ट्रेंडिंग:

>> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

सडक खाना महोत्सव सफल गराउने जुटे स्थानीय

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस । शुक्रबार चिसो सिरेटोमा बुटवल बसपार्कमा भने सयौ स्थानीय जुट्दै थिए । बुटवल उपमहानगरपालिका वडा नं ९ का १३ टोल संस्थामा रहेका स्थानियहरु आफनो टोल सरसफाईमा एकाबिहानै जुटेका हुन । हातमा सेता पंजा, मुखमा मास्क लगाएर उनिहरु कुचो, बोरा र बेल्चा लिएर सफाईमा लागे । समुह—समुहमा आआफनो नेतृत्व लिएका उनिहरु यसपटक बुटवलमा हुन लागेको पाँचौ बुटवल सडक खाना महोत्सवको तयारीकै क्रममा आयोजक संस्थालाई सरसफाईमा साथ दिन सडकमा निस्किएका थिए ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नारासहित होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीको आयोजनामा पुस १४, १५ र १६ गते बुटवल –९, कालिकापथ स्थित तिनकुने देखि उत्तरतर्फ नयाँबसपार्कसम्मको सडकमा सडक खाना महोत्सव हुने भएको हो ।
सरसफाईमा सहभागी मनकामना टोल संस्थाका सुशिला नेपालले सडक खाना महोत्सव वडाबासीको महोत्सव भएको भन्दै यसलाई मिलेर साथ दिन जरुरी रहेको बताए ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले टोलस्तरमा आएको गुनासोलाई सम्बोधन हुने गरि सबैको सुझाव अनुसार सरसफाईसहितको विविध कार्यक्रम गरिएको बताए । विगतमा भएका गल्तीकमजोरीलाई सुधारेर आफुहरु स्थानियसंग सहकार्य गरि महोत्सवलाई अघि बढाउन लागेको बताए । कला संस्कृतिको संरक्षण सम्वद्धर्न र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अंग्रेजी नयाँ वर्षको अवसरमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमितिका संयोजक बाबुराम अर्यालले सबै टोल संस्थासंगको छलफल र सुझाव अनुसार सहकार्य गरि सरसफाई कार्यक्रम गरिएको बताए । बसपार्कबाट मिलन तिनकुनेसम्मको कालिकापथ सडक सफाई गरिएको उनले बताए ।

तिनाउ टोल, बुद्ध टोल, पशुपति टोल, मनकामना टोल, समावेशी टोल, प्रगती टोल, मिलन चोक, मिलीजुली, शितलकुन्ज, मुनाल, जागरण, सत्यसाई भैरव टोल विकास संस्थाको सहभागी रहेको थियो । सो क्षेत्रमा राखिने विभिन्न जातजाती र संस्कृतिका खानाको पहिचान दिने खानाका परिकारका करीब एक सय स्टल बुकिङ भैसकेको छ ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?