होस् नयाँ सत्ता । पुरानो सत्ताले अनेकौं कृष्णसेन ‘इच्छुक’हरूको हत्या ग¥यो । त्यसले सयौं चुनू गुरुङहरूलाई निर्ममतापूर्वक जिउँदै चिहानमा गाड्यो । त्यसले हजारौं बाबाआमाहरूलाई असहाय र लाखौं लालाबालाहरूलाई अनाथ बनायो । त्यसले दमनचक्रको इतिहासमा अजंगको स्थान बनायो । र, त्यसकै समानान्तरमा जनयुद्धको भूमरीले पनि मानवतालाई सोत्तर पा¥यो । कथित प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने पशुवत् तर्कले बाहेक अरू कुनै पनि तर्कले त्यसलाई समर्थन गर्न सकिदैन ।

बाल कुमारीको घटनाले भन्दछ–बन्दुकको अत्याचार समाप्त भएको छैन । र, यो रहन्छ राज्यसत्ता रहेसम्म । बन्दुकलाई सर्वस्व ठान्ने प्रवृत्तिको पछाडिको मूल ‘फिजिक्स’ अधिनायकवाद हो । यो प्रवृत्तिमा अहं, षडयन्त्र र स्वार्थजनित मत्स्य न्यायको कुरीकुरी लाग्ने ‘केमिष्ट्री’ अन्तरनिहीत छ । यो प्रवृत्ति कति घातक छ भने यसले बन्दुक र विवेकका बीचमा रहने सुक्ष्म र संवेदनशील सीमारेखालाई अनायास भंग गरिदिन्छ र दुःखान्तको पहाडले किचिएर इतिहासले क्रन्दन गर्दछ । इतिहासको त्यो क्रन्दन भनेको क्रूरतापूर्वक भेरीमा बगाइएका नवराजहरूको प्रेमको क्रन्दन हो । जिउँदै पुरिएका पत्रकार ज्ञानेन्द्र खडका र तिनको अनाथहरूको क्रन्दन हो । इतिहासको त्यो क्रन्दन भनेको न्याय नपाएका निर्मला पन्त र तिनको बाबाआमाको क्रन्दन हो । इतिहासको त्यो क्रन्दन भनेको हालै बालकुमारीमा राज्य सत्ताको नृशंशताबाट मारिएका युवाहरूको क्रन्दन हो ।

विडम्वना ! इतिहासको त्यो क्रन्दन एउटा नियमितता जस्तो लाग्न थालेको छ । यो ज्यादै दुःखको कुरा हो । तर नियमित आकस्मिकताहरूलाई अस्वीकार गर्न सकिदैंन न त हार्दिकतापूर्वक स्वीकार गर्नु नै सजिलो हुन्छ । दर्शन उत्तरतिर र व्यवहार दक्षिणतिर, विचार अघिल्तिर र काम पछिल्तिर, नीति एकातिर र नियम अर्कोतिर हुनु नेपाली राजनीतिको परिदृश्यमा साक्षात्कार भइरहने नियमित आकस्मिकताहरू हुन् । नीतिका नाममा देखिने अनीतिहरू जतिसुकै आकस्मिक लागे पनि ती नियमितजस्तै भएका छन् । यही नियमितता हो जस्ले हाम्रा सपनाहरूमाथि सधैं थिचोमिचो गर्दै आइरहेको छ ।

यिनै नियमित आकस्मिकताहरूलाई नै ‘सांस्कृतिक क्रान्ति’ वा ‘दुई कदम अगाडि, एक कदम पछाडि’को फिजिक्सका रूपमा बुझ्न हामी बाध्य छौं । यही बाध्यताले हाम्रा युवाहरूको सपनाहरूलाई रगताम्मे बनाएर सत्ताको मैदानमा घिसारिरहेको छ । हामी बालकुमारीको क्रूर दृश्य टुलुटुलु हेरिरहन बाध्य छौं ।

परिणाम के भइरहेछ भने नागरिकहरूका दिलमा चरम निराशा र आक्रोशले ठाउँ लिन थालेको छ । लालफिताशाही र भ्रष्टाचारले आम नागरिक कति हैरान छन् । यातायात व्यवस्था विभाग, मालपोत वा नापी कार्यालयमा वा जुनसुकै सरकारी कार्यालयमा गएर हेरे त्यो कुरा थाहा हुन्छ । सेवाग्राहीका दुःखी, पीडित, शोषित र आक्रोशित अनुहारले त्यही हैरानीको कहानी बताइरहेको हुन्छ । जसलाई नागरिकले आफ्ना दुःखका साथी र सेवक भन्ठानेका छन्, तिनीहरू नै नागरिकबाट ‘हफ्ता उसुल’ गर्ने गुण्डाहरूका प्रतिरूपमा देखिएका छन् । झन्झन् महंगी, झन्झन् अराजकता, झन्झन् थिचोमिचो, झन्झन् अन्याय, झन्झन् अँध्यारो नै नागरिकका भागमा परेको परिवर्तनका प्रतिफल जस्ता भएका छन् ।
सुदूर गाउँ बस्तीमा अन्न छैन । नुनतेल, पानी छैन । बिजुली छैन । स्वास्थ्य चौकी छैन । जीवन धान्नका लागि चाहिने कुनै पनि आधारभूत कुराहरू छैनन् । भोकमरी, असुरक्षा, राज्यहीनता र दण्डविहीनताको चक्रव्युहजस्तो दुर्भाग्यमा आँसुका पोखरीहरू मात्र छन् जहाँ पीडाका अनन्त छालहरू उठिरहेछन् निरन्तर । सहरहरू अराजकताको बन्दी भएका छन् जहाँ बाटाहरू छन् तर छैनन् ढुक्क भएर हिड्न सकिने गन्तव्य । बेरोजगारीको कोलमा पेलिएर खाडीतिर भास्सिएका लाखौं युवाहरू अझै फर्कन सकेका छैनन् मुलुक । अनियन्त्रित महंगीको ज्वारभाटा चलिरहेछ । साँझ बिहान हातमुख जोर्न धौ धौ पर्ने नेपाली नै नेपाली नागरिकको प्रतिनिधि हो भन्ने तथ्यलाई स्वीकार गर्ने हो भने कुन चैं नेपाली नागरिकलाई मुलुकमा आफ्नो शासन छ भन्ने लाग्छ ? यो कुनै सजिलो स्थिति होइन ।

परिवर्तनका सारथि जनबल, इतिहासमा कहिल्यै नदेखिएको निर्वल र हतास मनस्थितिमा देखिएको छ । तिनका सारा उत्साह, आशा र विश्वास डगमगाएको छ । सपनामाथिको घातले तिनमा असीमित आक्रोश थपिदिएको छ । यस्तो बेला राजनीतिज्ञहरूले आफू कुन धरातलमा उभिएको छु भन्ने कुरा बिर्सेका छन् । अहिलेको सत्ता समीकरणलाई अनेक कोणबाट आलोचना गरिएको छ । सत्तारुढ दलकै नेताहरू समेत यो ध्रुबीकरणको विरुद्धमा बोलिरहेका छन् । तर त्यसको कुनै अर्थ छैन । लामो समयदेखि नेपाली राजनीतिको मैदानमा भएका उछिनपाछिन र दगुरादगुरको दिक्कलाग्दो लामो श्रृंखलाकै निरन्तरता त हो यो !

उसरी नेपालको राजनीतिमा कथित ‘वाम’ र गैरवाम ध्रुबीकरण कुनै अस्वाभाविक कुरा होइन भन्ने मानिन्छ । तर्कले बाँच्नेहरू यो ध्रुबीकरणको विरोध गर्दैनन् । तिनले भन्दछन्–ध्रुबीकरण उत्तर र दक्षिणका बीचमा नै हुन्छ । उत्तरी ध्रुव दक्षिणी ध्रुवमा र दक्षिणी ध्रुव उत्तरी ध्रुवमा विलुप्त हुन सक्तैन । दुबै ध्रुव एक भएर ध्रुबीकरणविहीन अवस्था हुनु भनेको पृथ्वी नरहने अवस्था हो । विज्ञानको यो नियम राजनीतिमा पनि लागु हुन्छ । राजनीति पनि विज्ञानसम्मत ढंगले चल्नुपर्दछ । ध्रुबीकरणबिनाको राजनीतिले या त देशलाई अधिनायकवादतिर धकेल्छ वा धकेल्छ विचारशून्यतातिर । राजनीतिमा विचारशून्यता मूलतः विध्वंश नै हो ।
वा क्या गजबको तर्क ! हामीजस्तो तर्कशील दुनियामा कोही छैनन् ।

यस्तै तर्क (कुतर्क !) का कारण सत्ता आरोहणलाई सर्वस्व ठान्ने प्रवृतिले ठीक दिशामा गइरहेको राजनीतिमा पनि गलत दिशा पढिरहेको हुन्छ । परिणाम के हुन्छ भने पूर्व गइरहेको भ्रममा पश्चिम पुगिन्छ । पश्चिम गइरहेको भ्रममा पूर्व । नागरिकले आफ्नो दुःख अभिव्यक्त गर्दा पनि त्यो अभिव्यक्तिमा व्यवस्था नै पल्टाउन गरिएको षडयन्त्र देखिन्छ । तर त्यो केवल भ्रम मात्रै हो । त्यो भ्रमबाट मुक्त हुन ‘सत्तारुढ भइरहनु नै राजनीतिक सफलता हो’ भन्ने मनोविज्ञानबाट नेताहरू मुक्त हुनु जरुरी छ ।
खास गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ।

राजनीतिक दलहरू र तिनका नेताहरूको गलत काम, आदेश, निर्णय र नेतृत्वले मुलुकको अस्तित्व नै समाप्त गरेका छन् । टाढा वा सुदूर अतितमा किन जाने ? राजतन्त्रविरोधी सिक्किम नेशनल कंग्रेस पार्टी, राजा छोग्याल पाल्देन कान्दुप नामग्याल र काजी लेण्डुप दोर्जे नै त्यसका लागि काफी छन् । सदियौंदेखि स्वतन्त्र र स्वाधीन मुलुकका रूपमा रहेको सिक्किम सन् १९७५ अप्रिल १३ को मध्यरातबाट अचानक कहाँ हरायो ?

कहाँ हराए काजी दोर्जे ?
धेरै समयपछि कालिम्पोङ्मा देखिएका काजीको त्यही नै ‘डग डेथ’ भयो । जनचाहनालाई लत्याएर गलत निर्णय लिने, साना साना मुद्दाहरूमा नागरिकका छातीमा बन्दुकको फायर खोली हाल्ने, बन्दुकलाई नै सत्ताको टेको मान्ने र सत्तामोहका लागि जुनसुकै गलत काम गर्ने नेतृत्वको अन्तत्वगत्वा ‘डग डेथ’ नै हुन्छ भन्ने कुरा सत्ता नेतृत्वले कहिले बुझ्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?