ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

दुःस्वप्नबाट मुक्तिको चाहना

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

दशकौंदेखि चल्दै आएको एउटा विरूप दृश्यको वार्षिक श्रङ्खला यो वर्ष पनि धुमधामले चल्यो । दशैंअघि प्रारम्भ भएको त्यो दृश्य तिहार अघि आएर पटाक्षेप भयो ।
हरेक शहरमा, बजारमा, बजारोन्मुख गाउँमा देखिएको त्यो दृश्य थियो ई.डी.भी.को लागि उभिएको पङ्क्ति । लहर । लाइन । हार ।
त्यो लहरमा किशोरहरू सामेल थिए । युवाहरू सामेल थिए । डाक्टर, इन्जिनियर र पत्रकारहरू सामेल थिए । विद्यार्थी, शिक्षक र लेक्चररहरू सामेल थिए । कर्मचारी, गृहणी र किसानहरू सामेल थिए । उसरी सामेल त सानातिना नेताहरू पनि थिए । तिनका झोले कार्यकर्ता र बाहुबलीहरू पनि सामेल थिए ।
दशैंलाई हिन्दू धर्मावलम्बीहरूले सत्यमाथि असत्यको जीतको प्रतीकका रूपमा लिने गर्दछन् । तर दशैंको सेरोफेरोमा नै मानौं सिङ्गो देश ई.डी.भी.को लहरमा हारबद्ध हुन्छ । खासमा त्यो ‘हार’मा सिङ्गो देश हारिरहेको हुन्छ । त्यसैले प्रत्येक वर्ष दशैं हाम्रो लागि जीत भएर होइन, हार भएर आएको प्रतीत हुन्छ ।

हेर्नू, लाखौं नेपालीको ‘अम्रिका’ उड्ने रहर कसरी लहरबद्घ भइरहेको हुन्छ ! भित्री आँखाले हेर्दा त्यो लहर लज्जास्पद हुन्छ । तर कसैलाई लाज लाग्दैन । छाती छामेर हेर्ने हो भने त्यो लहर ग्लानीयुक्त हुन्छ । पीडादायी हुन्छ । तर कसैलाई ग्लानी हुँदैन । कसैलाई पीडा हुँदैन । त्यो लहरमा उभिने हर एक, यो देशको नागरिकता छोड्न र ‘अम्रिका’ को नागरिक हुन लालायित हुन्छ । तिनका लागि देशप्रेम र देशभक्ति आदर्शका कुरा मात्रै हुन्छ । व्यवहारिक कुरा त दोस्रो दर्जाकै सही, अमेरिकाको नागरिक हुनु हो । त्यहाँको ‘ग्रीन कार्ड’ प्राप्त गर्नु हो ।

हाम्रा युवाहरूलाई कसले ई.डी.भी.को लहरमा हारबद्ध हुन बाध्य पारिरहेको छ ?

यसका पछाडि उत्तरआधुनिकताको खोल ओढेर आएको त्यो मानवद्वेषी दलाल पूँजीवाद छ जसले नाफाका लागि स्वत्वको हाट लगाउने पूँजीवादी क्रूर बजार जन्माएको छ । संसारको ९० प्रतिशत सम्पत्ति १० प्रतिशत पूँजीपतिहरूका हातमा पु¥याउने खुला बजार र निजीकरणको नीति ल्याएर जो संसाभरि हावी भएको छ । हामीमाथि त्यो मानवद्वेषी दलाल पूँजीवाद लाद्न संवाहकको भूमिका हाम्रै कथित नेतृत्वले गरेको छ ।
यस बीचमा गरीब दीनदुःखीका रगत र पसिना चुसेर मन्दिर, मूर्ति र ‘मूर्ति’जस्ता नेतालाई आर्थिक सहयोग र चन्दा दान चलिरह्यो । अन्तिम किनारका मान्छेहरू प्यासले काकाकुल भैरहँदा शासकहरूको सत्तासुन्दरीसँग सुरापान चलिरह्यो । ‘एकदिन पक्का पनि पाप धुरीबाट कराउँछ’ भन्ने आशाका साथ नेतृत्वतिर हरिरहेको किनारीकृत मान्छेलाई भनन्न रिंगटा लाग्ने गरी न्यायको चिहान जलिरह्यो ।
खोला माथिबाट तलतिर बगेजस्तै समयक्रममा नेतृत्व वर्गको भ्रष्टाचार, दुराचार, अत्याचारी प्रवृत्ति सबै सिंहदरबारबाट तलतिर बग्न थाल्यो । तिनको असक्षमता, अकमर्यण्यता, असफलताको सन्देश पनि तलतिरै बग्न थाल्यो । तलका सामन्तहरूले त्यसको फाइदा उठाए । अनि अनेक अनेक जघन्य अपराध पनि तिनले ‘पञ्चायती’ बसेर मिलाउन थाले । सामन्ती संस्कृति, जातीय अहंकार र क्रूर पुरुष सत्ताले पीडकको पिठमा सान्त्वनाको धाप मा¥यो । पीडितलाई अग्निदाह गरी मृत्यु वरण गर्न बाध्य पा¥यो । मान्छेलाई शहर बजारमा लखेटी लखेटी खुँडा हानेर मार्ने ज्यानमाराहरूले सजाय माफी पाउन थाले ।
कठै बरा ! माथि सत्ताको छलछाम र कलह हरदम ! तल सामन्ती सत्ताको भूत, हिँड्न थाल्यो ठम्ठम ! जमानप्रतिको इमान हराएको समय बडो कष्टप्रद हुन्छ । हामी त्यही कष्टप्रद समय भोग्न बाध्य भयौँ ।
अहिले त्यही कष्टप्रद समय चलिरहेको छ । यस्तो समयमा झूठको खेती हुन्छ । कुतर्कको बाढी आउँछ । नैतिकताको धरातल भासिन्छ । चोरहरूको चिच्याहट र डाँकाको डाँको उच्च हुन्छ । विवेकको घाँटी अट्ठ्याइन्छ । राजनीतिको केन्द्रमा हठात् ‘चण्डालहरू’को कब्जा हुन्छ । परिधिमा ‘गे फर पे’ जस्ता ‘बुद्घिजीवीहरू’ हावी हुन्छन् । पद, पैसा र कथित प्रतिष्ठाका लागि सत्ताको चास्नीमा डुबेका वा डुब्नलाई लाइनमा बसेका कथित बुद्घिजीवीहरू पिँध नभएका लोटाजस्ता देखिन्छन् ।
घरि ती सेतोलाई कालो भन्छन् । घरि कालोलाई सेतो भन्छन् ।
यस्तो परिवेशमा हाम्रा युवाहरूले देशमा भविष्य सुरक्षित नदेख्नु स्वभाविक नै हो । त्यसमाथि हाम्रा नानीहरूलाई, हामीले लगाएका छौं शिक्षाका नाममा गह्रुंगो भारी बोकाउन ! बाध्य पारेका छौं– जसरी पनि घोक्न, रट्न र परिणाममा ‘ए प्लस’ नै ल्याउन । एकातिर ती पूँजीवादले लादेका अनन्त चमकदमकले हायलकायल छन् भने अर्कोतिर हाम्रा विकृत निर्देशनले आजित छन् । ती हाम्रा दवावमूलक आकाङ्क्षाहरूले हैरान छन् । अशान्त छन् । तिनले यो असहजताका बीच आफ्नो ‘करिअर’ असुरक्षित देख्नु पनि कुनै नौलो कुरा होइन ।
अनि न ती उभिन पुगेका छन् ई.डी.भी.को लहरमा !
यस वर्ष पनि एकातिर देशको ‘भविष्य’ ‘अम्रिकानेहरू’को ई.डी.भी.को लहरमा ठेलमठेल गर्दै उभिएको थियो अर्कोतिर विकट जाजरकोट दुखिरहेको थियो । नवराज बिकहरूको जातीय संहारको त्रासदी भोगेको जाजरकोट अहिले पनि भूकम्पको त्रासदी भोगिरहेको छ । देशमा सरकार छैन भनुँ भने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको ‘पर्यटक मार्का’ हेलिकोप्टर–यात्रा धुलोको मुश्लो उडाउँदै निर्बाध चलिरहेकै छ । सरकार छ भनुँ भने घाइतेहरूको चिल्लबिल्ल छ । उपचारको पर्खाईमा डाँडामाथिको घामजूनजस्ता बाजेबज्यै छट्पटिदै छट्पटिदै हतास देखिएका छन् । जलिरहेको बाती जस्ता आमाहरूको आँसु रोकिएको छैन । बाबाहरूको काँधमा नानीहरूको क्षतविक्षत ज्यान छ । नानीहरूसँगै तिनका सपनाहरू खण्डहरमा पुरिएका छन् ।
यस्तो बेला सदूरको जाजरकोटभन्दा टाढा काठमाण्डौ र अन्य शहर बजारमा ई.डी.भी.को मानौं विषादपूर्ण उत्सव चलिरहेको थियो !
हामी लोकतान्त्रिक गणतन्त्रमा गर्व गर्दछौं । कतिपय सन्दर्भहरूमा लोकतन्त्रको सौन्दर्य प्रशंसायोग्य होला । त्यही लोकतन्त्र प्राप्तिका लागि मानिसले आफैलाई बलिदान गरेका पनि हुन् । तर निकट विगत र वर्तमानको संसदीय अभ्यासलाई हेर्ने हो भने संसद्ले सिङ्गो देश र सम्पूर्ण जनताको समान प्रतिनिधित्व गर्न कहिल्यै सकेन । दुर्गम गाउँठाउँमाथि कहिल्यै ती ठाउँको माटो स्पर्श नगरेकाहरूको निर्णय हावी भयो । जात, क्षेत्र, भूगोल अनुसारको समानुपातिक प्रतिनिधित्वको कुरा उठे पनि त्यसमाथि केन्द्रीय सत्तामा हावी संसदीय मालिकहरूले कान दिएनन् । ध्यान दिएनन् ।
भ्लादिमर ई. लेनिनले भनेको कुरा साहित्यमा दोहरिरहने ‘क्लिसेइ’ विम्वजस्तो लाग्छ । उनले भनेका थिए– ‘संसद् भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँ हो ।’ शताब्दी अघिको त्यो भनाई अहिले पनि किन सान्दर्भिक र गम्भीर लाग्छ हामीलाई ? किनभने संसद्ले जति मिठो कुरा गर्छ, काम त्यति नै ‘झूर’ गर्छ । जति महान् गफ गर्छ, त्यति नै जनता ठग्छ ।
जनप्रतिनिधिहरू साधारण मानिसका सपनाहरू टेकेर, तिनका सहादत र बलिदानलाई भरेङ बनाएर मात्रै राजधानी पुगेका हुँदैनन् । साँच्चै नै पिंधका मानिसहरूलाई माथि ल्याउने, भङ्गालोमा बगिरहेकाहरूलाई मूलधारमा ल्याउने र मानिसका सानासाना सपनाहरूलाई विपनामा परिणत गर्ने कसम खाएर पनि ती त्यहाँ पुगेका हुन्छन् । तर, संसद्मा पुगेपछि कसले बनाउँछ तिनलाई भव्य संसदीय पिँजराको सुगा ? किन बन्छन् ती सुगा ? मानिसबाट सुगामा रूपान्तरण ‘इभोलुशन’ त पक्कै होइन । के त्यो संसदीय ‘रिभोलुशन’ हो ?
नेताहरू, जनप्रतिनिधिहरू र भरोसा गरिएकाहरूको मानिसबाट ‘सुगा’ मा रूपान्तरण नै ई.डी.भी.को लहरमा हाम्रा युवाहरू हेलिन तयार हुनुको प्रमुख कारण हो ।
समले भनेका थिए– “देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि !”
तर यस्तो लाग्छ– नेताहरू देशलाई चुत्थो नै बनाउँदैछन् । र, समको त्यो ‘देशभक्ति’ मरिसकेको छ । त्यसको सबैभन्दा ठूलो प्रमाण हरेक वर्ष सहरमा देखिने ई.डी.भी.को लहर हो । एउटा देशभक्त आदर्शवादी भएर हेर्दा ई.डी.भी.भर्न उभिएको लहर कृतघ्नहरूको लहर देखिएला । यही माटोमा जन्मिएर, यहीको बाटोमा हिडेंर, यहींको स्कूलमा पढेर कम्तीमा १२ कक्षा पास गरेपछि यहींका लागि केही गर्नुपर्ने बेला शुरु हुँदा ‘अम्रिका’ को नागरिक हुन ई.डी.भी.को लहरमा ठेलमठेल गर्नुपर्ने ? भन्ने प्रश्न पनि गर्न सकिएला तर त्यो प्रश्नको कुनै औचित्य छैन किनभने लाखौं लाख मानिसहरूमा रहरले ई.डी.भी.भर्नेहरू कमै छन्, यहीं चालाले यो देशमा बाँच्नै गाह्रो हुने वस्तुनिष्ठ निष्कर्षसहित ई.डी.भी.भर्नेहरू र आफूलाई त्यो चिट्ठा परोस् भनी कामना गर्नेहरू धेरै छन् ।
देशको कायापलट हुन समय त लाग्छ । दुई दशक समय देशको जीवनका लागि धेरै समय होइन । त्यसैले देशमा पर्याप्त अवसरहरू छैनन् । तर सरकार र यसका संयन्त्रका नीति निर्णयहरू अप्रिय र जनविराधी हुनुहुँदैनथ्यो । समयक्रममा पूर्वाधारहरूको विकास हुनु पर्दथ्यो । जलविद्युत क्षेत्रमा अहिलेसम्म लाखौं नेपालीले काम गरिरहेको हुनु पर्दथ्यो । विदेशी कामदारहरू विस्थापित भइ सकेको हुनु पर्दथ्यो । यो देशमा ‘काम छैन’ भन्नेहरूको ‘रटान’ बन्द भइसक्नु पर्ने थियो ।
तर त्यो भएन । यो देशका ‘प्रो.अम्रिकन’ अर्थशास्त्री र सरकारहरूले पूँजीवादीहरूको दलालको काम गरेपछि, जे हुनु थियो, त्यही भयो । तिनले खुला बजार र नीजिकरणलाई व्यापक बनाए । त्यसले के ग¥यो ? क्रमशः शिक्षित वर्गको ऑखा पनि धमिलो बनाउँदै लग्यो । तिनका चेतनालाई बोधो बनाउँदै लग्यो । तिनका कानमा खुला बजार र नीजिकरण (खुनि)को एसिड हाल्दै गयो । बजारको झिलीमिली देखाएर तिनका आत्मामा अघोरी तृष्णाको बीज रोप्दै गयो ।
वर्षौदेखिको यो तृष्णा र तीर्खा धेरै लामो छ । दुःखका असंख्य नदीहरू समेटेर हिमालयबाट निरन्तर बगिरहेको शोकको नदीभन्दा नि लामो छ । तर कहाँ छ निकास यो नदीको ? नेतृत्वको सानासाना स्वार्थका, सानासाना अहमका, सानासाना मूर्खताका टाकुराहरू मिलेर सीमान्तमा बनाइरहेछन् अजङ्गको बाँध । शोकको नदी त्यही बाँधमा जमिरहेछ । त्यही बाँधले बनाएइको दहमा देश डुबिरहेछ । कति छ यो दहको आयतन ? कति लामो छ यसको आयु ?
शोकको यही दहमा डुब्दै उत्रदै, उत्रदै डुब्दै छ ई.डी.भी.मा उभिएको युवाहरूको लहर ! थाहा छ– यो ई.डी.भी.भनेको खुल्लमखुला षडयन्त्रको मायावी झीर हो । शैतानले हाम्रो स्वप्नील भविष्य यही झीरमा उनिरहेछ । हाम्रा सपनाहरूको कामधेनु डलरको भट्टीमा पोलिरहेछ । र, तयार पारिरहेछ पूँजीवादी विश्वबजारमा नयाँ नयाँ मेनु !
तर हाम्रा युवाहरू हरेक वर्ष त्यही ई.डी.भी.को लहरमा उभिन बाध्य छन् । एउटा सपनाश्रृंखलाको लहर ! तृष्णाको लहर ! तिनका अनुहारमा सुरक्षित भविष्यको ‘चाह’ देखिन्छ । देशको अनुहारमा भने दुखाईको ‘आह !’ भेटिन्छ ।
हे बुद्घ ! अनन्त तृष्णामा डुबेका मेरा प्रियजनहरूलाई माफ गर्नू ! यसमा तिनको गल्ती छैन । दुःस्वप्नजस्तो अवस्थाबाट ती मुक्ति चाहन्छन् । शोकको दहबाट मुक्तिका लागि तिनले गरेको प्रयास बिलकुल निर्दोष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?