ट्रेंडिंग:

>> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त
१२ औ वार्षिकोत्सव विशेष

पर्यटन प्रर्वद्धनका लागि के गर्दैछ देवदह ?

८ पुष २०८०, आईतवार
८ पुष २०८०, आईतवार

रूपन्देहीको देवदह नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न १३ वटा पर्यटन विकास समितिलाई दर्ता गर्नका लागि १३ वटा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजीमा लागेको छ । धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटनको सम्भावना बोकेको देवदह नगरपालिकाले योजनाबद्ध तरिकाले विकासका लागि पर्यटन विकास समिति दर्ता तथा पार्क ब्यवस्थापनको निर्णय गरी योजना अगाडि सारेको हो ।

नगरसभाको निर्णय नं.१६ र १७ मा उक्त प्रस्तावहरूबारे निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । देवदह नगरपालिकामा देशी विदेशी पर्यटकका लागि आकर्षण गर्ने थुप्रै पूर्वाधारहरू भएकोले ती पूर्वाधारको ब्यवस्थानका लागि स्थानीय समिति गठन दर्ता तथा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजी गरी काम गरिने उनले बताए । नगरसभाले दिइएको म्याण्डेट अनुसार जनप्रतिनिधि र कर्मचारी तथा स्थानीय संघसस्थाहरू पनि यसका लागि सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

समितिको रूपमा दर्ता गर्नका लागि देवदह पर्यटन समिति, पाकडी वृक्ष पर्यटन समिति, बैरीमाई कन्यामाई पर्यटन समिति, भवानीपुर पर्यटन समिति, सरनवारी होम स्टे पर्यटन समिति, शिसपुर होमस्टे पर्यटन समिति, माथागढी पर्यटन समिति, पेटबनिया कृषि पर्यटन समिति, नाथथान पर्यटन समिति, सिमसार पर्यटन समिति, मुढाबास लडियाबास पर्यटन समिति, खयरडाँडा सम्वद्र्धन पर्यटन समिति र बंगला ऐतिहासिक कुवा संरक्षण समिति दर्ता गर्ने सूची उल्लेख गरिएको छ ।

त्यसैगरी पार्कहरूको स्तारोन्नतीको लागि श्रोत खोजी गरी ब्यवस्थित गर्नु पर्ने सूचीमा मायादेवी पार्क देवदह ८, यशोधरा पार्क देवदह ८, दाउन्ने पिकनिक स्पट देवदह ६, पेटबनिया पार्क देवदह २, लब्ली पार्क देवदह १, मदन आश्रृत पार्क देवदह ७, वि.पि.पार्क देवदह ९, सहिद स्मृति पार्क देवदह ७, महिला तथा बाल उद्यान पार्क ९, बुद्धपार्क १०, केउली पार्क ६, बैकुण्ठनगर पार्क ५, कोलिय पार्क ५, गौतमबुद्ध मावली पार्क ६, बोटानिकल गार्डेन पार्क ९, भवानीपुर मायादेवी पार्क ४, पुष्पलाल पार्क ९, गौतमबुद्ध राष्ट्रिय उद्यान ६ र शिवालय जैविक विविधता पार्क ६ उल्लेख गरिएको छ ।

यसैगरी चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न ६ वटा पर्यटनसम्बन्धी कार्य गर्नका लागि रु.११ लाख बजेट विनियोजन समेत गरेको छ । जसमा बुद्धजयन्ती एवं मायादेवी प्रसूति उत्सव सम्बन्धी कार्यक्रममा २ लाख, चैते दशैं मेला भवानीपुरका लागि डेढ लाख, होमस्टे संचालकहरूलाई तालिमका लागि एक लाख, देवदह क्षेत्रका पर्यटकीय स्थलहरूमा जाने बाटो संकेत तथा बोर्डका लागि एक लाख, पुरातात्विक क्षेत्र खयरडाँडा उत्खनन्का लागि साढे चार लाख र पर्यटन ब्रोसरका लागि एक लाख बजेट बिनियोजन गरिएको छ । यसका लागि सम्बन्धित पर्यटन विकास समिति तथा पार्क ब्यवस्थापन समितिसँग समन्वय गरी काम गर्ने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराए ।

देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले देवदह नगरपालिकाले योजनावद्ध रूपमा पर्यटकीय विकासको थालनी गरेको बताए । “कार्यपालिकाले निर्णय गरेर योजनावद्ध पर्यटन विकासको अवधारणालाई अगाडि बढाएका छौं”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?