ट्रेंडिंग:

>> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित) >> रुपन्देहीको व्यवसाय चलायमान बनाउन सुझाव संकलन >> विश्व किर्तीमानधारी हरिबहादुरलाई सम्मानको ओइरो >> लुम्बिनीमा शिखर सम्मेलनः मुख्यमन्त्रीको स्वार्थमा शक्ति केन्द्रको चलखेल >> बैङ्कर पक्राउ परेकोमा बैङ्किङ क्षेत्रको आपत्ति >> कुष्ठरोगीलाई समाजमा अझै पनि लान्छना र विभेदको डर
साझा डबली

कविता लेख्ने नवोदित युवाहरूलाई

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

कहिलेकाँही कविता लेख्ने गर्दछु । जीवनमा देढ दुई सय कविता लेखियो पनि होला । चर्चाको लागि लेखिएको थिएन तर ‘एकलव्यको देब्रे हात’को अलिकति चर्चा भयो । कविता लेख्ने नवोदित युवाहरूले त्यो किताबलाई रुचाइदिए । कतिपयले मसँग भेट हुँदा कविताको बारेमा कुराकानी गर्न पनि रुचाउँछन् । म तिनका कविताप्रेम र तिनका रहरलाग्दा सिर्जनाहरूलाई सम्झिइरहेको हुन्छु ।
मैले सम्झिरहने त्यो नयाँ पुस्ताको जमात सृजना–साधनामा निकै सक्रिय, प्रयोगवादी, चेतनशील र चिन्तनशील देखिएको छ । जिन्दगीको खुसीको खोजीमा सुन्दर कविता सृजना गर्ने यी नवोदित प्रतिभाहरूमा म आशालाग्दो सम्भावना देखिरहेको छु।
कविता लेख्ने र पढ्ने तिनै नवोदित युवाहरूलाई सम्झिँदै यसपटक म यी हरफहरू लेखिरहेछु ।

कविताको परिभाषा गर्नु मुर्खता हो । तर प्राविधिक रूपमा कतिपय कुराहरूलाई एउटा निश्चित मापदण्डभित्र राखेर परिभाषित गर्नु पर्ने हुन्छ । शब्दहरूको संयोजन र संजालले मात्रै परिभाषित गर्न सकिदैन कवितालाई । कविता लय र छन्द मात्रै होइन, गतिमान शब्दहरूको गुञ्जन पनि हो । कविता भावनाको गहिराईमा विचरण गर्ने विधा हो ।सृजना र जीवनको विशिष्ट अभिव्यक्ति हो ।
जीवन केवल कलाको प्यासी मात्र छैन । यो वैचारिक र भावनात्मक अभिव्यक्तिको भोको पनि छ । त्यसैले शब्दहरूको संयोजित र व्यवस्थित प्रवाहले कथावस्तुलाई गेयात्मकता वा गेयात्मकताबिना नै अभिव्यक्त गरी पाठक वा श्रोतामा भावोत्तेजना उत्पन्न गराउने सृजनात्मक कर्म हो कविता लेखन ।

कविताका पंक्तिहरूमा अभिव्यक्त हुने भावनाहरूले कवितालाई जीवन दिन्छ । त्यसैले कवितामा भावोत्तेजना उत्पन्न गराउने भावना छैन भने त्यो कविता हुन सक्तैन । हामीलाई खुसी या दुःखी, उत्साहित या उदास, आशावादी वा निराश किन बनाउँछ कविताले ? हाम्रो छातीभित्र केही चीज सल्बलाएको अनुभूति किन दिन्छ कविताले ? यस्तो हुन्छ किनभने कवितामा भावनाको आवेग र जीवनको ध्वनि हुन्छ । त्यसले हामीलाई भावोत्तेजित गराउँदछ । त्यसैले कविताका लागि गेयात्मकता या छन्द–विधान प्रमुख कुरा होइन, मूल कुरा भावोत्तेजना हो ।
कवितामा भावोत्तेजना उत्पन्न गर्न, यसमा जीवन्तता भर्न र यसका माध्यमबाट जगतलाई आन्दोलित गर्दै जीवनको सौन्दर्य खोजीको अभियानलाई अगाडि बढाउन विचार र कलाको दोभानबाट नदीजस्तै प्रवाहित भई गतिमान हुनुपर्छ कविता । त्यसका लागि कविले कवितामा अनेक प्रयोग र अन्वेषण गर्नु पर्दछ । अनेक तत्वहरूको सम्मिश्रणबाटै सृजनालाई सुन्दर र जीवन्त बनाउन सकिन्छ । लेखनको प्रक्रियामा कवितामा जीवन भर्न र त्यसमा कलाकारिता गर्न अनेकौं तत्वहरूको जोड्जाम गर्नुपर्ने हुन्छ ।
प्रेम कवितामा घृणाको आँचले काम गर्दैन र महाकाव्यको विषय दुई पंक्तिमा अभिव्यक्त गर्न सकिदैंन । मूल विषयलाई अभिव्यक्त गर्न प्रयुक्त हुने शैली, अलङ्कार, प्रतीक, उपमा, लय, अन्त्यानुप्रास, समगुञ्जन, विचारको प्रस्तुतिकरण आदि नै कविताका तत्वहरू हुन् । विषय यसको केन्द्रबिन्दु हो ।

रिमालको ‘आमाको सपना’ को विशिष्ट विषय प्रजातन्त्र हो भने देवकोटाको ‘पागल’ को विशिष्ट विषय सामाजिक विसङ्गतिप्रति व्यक्तिको विद्रोह । कविताको सार तत्व त्यसको मूल विषय नै हो ।

सेक्सपियरका कृतिमा लिपिवद्ध र लोकप्रसिद्ध ‘सारा विश्व एक रङ्गमञ्च’ र ‘समस्याको सागर’ पदावलीहरूमा प्रयुक्त ‘रङ्गमञ्च’ र ‘सागर’ शब्दले तिनका परम्परागत अर्थ बोक्दैनन् । ‘रङ्गमञ्च’ ले जगतको परिवर्तनशील चरित्र र ‘सागर’ ले समस्याको विराटतालाई अर्थयाउँछन् । “भित्ताको पनि कान हुन्छ” भन्ने उक्तिमा ‘भित्ताको कानले’ रहस्यको आवरण कतै न कतैबाट नाङ्गिन सक्छ भन्ने अर्थ बोकेको छ भने ‘जीवनको सन्ध्याकाल’ ले बुढ्यौली उमेर भन्ने अर्थ लाग्छ । यी सबै पद र पदावलीहरू अलङ्कार हुन् । डिकिन्सन्ले ‘मैले आफ्नो मस्तिष्कमा चीता महशुस गरें’ भनेर स्मरण शक्ति विघटनलाई चीताले अलङ्कृत गरेका छन् ।

“प्यारी ! तिम्रो मुहार गुराँसजस्तै छ ।” भन्ने वाक्यमा प्यारीको रूप–सौन्दर्यलाई गुराँसको रूप–सौन्दर्यसँग तुलना गरिएकाले उपर्युक्त वाक्यमा प्रयुक्त ‘गुराँस’ एक उपमा हो । तर “यौवन काल एक गुराँस हो ” भन्ने वाक्यमा ‘गुराँस’ एक अलङ्कार हो किनभने यहाँ गुराँसले यौवनकाल पनि ओइलाएर झर्नुपर्ने र रूप–सौन्दर्य अस्थायी हुने अर्थ दिन्छ । राम्री युवतीलाई ‘जूनजस्ती राम्री’ भनेर तिनको रूप–सौन्दर्यका लागि जूनको उपमा प्रयोग गर्न सकिन्छ । र, यही जूनलाई व्यापक अर्थका लागि अलङ्कारका रूपमा पनि प्रयोग गर्न सकिन्छ । “हरेक सुन्दर स्त्रीहरू एक एक जून हुन् ।” भन्ने वाक्यमा प्रयुक्त ‘जून’ पद अलङ्कार हो किनभने जूनमा शीतलता र उज्यालो मात्र छैन औंसी पक्षमा विलुप्त हुनुपर्ने अँध्यारो सत्य पनि छ । जूनमा रूप–सौन्दर्य मात्र छैन, दागका धब्बाहरू पनि छन् । यसरी एउटै शब्द पनि कवितामा कतै उपमा र कतै अलङ्कारका रूपमा प्रयोग हुन सक्छ ।

एकलाई अर्कोमा सदृश गर्नु प्रतीक हो । प्रतीक पनि उपमाजस्तै त्यस्तो पद वा पदावली हो जसले एकसँग अर्कोको तुलना गर्दछ । तर यो सामान्य निष्कर्ष हो । विशिष्टतामा हेर्ने हो भने प्रतीकले उपमाले जस्तो केवल एकसँग अर्कोको तुलना मात्र गर्दैन । यो त्योभन्दा विकसित चरण हो ।

कवितामा धेरै कम देखिने समगुञ्जन अभिव्यक्तिको सशक्त माध्यम हो । त्यसभन्दा पर यो शब्दहरूको संयोजनको चमत्कार पनि हो । तर चमत्कारको चक्करमा कविता केवल शब्दहरूको थुप्रो नबनोस् भन्ने कुरामा नवोदित युवाहरू सचेत होऊन भन्ने चाहन्छु ।
कवितामा छन्द वा लयको एउटा निश्चित सूत्र हुनु पर्दछ भन्ने छैन । कवितामा अनुकरणात्मक शब्दहरू, उखान टुक्काहरू, लोकोक्ति, ऐतिहासिक, पौणाणिक कथा र किंवदन्तीका प्रसंगहरू पनि समावेश गरिन्छ किनभने शब्द–शैली निर्माणमा कवि स्वतन्त्र हुन्छ । त्यसैले कविताका अभिव्यक्तिहरू सग्ला, सुस्पष्ट र निख्खर हुन्छन् अनि त्यसको प्रवाह बेरोकतोक अघि बढ्ने नदीको प्रवाहजस्तो हुन्छ । अभिव्यक्तिको यो प्राकृतिक प्रवाहले कविताको सन्देशलाई उत्कृष्टताका साथ प्रक्षेपित गर्दछ ।
कवितामा कथा तत्वको महत्वपूर्ण स्थान छ तथापि कतिपय कवितामा कथाको पूर्ण अनुपस्थिति हुन सक्छ । नवीनतम् सोंच, दर्शन वा तर्कहरूको प्रस्तुति मात्र पनि कविताको उद्देश्य हुन सक्छ ।

शब्दहरूको मितव्यीतामा ध्यान दिनु पर्दछ । समानार्थी शब्दहरूको लगातार प्रयोग, शब्दहरूको अर्थहीन पुनरावृति, विसंगत प्रतीक, अमिल्दा उपमा र दुरुह शब्दालाङ्कारहरू केवल शब्द भण्डार मात्र हुन् । कवि कविता लेख्न बसेको हुन्छ, शब्दाडम्बर गर्न होइन । शब्दाडम्बरले कवितालाई कमजोर बनाउँदछ ।

प्यारा नवोदित युवाहरूमध्ये धेरैलेकविता लेखनलाई एकै चरणमा पूरा गरिदिन्छन् । खासमा पहिलो लेखाइपछि कविताको भावपक्षको सशक्तततालाई जाँच्नु पर्दछ । कविताको मर्म र भावाभिव्यक्तिसँग मेल नखाने कतिपय वाक्य, पदावली र शब्दहरूलाई काँटछाँट गर्नु पर्ने वा राम्राजस्ता लाग्ने कतिपय पंक्तिहरूलाई निर्ममताका साथ हटाउनु पर्ने पनि हुनसक्छ । त्यसपछि वैचारिक सौन्दर्यलाई नबिगार्ने गरी यसको रूप पक्षलाई पद र पदावलीहरूको पुनर्संयोजनले सजाउनु पर्दछ । कविताको रूप पक्षलाई अभिवृद्धि गर्ने भनेकै शब्दहरूको चयन र संयोजनले नै हो । त्यसैले कवितालाई पटक पटक पनर्लेखन गरिरहनु पर्दछ ।
भाव पक्षको सशक्तता कवितामा अभिव्यक्त वैचारिक सौन्दर्यमा भर पर्दछ । विचार र चेतना जीवन र जगतप्रति कविको दृष्टिकोणमा भर पर्ने कुरा हो त्यसैले कुनै पनि विषयमा कलम चलाउनु अघि त्यो विषयमा कविको दृष्टिकोण स्पष्ट हुनुपर्दछ । वैचारिक स्पष्टताबिनाको लेखाई भ्रमपूर्ण हुन्छ ।

कविता मात्रै होइन, साहित्यको जुनसुकै विधा धेरैपटकको पुनर्लेखनपछि मात्र माझिन्छ । जति धेरै पटक पुनर्लेखन हुन्छ, त्यति नै धेरै पटक सिर्जनामा छाँटकाँट हुन्छ । हरेक छाँटकाँटले सिर्जनालाई अरू गहन बनाउँदछ । अन्तिम लेखाइ पछि मात्र सिर्जनाको सारमा निर्धारित भएर शीर्षक राख्नुपर्दछ । एकैचोटिको लेखाइले कविको उचाइँ देखाउँछ भन्नु हुँदैन ।
कविता आत्मसन्तुष्टिका लागि लेखिन्छ भन्नेहरूले कविता आफ्नो लागि मात्रै लेख्छन् । नवोदित युवाहरूले भने हामीले कविता सारा संसारका लागि कविता लेखून् । संसार बदल्नकै लागि कविता लेखून् ।
तिनले बुझून्–कविताबाट जीवनको उज्यालो र समाज परिवर्तनको उर्जा प्राप्त गर्न निरन्तरको साधना, मिहिनेत र अभ्यासप्रतिको लगाव चाहिन्छ ।समानान्तरमा पुराना र समकालीन विश्व साहित्य र नेपाली साहित्यको निरन्तर अध्ययन गर्नु पर्दछ । इतिहास र वर्तमानका घटनाक्रममाथि तीक्ष्ण दृष्टि राखेर आफ्नो विचारलाई धारिलो बनाउनै पर्दछ ।
प्यारा नवोदित युवाहरू ! लेखनका लागि अध्ययन नै उर्जा हो र सिकाई पनि । जीवनमा ‘पढेर’ भन्दा ‘परेर’ नै धेरै कुराहरू सिकिन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोणको निर्माण पनि ‘परेर’ नै हुन्छ तर लेखनका लागि पढाइको ठूलो महत्व छ । यो पढाइमा विश्वविद्यालयहरूको अध्ययन मात्र होइन, स्वअध्ययन पनि पर्दछ । यही अध्ययनले नै विचारमा कलाको सुन्दर आवरण दिन्छ । कवितालाई गति दिन्छ । अरूका कृतिहरूको गहन अध्ययन नगरेसम्म वैचारिक सशक्तता हुँदाहुँदै पनि सृजनामा कलात्मक सौन्दर्यको अभाव हुन सक्छ । अभिव्यक्तिलाई धारिलो बनाउन पुराना पुस्तादेखि समकालीन कविहरूले के कस्ता शैली, शिल्प, साहित्यिक परम्परा र कला संयोजनलाई आत्मसात् गर्दै आएका छन् भन्ने कुरा थाहा पाउनु पर्दछ । कसरी लेख्दा हाम्रो लेखन प्रभावकारी हुन्छ भनी चिन्तन गर्नु पर्दछ । रिमाल र देवकोटादेखि श्रवण मुकारुङसम्मका रचनाहरूको अध्ययन गर्नै पर्दछ ।
प्यारा नवोदित युवाहरू ! कवितामा आफै रुने होइन,समाजमा व्याप्त आँसुको झरीलाई अभिव्यक्त गर्ने हो । कवि आफैले क्रान्तिकारी बनेर बन्दुक उठाउनु पर्दैन, देश र जनताका लागि मुक्तिको बाटो देखाइदिए हुन्छ। त्यो बाटोमा हिड्न उर्जा दिए हुन्छ । याद गर्नु–बन्दुकको उद्देश्य,गन्तव्य र बिसाउनी पनि हुन्छ कवितामा । त्यसैले कविताले बन्दुकको पक्षमा कुरा गर्नु ‘आतङ्कवाद’ होइन किनभने कविताको बन्दुकबाट मृत्यु होइन, जीवन निसृतः हुन्छ ।
कविता रुढ शब्द बोल्दैन । प्रतीकहरू बोल्छ । गूढ वाक्यहरू बोल्दैन, अलङ्कारहरू बोल्छ । कविता स्थुल राजनीतिक चेतना बोल्दैन, सौन्दर्य चेतना बोल्दछ । अभिव्यक्तिको मूल उद्देश्य एउटै हुनसक्छ तर माओत्सेतुङ र ल्यू सुन् फरक फरक शैलीमा बोल्छन् । भाव एउटै थियो होला तर प्रचण्ड र कृष्णसेन इच्छुक फरक फरक शब्दमा बोल्दथे । कविताको अभिव्यक्ति र सामान्य अभिव्यक्तिमा अन्तरनिहित यही फरकले नै कवितालाई अरूभन्दा विशिष्ट बनाउँदछ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?